दिवाखाजामा लाखौं हिनामिना, शिक्षकहरू घाम तापेर तलब खान्छन्

सिरहा । सिरहाको एक विद्यालयमा दिवाखाजा, पाठ्यपुस्तक र छात्रवृत्तिको रकममा लाखौं रुपैयाँ हिनामिना गरेको खुलेको छ। सुखिपुर नगरपालिका–५ लड्कन्हास्थित आधारभूत विद्यालय नवकाटोल लड्कन्हामा विभिन्न शीर्षकमा जनप्रतिनिधि, शिक्षा शाखाका कर्मचारी र प्रधानाध्यापककै मिलोमतोमा लाखों रुपैयाँ निकासा गरी घोटाला गरेको खुलेको हो ।विद्यार्थी नै नभएको विद्यालयमा नगर प्रमुख रामऔतार यादव र शिक्षा शाखाका कर्मचारी रामभरोसी यादवले प्रधानाध्यापकसँग बार्गेनिङ गरी प्रधानाध्यापकले पेस गरेको विद्यार्थीको विवरणकै आधारमा रकम निकासा गरी व्यापक अनियमितता गरेको स्थानीय बताउँछन् । विद्यालयमा शिक्षकहरुले कामै नगरी तलब भत्तासमेत बुझ्ने गरेका छन् । विद्यार्थी नियमित नआउने भएपछि शिक्षकहरुले दिनभर घाम तापेर समय बिताउने गरेको पाइएको छ ।

 

 

 

विद्यालयमा दुई शिक्षक, एक बालविकास र एक कार्यालय सहयोगीसहित चारजना शिक्षक कार्यरत छन्। हाजिरी रजिष्ट«रमाएक सय १७ जना विद्यार्थीको नाम छ। तर उपस्थितिको अवस्था शून्य छ। कार्यालय सहयोगीसहित चारजना शिक्षक रहेको विद्यालयमा प्रत्येक दिन दुईदेखि चारजना विद्यार्थीको उपस्थिति हुने गरेका छन्।विद्यालय प्रांगणमा बसेर महिलाहरुसँग गफिरहेकी बालविकास सहयोगी कार्यकर्ता सकुन्तलादेवी यादवले आजमात्र विद्यार्थी कम उपस्थित भएको जिकिर गरे। तर, विद्यार्थी हाजिरी रजिस्ट«रमा गत माघ ६ गतेपछि विद्यार्थीको हाजिरी नै गरिएको छैन भनी प्रश्न गर्दा उनले अलमलमलिँदै भनिन्, ‘विद्यार्थी थोरै उपस्थित हुने गरेकाले हाजिरी नगरिएको हो, प्रधानाध्यापकसँग सल्लाह गरेर हाजिरी बनाउँछौं।’

 

 

 

विद्यार्थी उपस्थित नभए पनि प्रधानाध्यापक हरिप्रसाद यादवको दिनहुँजसो नगरपालिका र सिरहा सदरमुकाम जाने काम पर्छ। कार्यालय सहयोगी महेशप्रसाद यादव विद्यालयकै काम विशेषले नगरपालिका गएको बताए। उनले सरको प्रायः नगरपालिका र शिक्षा विकास तथा समन्वय इकाइमा काम पर्ने भएकाले गइरहने जानकारी दिए। ‘प्रधानाध्यापक यादव १०–११ बजे नै विद्यालय पुगेर हाजिर ठोक्नु हुन्छ, त्यसपछि कहाँ निस्कने हो कुनै पत्तै हुँदैन,’ उनले भने ।प्रअ यादवले पछिल्ला दिनमा ३–४ जनामात्र विद्यार्थी उपस्थित हुने स्वीकार गरे। उनले विद्यार्थी उपस्थित नहुनुको कारणबारे भने केही बताउन चाहेनन्। रजिष्टरकै आधारमा पाठ्यपुस्तक, छात्रवृत्ति, दिवाखाजाबापतको रकम प्राप्त गर्दै आएको स्विकार गरे।

 

 

 

पालिकाले प्रतिविद्यार्थी १५ रुपैयाँको दरले दिवाखाजामा वार्षिक करिब चार लाख ३२ हजार, पठ्यपुस्तकको वार्षिक एक सय विद्यार्थीको करिब ३५ हजार र प्रतिविद्यार्थी छात्रवृत्तिबापत एक सयजना विद्यार्थीको करिब पाँच हजार निकासा गरेर प्रधानाध्यापकले प्रत्येक वर्ष यो शीर्षकको रकममा मात्रै पाँच लाखभन्दा बढी हिनामिना गरेको देखिन्छ। आधारभूत विद्यालयमा करिब तलब भत्ताबाहेकको सात लाख रुपैयाँ निकासा हुने गरेको नाम उल्लेख नगर्ने सर्तमा एक शिक्षकले बताए। उनले भने, ‘प्रधानाध्यापक हरिप्रसाद यादव आफै नियमित उपस्थित नहुँदा विद्यालयमा दिनदिनै विद्यार्थी आउने क्रम कम भएको छ।’ तर विद्यार्थी नआए पनि विद्यार्थीको सेवासुविधा पालिकासँग बार्गेनिङ गरी पूरै रकम निकासा गर्ने गरेको उनको दाबी छ। विद्यालयले खाजाका रुपमा भने विद्यार्थीलाई पाँच रुपैयाँमा पाइने पार्लेजी विस्कुट दिने गरेको छ।पालिका प्रमुख रामऔतार यादव दोस्रो कार्यकाल निर्वाचित भएका हुन्। शिक्षा क्षेत्रमै काम गरेर आएका नगर प्रमुख पालिकामा दोस्रोपटक निर्वाचित हुँदापनि शिक्षाको विकासमा काम गर्न नसकेको स्थानीय बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९