काठमाडौँ । जारी आइसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत आज परम्परागत प्रतिद्वन्दी अस्ट्रेलिया र इङल्याण्डबीच खेल हुदै छ ।यस खेलमा अस्ट्रेलियाले टस जितेर पहिला बलिङ गर्ने भएको छ । अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथले टस जितेर इङल्याण्डलाई पहिला ब्याटिंगको निम्तो दिएका छन् ।यस प्रतियोगितामा अस्ट्रेलियाका नियमित कप्तान पाट कमिन्स, मिचेल स्टार्क, जोश हजेलवूड, मिचेल मार्श लगायतका खेलाडी अनुस्पस्थित रहदा अस्ट्रेलियालाई कमजोर मानिएको छ । यस खेलमा दुवै देशको प्लेइङ ११ यस्तो छ: अष्ट्रेलिया: स्टिभ स्मिथ (कप्तान), ट्राभिस हेड, म्याट सर्ट, मार्नस लाबुस्चेन, जोश इङ्गलिस (विकेटकीपर), एलेक्स केरी, ग्लेन म्याक्सवेल, बेन द्वारशुइस, नाथन एलिस, एडम जाम्पा र स्पेन्सर जोनसन ।इङल्याण्ड:जोस बटलर (कप्तान), बेन डकेट, फिल साल्ट, जेमी स्मिथ (विकेटकीपर), जो रुट, ह्यारी ब्रुक, लियाम लिभिङस्टोन, ब्रायडन कार्से, जोफ्रा आर्चर, आदिल रशिद र मार्क वुड ।
कटारी (उदयपुर), उदयपुर क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सूर्यबहादुर लामा विजयी हुनुभएको छ । केहीबेर अघि सम्पन्न मत परिणामअनुसार रास्वापाका लामा १४ हजार ८०२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का...





















































































































































