Baigyanik Media

Advertisement

Skip Ad

चीनले बढायो रक्षा बजेट

काठमाडौँ । चीनले आफ्नो वार्षिक रक्षा बजेट ७.२ प्रतिशतले वृद्धि गरेको छ । योसँगै चीनको रक्षा बजेट यस वर्ष २४९ अर्ब डलर पुगेको छ । मिडिया रिपोर्टका अनुसार, विज्ञहरूले चीनको वास्तविक रक्षा खर्च उसले खुलासा गरेको भन्दा ४०-५० प्रतिशत बढी भएको अनुमान गरेका छन् । चीनले कम सैन्य खर्च देखाउन विभिन्न क्षेत्रहरू अन्तर्गत रकम छुट्याउँछ ।

 

 

अमेरिकापछि चीनले रक्षा क्षेत्रमा सबैभन्दा बढी खर्च गर्छ । अमेरिकाको रक्षा बजेट लगभग ९६८ अर्ब डलर छ । जुन चीनको बजेटको ४ गुणा बढी हो । त्यस्तै जर्मनीको ८६ अर्ब डलर, भारतको ७४ अर्ब डलर र जापानको ५३ अर्ब डलर रहेको छ ।हालको विश्वव्यापी उथलपुथलको बीचमा चीनले इन्डो-प्यासिफिक र वरपरका क्षेत्रहरूमा विरोधीहरूको सामना गर्न सेना, नौसेना, वायुसेना, आणविक, अन्तरिक्ष र साइबर क्षेत्रमा आफ्नो क्षमता बढाइरहेको छ ।

 

 

चीनले आफ्नो २० लाख शक्तिशाली जनमुक्ति सेनालाई आधुनिकीकरण गर्न निरन्तर कदम चालिरहेको छ । यसको उद्देश्य ताइवानमा कुनै पनि तेस्रो पक्षको हस्तक्षेप रोक्नु र दक्षिण-पूर्वी चीन सागरमा आफ्नो शक्ति प्रदर्शन गर्नु हो ।चीनले ताइवानलाई आफ्नो भाग मान्छ, तर ताइवानले आफूलाई छुट्टै देश मान्दछ । ताइवानलाई अझै छुट्टै देशको रूपमा मान्यता दिइएको छैन ।

 

 

अर्कोतर्फ अर्को छिमेकी देश भारतको चीनको तुलनमा रक्षा बजेट लगभग तीन गुणा कम रहेको छ । हाल भारतको रक्षा बजेट जीडीपीको १.९ प्रतिशत रहेको छ । विज्ञहरूले भारतले आफ्नो रक्षा बजेट जीडीपीको कम्तिमा २.५ प्रतिशत हुनुपर्नेमा जोड दिने गरेका छन् । भारतले आफ्नो रक्षा बजेटको ७५ प्रतिशत आफ्नो १४ लाख सेनाको तलब र पेन्सनमा खर्च गर्छ, जसमध्ये २५ प्रतिशत सैन्य आधुनिकीकरणको लागि मात्र बाँकी रहने गरेको छ ।

 

 

चीनले अन्य कुनै पनि देशको तुलनामा आफ्नो आणविक भण्डार छिटो विस्तार गरिरहेको छ । हाल यसमा ६०० भन्दा बढी सञ्चालनयोग्य आणविक हतियारहरू छन् र २०३५ सम्ममा यो संख्या १,००० नाघ्ने अपेक्षा गरिएको छ । साथै, चीनले ३७० भन्दा बढी युद्धपोत र पनडुब्बीहरू भएको विश्वको सबैभन्दा ठूलो नौसेना भएको दाबी पनि गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुष्प व्यवसायः आठ अर्ब ८३ करोड लगानी, ५३ हजारलाई रोजगारी

काठमाडौँ, नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै फूल किनबेचसमेत बढेको छ । फूल र रङको पर्वको रुपमा रहेको तिहार सुरु भएसँगै फूलको किनबेच बढेको हो । पूजाआजादेखि विवाह, स्वागत, बिदाइदेखि मृत्युपछि समेत प्रयोग हुने फूलखेतीमा पछिल्लो समय नेपाल आत्मनिर्भर हुँदै गएको छ ।...

राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको टोली जेनेभा प्रस्थान

काठमाडौँ ।   राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल अन्तरव्यवस्थापिका सङ्घ (आइपियु) को १५१औँ महासभामा सहभागी हुन जेनेभा प्रस्थान गर्नुभएको छ । राष्ट्रियसभाका सदस्यहरू गोपीबहादुर सार्की आछामी र मदनकुमारी शाह (गरिमा) सम्मिलित संसदीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अध्यक्ष दाहाल आज बिहान जेनेभा प्रस्थान गर्नुभएको हो । यही कात्तिक...

विद्युतीय सामग्रीको व्यापार घट्यो

चितवन ।  नारायणगढको लायन्सचोकमा रहेको लामिछाने बिजुली पसलका सञ्चालक अशोक लामिछाने गत वर्षको तुलनामा यस वर्षको तिहारमा प्रयोग हुने झिलीमिली बत्ती (विद्युतीय सामग्री) को व्यापार आधा घटेको बताउनुहुन्छ । पछिल्लो समय घर निर्माणमा सुस्तता आउँदा व्यापार घटेको उहाँको बुझाइ छ । लामिछाने भन्नुहुन्छ, “गत...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्छ: गृहमन्त्री अर्याल

काठमाडौँ ।    गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको छ । आज यहाँ आयोजित ७०औँ प्रहरी दिवस एवम् अमर प्रहरीप्रति श्रद्धाञ्जली कार्यक्रममा उहाँले प्रविधिको बढ्दो प्रभावसँगै अपराध अनुसन्धानमा समेत चुनौती थपिँदै गएकाले प्रहरीलाई समयानुकूल परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभएको हो ।...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालले उपाधिका लागि सामोआसँग खेल्दै

काठमाडौँ।  नेपालले ओमानमा जारी आइसीसी पुरुष टी–२० विश्वकपको एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रको छनोटको उपाधिका लागि आज सामोआसँग खेल्दै छ । ओमानको अल अमिरत क्रिकेट मैदानमा उक्त खेल अपराह्न ४ः१५ बजे सुरु हुनेछ । जारी प्रतियोगिताअन्तर्गत नेपालको यो अन्तिम खेल हो । नेपाल अङ्क...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९