Baigyanik Media

Advertisement

Skip Ad

हवेली दरवार भरतपुरमा दिनभर भीड

भरतपुर । दिनमा प्रायः सुनसान रहन्छ भतरपुर महानगरपालिकास्थित लेक ट्वाटी थाउजेन्ड फार्म एण्ड रिसोर्ट (एलटीके) हवेली दरवार चम्पानगर । तर शुक्रबार भने रौनक फरक बन्यो । दिनभरि यहाँं तनातन भीडले भरिभराउ रहे ।  यसो हुनुको कारण थियो भक्तपुरको विश्वकर्मा भैल प्याखं (नाच) देखाउनु । भक्तपुर नगरपालिका वडा नं ९ तौलाछेंस्थित भैल प्याखं दिनभर यहाँं ादेखाइएको थियो ।विश्वकर्मा भैल प्याखं अन्तर्गत पाँंच वटा नाचहरु देखाइएका थिए । भैल प्याखं, लाखे प्याख, कवांचा प्याख, ख्या प्याखं र खिचा प्याखं देखाइएका हुन् । यी सवैलाई सामूहिक रुपमा भैल प्याखं भनिन्छ ।  यी सवै नाचहरुमा घटीमा दुईजनादेखि वढीमा १० जनासम्मको समूह रहेको छ । प्रत्येक कलाकारहरुले छुटाछुटै मुकुण्डो लगाई सामूहिक नाच प्रदर्शन गरेका हुन् । साथै आआफनो पहिरण लगाई उनीहरु नाचमा सहभागी भएका थिए । नाचमा बाजागाजा बजाउने पनि छुटै टोली रहेको थियो । प्रदर्शनका लागि भक्तपुरबाट ४९ जना कलाकार तथा बाजागाजाकर्मीहरु मुकुण्डो तथा बाजागाजासहित आवश्यक सामानहरु लिएर विहीबार नै भक्तपुरबाट चितवन पुगेका थिए ।  नाच हेर्नका लागि दिनभर चितवनबासीको भीड लागेको थियो । विशेष गरेर स्कुलका विद्यार्थीहरु नाच हेर्नका लागि पुगेका थिए । आयोजक एलटिके आर्ट्स् एण्ड स्पोट्र्स एकेडेमी (लासा) नेपालले जनाए अनुसार चितवनका झण्डै एक दर्जन स्कुलहरुका एक हजार विद्यार्थीलाई आमन्त्रण गरिएको थियो । उनीहरु सवैलाई प्रवेश निःशुल्क गरिएको थियो । महाआनन्द महोत्सव २०८१ नामाकरण गरिएको कार्यक्रममा विश्वकर्मा भैल प्याखं खल भक्तपुरको मौलिक बाजा, नृत्य र कलाकारहरुसँंगको महाआनन्द महोत्सव २०८१ नम दिइएको थियो । यस्तोखाले कार्यक्रम चितवनमा पहिलो पटक भएको आयोजकको भनाई छ ।कार्यक्रमको उदघाटन नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका कुलपति निशा शर्माले गरेकी थिइन् । आयोजक लासा नेपालकी अध्यक्ष सीता तामांग लोहनीका अनुसार यसअघि पनि रिसोर्टमा यस्तैयस्तै कार्यक्रम गरिएको भए पनि पूर्ण रुपमा नेवारी संस्कृतिबारेमा भएको यो नै पहिलो कार्यक्रम हो । कार्यक्रमपछि सहभागी विद्यार्थीलाई गाईजात्राको अवसरमा नाचिने घिन्तान्गिसी (लठी जुधाएर लेखिने नाच) सिकाउनुका साथै सामूहिक नाच पनि नाचिएको थियो ।भक्तपुरको कला संस्कृतिलाई जर्गेना गर्दै भक्तपुरको नाचलाई देशभरि चिनाउने उद्देश्यले देशविदेशमा यो नाच देखाउँंदै आएको विश्वकर्मा भैल प्याखंका संयोजक विष्णुप्रसाद प्रजापतिले बताए ।भैल प्याखंबारे इतिहास

भैल प्याखं (नाच) पौराणिक साँंस्कृतिक नाच हो । परापूर्वकालमा भादगाउँं (हालको भक्तपुर) मा भूतप्रेत, दैत्य, दानबहरुले अति नै जनताहरुलाई दुख दिने गर्दथ्यो । त्यसपछि जनताहरु राजाकहाँं विन्ती विसाउन पुगेछन् । त्यसपछि राजाले नामुद तान्त्रिकलाई बोलाई क्रोेधरुपी भैरब गण तयार गरी खड्ग समाउन लगाई विभिन्न ताल तथा मुद्रामा नाच सिकाई ती भूतप्रेत दैत्यलाई लखेटेर नास गरी त्यसको खुशियालीमा यो नाचको उत्पती भएको भन्ने जनश्रुती रहेको छ । यस भैल प्याखंमा मुल पात्र भैल हुने गर्दछ । यसमा भैल, महाकाली, बाराही, देवी, महालक्ष्मी एकएकजना गरी पाँंच जना, बेताल तीन जना, भुचा दुईजना गरी कुल १० जना रहेको जनाइएको छ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

लिस्बन (पोर्चुगल), वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवा बेपत्ता भएका छन् । तनहुँ, भानु नगरपालिका–९ पिपलपानी घर भई विगत दुई वर्षदेखि पोर्चुगल बस्दै आएका ३४ वर्षीय जितेन्द्र पाण्डे बेपत्ता भएका हुन् । उनी गत साता सोमबारदेखि राजधानी लिस्बन नजिकैको सिन्ट्रा क्षेत्रबाट सम्पर्कविहीन...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

गुञ्जिन थाले तिहारका गीत

काठमाडौँ, उज्यालोको पर्व तिहार हाम्रो घरआँगनमा आइसकेको छ । कार्तिक कृष्णपक्ष त्रयोदशीका दिनबाट सुरु भई पाँच दिनसम्म मनाइने यो पर्वमा घर उज्यालो पारेर देउसी र भैलो खेल्नुका साथै गुञ्जिने गीतसङगीतको पनि आफ्नै विशेषता छ । ती गीतसङ्गीतमा अधिकांश नेपाली चलचित्रकै छन् । कालजयी ती...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९