काठमाडौं । प्रि ओपन सेसनमा नेप्से सूचक २.२२ अंकले बढेको छ । यससँगै सूचक २६९९.२६ विन्दुमा आएको छ । २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४४ कम्पनीको ३० हजार ३ सय ८० कित्ता सेयर कारोबार भएको छ ।यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । १६ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन ।
काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकन डलर एकको खरिददर १४५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १४५ रुपैयाँ ६९ पैसा तोकिएको छ । त्यसैगरी युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ २९ पैसा र बिक्रीदर...





















































































































































