प्रहरी चौकीकै स्कर्टिङमा नाका पार, २५ गोरुसहित तस्करी ट्रक नियन्त्रणमा

हेटौँडा | हेटौँडा हुँदै बारातर्फ गइरहेको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले बाराको पथलैयाबाट नियन्त्रणमा लिएको छ। आइतबार साँझ ६:३० बजे विशेष सूचनाका आधारमा ट्रकलाई नियन्त्रणमा लिन खोजिएको थियो। तर, स्थानीय प्रहरीको असहयोगका कारण ट्रक मकवानपुरको नाका पार गर्न सफल भएको थियो। पछि, सशस्त्र प्रहरीको सहयोगमा ट्रकलाई पथलैयामा रोकिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्रकिशोर ठाकुरले जानकारी दिए।

 

 

प्रहरीको असहयोग, सशस्त्रको सहयोग

आइतबार दिउँसो नै गोरु तस्करी भइरहेको सूचना पाएपछि कार्यालय प्रमुख ठाकुर ट्रकलाई नियन्त्रणमा लिन तयारी अवस्थामा थिए। उनी सरकारी मोटरसाइकलमा राजमार्गभन्दा फरक बाटो हुँदै रातोमाटे प्रहरी चौकीमा पुगे। त्यहाँ पुग्दा बा.प्र.०३-००१ ख १४२४ नम्बरको ट्रकलाई प्रहरीले रोकेर सामान्य जाँच गरिरहेको देखे। उक्त ट्रकमा २५ वटा जर्सीक्रस गोरु लोड गरिएको थियो।

 

 

प्रमुख ठाकुरले प्रहरीलाई ट्रक अवैध रूपमा जाँदैछ भनी जानकारी गराए। तर, प्रहरीले ट्रक नियन्त्रणमा लिएन। “ट्रक नियन्त्रणमा लिन चौकीका इन्चार्ज कुमार फुयालसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्कालाई पनि जानकारी गराएँ। तर, प्रहरीले नै बाइकमा स्कर्टिङ गरेर नाका कटाइ दिए,” ठाकुरले भने।

 

 

रातोमाटे चौकीबाट ट्रक पथलैयातर्फ गएपछि ठाकुर पनि ट्रकको पछिपछि लागे। स्थानीय प्रहरीले कुनै सहयोग नगरेपछि उनी हेटौँडा–१५, नयाँ बस्तीस्थित सशस्त्र प्रहरी राजमार्ग सुरक्षा चेकपोस्ट पुगे। उनले ड्युटीमा रहेका सशस्त्रका असईलाई जानकारी गराए। सोही समयमा ट्रकलाई रातोमाटे चौकीबाट खटिएका हवल्दार र सिपाहीहरूले मोटरसाइकल स्कर्टिङ गर्दै चुरियामाई नाका कटाइदिएको ठाकुरले बताए।

 

 

नेपाल प्रहरी र प्रशासनबाट सहयोग नपाएपछि ठाकुरले सशस्त्र प्रहरी १४ नम्बर हेडक्वार्टरका प्रमुख प्रहरी उपरीक्षक सन्तोष विक्रम शाहसँग समन्वय गरे। शाहको निर्देशनमा पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा खटिएका सशस्त्र प्रहरीले ट्रकलाई नियन्त्रणमा लिए। त्यसपछि ट्रकलाई पशु सेवा कार्यालय मकवानपुरको जिम्मा लगाइयो।

 

 

 

चालक फरार, नक्कली कागजात भेटियो

सशस्त्र प्रहरीको सहयोगमा ट्रक नियन्त्रणमा लिइएलगत्तै ट्रकका चालक र गोरु चराउने सहायकहरू फरार भए। करिब २ घण्टासम्म ट्रक चालक पर्खिएपछि आउँदैनन् भनेर हेटौँडाबाट अर्को चालक बोलाएर ट्रकलाई हेटौँडा ल्याइयो।छानबिनका क्रममा गोरु ओसारपसारका लागि आवश्यक भेटेरिनरी प्रमाणपत्र नक्कली भेटियो। २५ वटा जर्सीक्रस गोरु कृषि प्रयोजनका लागि झापातर्फ लगिँदै थियो भन्ने देखाउन खोजिएको थियो। भेटेरिनरी प्रमाणपत्रमा आबुखैरेनी, तनहुँका भीम राईले लक्ष्मी चौपाया सप्लायर्स मार्फत झापाको हेमादेवी सप्लायर्स लाई गोरु विक्री गरेको उल्लेख थियो। प्रमाणपत्रमा डा. टिकाराम न्यौपानेको हस्ताक्षर देखिए पनि सो कागजात प्रमाणीकरण नगरिएको ठाकुरले बताए।

 

 

छानबिनका क्रममा गोरुहरूलाई सर्लाहीको नवलपुरमा दुई दिनसम्म राख्ने र त्यसपछि अर्को ट्रकमा झापा पुर्याउने योजना बनाइएको पाइएको ठाकुरले जानकारी दिए। गोरुहरूको लागि लक्ष्मी चौपाया सप्लायर्स, मकवानपुर-१६, हेटौँडा को नाममा बिजक जारी गरिएको थियो। प्रतिगोरु ५ हजार रुपैयाँको खरिद बिल बनाएर कृषि प्रयोजनका लागि देखाइएको थियो।

 

 

प्रहरीको उदासीनता, सरकारी निकायको असहयोग

ट्रक नियन्त्रणमा लिएपछि यसको सुरक्षा व्यवस्थामा पनि समस्या देखियो। ट्रक र गोरुहरूको सुरक्षाका लागि ठाकुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरका निमित्त प्रमुख जिल्ला अधिकारी गुणराज न्यौपाने, प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख डिआईजी कृष्णहरी शर्मालाई आग्रह गरे। तर, “स्थान नभएकाले हामी सहयोग गर्न सक्दैनौँ” भन्ने जवाफ दिइएको उनले बताए। त्यसपछि ट्रकलाई नयाँ बस्तीस्थित सशस्त्र प्रहरीको चेकपोस्टमा राखिएको थियो।

 

 

प्रहरीद्वारा जिम्मेवारी अस्वीकार

रातोमाटे प्रहरी चौकीका इन्चार्ज कुमार फुयालले भने आफूलाई गोरु तस्करीबारे जानकारी नभएको बताए। “गोरु तस्करी र नियन्त्रणका विषयमा सम्बन्धित कार्यालयहरूबाट मलाई कुनै जानकारी आएको छैन,” उनले भने। आइतबारको घटनाबारे आफूलाई जानकारी नभएको दाबी गर्दै उनले चौकीमा सामान्य सुरक्षा जाँचपछि ट्रक छोडिएको बताए। प्रहरीकै संरक्षणमा ट्रकलाई नाका कटाइएको भन्ने आरोप गलत भएको उनको दाबी छ। नेपालको फौजदारी संहिता २०७४ अनुसार गाई/गोरु वध गर्नेलाई ३ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुन सक्छ। गाई/गोरु मासु बेच्न, बोक्न, ओसारपसार गर्न दण्डनीय अपराध हो। साथै, कस्टम ऐन, पशु ऐन, वन्यजन्तु संरक्षण ऐन अन्तर्गत तस्करीमा संलग्नहरूलाई कानुनी कारबाही गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी

उद्यमशीलता एवम् पर्यटनसँग जोडिँदै मकवानपुरको दारको ठेकी...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९