खजुर बेचेरै साउदीले कमाउँछ १ अर्ब २८ करोड बढी रियाल

रियाद। इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान अबको केही दिनमा नै सुरु हुँदैछ ।विश्वभरका मुस्लिम समुदाय तथा इस्लाम धर्मालम्बीहरू यसको तयारीमा व्यस्त छन्। यो महिनालाई पूजाको महिना भनिए पनि धेरै व्यवसायका लागि भने यो नाफाको महिना पनि हो ।

 

 

रमजानको ३० दिनको व्रतमा खजूरलाई विशेष फल मानिन्छ । रमजानमा सबैभन्दा बढी बिक्री हुने वस्तुहरूमा खजुर शीर्ष स्थानमा आउँछन्। साउदी अरेबिया तेल मात्र बिक्री गर्दैन । खासमा साउदी खजूरको सबैभन्दा ठूलो उत्पादक देश पनि हो।साउदी अरेबियाको खजूर विश्वभर निकासी हुने गरेको छ र रमजानमा यसको खरिद धेरै गुणा बढ्ने गरेको छ। समाचार अनुसार साउदी अरेबियाले रमजानमा मात्रै ७० प्रतिशत खजूर निर्यात गर्छ ।

 

 

 

साउदी अरेबियाको वातावरण, पानी तथा कृषि मन्त्रालयले साउदी अरबबाट खजूरको निर्यात अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा ५.४ प्रतिशतले बढेर १ अर्ब २८ करोड साउदी रियाल अर्थात ३४ करोड अमेरिकी डलर पुगेको जनाएको छ ।तथ्याङ्कले देखाउँछ कि साउदीले ३०० भन्दा बढी प्रकारका खजूरहरू निर्यात गरिरहेको छ । अन्तर्राष्ट्रिय ट्रेड सेन्टरका अनुसार १२० देशहरूमा मूल्यको हिसाबले पहिलो स्थानमा छ।

 

 

साउदी अरेबियाले अन्य देशमा खजूर बेच्ने मात्र होइन, रमजानको अवसरमा उपहार पनि दिने गरेको छ । यो वर्ष साउदी अरेबिया सरकारले विश्वका १०२ देशमा सात सय टन खजूर उपहार स्वरुप पठाइसकेको छ । यी उपहारहरू साउदीका राजा सलमानले पठाएका हुन्।

 

 

यो उपहार पठाएको पहिलो पटक होइन, साउदी अरबले हरेक वर्ष यस्तो गर्छ, यो परम्परा यस वर्ष पनि जारी राखिएको छ । यो वर्ष गत वर्षको तुलनामा दुई सय टन बढी अर्थात् ७ सय टन खजुर अन्य देशमा उपहार पठाइने भएको छ । यो कार्यक्रम साउदीको इस्लामिक मामिला मन्त्रालयले पर्यवेक्षण गरिरहेको जनाइएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१