काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्सको चैत १५ गते वार्षिक साधारण सभा बस्ने भएको छ । सभामा कम्पनीले २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण प्रस्ताव पेश गर्नेछ ।यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सभा प्रयोजनका लागि फागुन २८ गते बुक क्लोज गरिसकेको छ । फागुन २७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
कैलाली । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४, ओम शान्ति टोल निवासी ६४ वर्षीय कर्ण जित साउँद सकुशल घर फर्किएका छन्। राष्ट्रिय वाणिज्य बैंकका पूर्व म्यानेजर साउँद वैशाख ५ गते बिहान करिब ६ बजे घरबाट निस्किएपछि सम्पर्कविहीन भएका थिए। उनको खोजीका लागि परिवारले सर्वसाधारण तथा सम्बन्धित निकायसँग...


























































































































































