काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ अंकले बढेको छ । यससँगै सूचक २६९९.२६ विन्दुमा आएको छ । २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३० हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...


























































































































































