चार करोडको बैंकिङ कसुरका फरार प्रतिवादी पक्राउ

काठमाडौं – बैंकिङ कसुरमा मुद्दामा फरार भएका व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-६ बस्दै आएका ४९ वर्षीय कुयाङछुयाङ दोर्जे लामा रहेका छन्। उनी दोलखा जिल्ला मेलुङ गाउँपालिका-३ का हुन्।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लामालाई काठमाडौं अनामनगरबाट पक्राउ गरेको उक्त कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।लामविरूद्ध काठमाडौं जिल्ला अदालतबाट बैंकिङ कसुर मुद्दामा पक्राउ पुर्जी जारी भएको थियो।लामाविरूद्ध चार करोड ९ लाख २७ हजार १३७ रुपैयाँको बैंकिङ कसुरको मुद्दा रहेको छ। यसैगरी, प्रहरी वृत्त मालिगाउँमा रहेको २४ लाख रुपैयाँको बैंकिङ कसुरको मुद्दामा उनी फरार रहेका थिए।लामालाई अहिले आवश्यक कारबाहीको लागि प्रहरी वृत्त महाराजगन्ज पठाइएको छ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?