Baigyanik Media

Advertisement

Skip Ad

सैफ अली माथी छुरा हानिएकाे घटना बारे करिनाले खाेलिन रहस्य

मुम्बई। सैफ अली खानको छुरा प्रहार प्रकरणमा बान्द्रा प्रहरीले मेट्रोपोलिटन मजिस्ट्रेट अदालतमा आरोपपत्र दायर गरेको केही दिनपछि अब यसको विवरण बाहिर आएको छ।

 

 

 

यसै अनुसार जनवरी १६ मा बलिउड अभिनेता सैफ अली खानलाई घरमा छुरा प्रहार गर्ने व्यक्तिसँग झगडा गरिरहँदा उनकी श्रीमती तथा बलिउड अभिनेत्री करिना कपुर खानले उनलाई आक्रमणकारीलाई छोडेर आफ्नो सुरक्षा र उपचारलाई प्राथमिकता दिन आग्रह गरेको खुलेको छ।

 

 

 

करिना कपुरले पुलिसलाई दिएको बयानमा यो कुरा भनेकी हुन, जसलाई चार्जशीटको हिस्सा बनाइएको छ। यस मामिलामा पक्राउ परेका बंगलादेशी नागरिक मोहम्मद शरीफुल फकिर विरुद्ध बान्द्रा पुलिसले १६ सय १३ पृष्ठको चार्जशीट दायर गरेको छ।

 

 

 

आरोपपत्रका अनुसार करीना आफ्नी साथी रिया कपूरलाई भेटेर जनवरी १६ मा बिहान १ः२० बजे मात्रै घर फर्किएकी थिइन् । ‘करिब २ बजेतिर जुनु (जहाङ्गिरकी आमाबुवा) कराउँदै मेरो कोठामा आउनुभयो, जयबाबाको कोठामा एकजना मानिस हातमा छुरी लिएर आएका छन्, पैसा मागिरहेका छन् भनेर आत्तिदै भने।’

 

 

 

त्यसपछि करीना र सैफ जहाँगीरको कोठामा पुगे र अभियुक्त आक्रमणकारीलाई पहिलो पटक देखेका थिए । आरोपपत्रका अनुसार सैफले लुटेरालाई भेटे र सोधे ‘को हो, तिमी के चाहन्छौ ?’ भन्दै आरोपीतिर लागेका मात्रै के थिए, त्यसपछि अभिनेता र आरोपित बीच झडप सुरू भयो।

 

 

 

करीनाले भनिन्,  ‘सैफले आक्रमणकारीलाई काखमा समातेर लडाए तर आक्रमणकारीले उनको घाँटी, ढाड र हातमा छुरीले प्रहार गरिरहेको थियो ।’ आरोप पत्रमा भनिएको छ कि अर्की नानी गीता सैफलाई मद्दत गर्न दगुरे तर आक्रमणकारीले उनलाई पनि आक्रमण गरे र उनको हातमा पनि चोट लागेको थियो ।

 

 

 

त्यसपछि करिनाले चिच्याइन्, ‘जैबाबा (जहांगीर) लाई चाँडै बाहिर निकाल्नुहोस् ।’ करीना जहाँगीर, तैमुर र आलेम्मासँगै बाह्रौं तलाको कोठामा दौडिन्। केही समय पछि सैफ बाह्रौं तल्लाको कोठामा आए, उनको लुगा रगतले भिजेको थियो र उनको ढाड र घाँटीमा घाउ थियो ।

 

 

 

‘सैफले आक्रमणकारीलाई पक्रने हरसम्भव प्रयास गरिरहेका थिए, त्यतिन्जेल हाम्रा सेवक हरि, रामु, रमेश र पासवान सहयोग गर्न आए। हामी सबैले आक्रमणकारीलाई खोज्ने प्रयास गर्‍यौं, तर कतै फेला पार्न सकेनौं। त्यतिबेला सैफको उपचार बढी जरुरी भएकोले मैले भनेँ, ‘यो सब छोड, पहिले तल गएर अस्पताल लैजाउ । हामी सबै आफ्नो ज्यान जोगाउन लिफ्टबाट ओर्लियौं।’

 

 

 

हरिले सैफलाई अटोरिक्शामा लिलावती अस्पताल लगेका थिए, तैमुर पनि साथमा थिए । पछि करीनाले आफ्नी बहिनी करिश्मा कपूर र म्यानेजर पूनम दमानियालाई मद्दतको लागि सम्पर्क गरिन्। उनका म्यानेजरका श्रीमान् तेजस दमानियाले प्रहरीलाई खबर गरेपछि अफिसर आएर परिसरमा खोजी गरेका थिए तर आक्रमणकारीको कुनै पत्ता लागेन।

 

 

 

सैफ अली खानलाई १६ जनवरीको बिहान उनको मुम्बईको घरमा एक घुसपैठिले चक्कुले आक्रमण गरेको थियो। मोहम्मद शरीफुल इस्लाम शहजाद नाम गरेका आरोपी केही दिनपछि पक्राउ परेका थिए र हाल जेलमा छन्। उसमाथि मुम्बईस्थित सैफ अली खानको घरमा लुटपाटको नियतले प्रवेश गरेको आरोप छ । उनले अभिनेता र उनका कर्मचारीलाई काठको हतियार र ब्लेडले आक्रमण गरेको आरोप पनि लगाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

कैलाली,  जिल्लाको लम्कीचुहा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज दुर्घटना भएको हो । दुर्घटनामा परी...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

कैलालीमा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु

कैलाली,  जिल्लाको लम्कीचुहा नगरपालिकाअन्तर्गत पर्ने धोबेनी खोलामा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा नौ जना घाइते भएका छन् । बर्दगोरिया गाउँपालिका–४ बाट चिसापानीतर्फ गइरहेको सुदूरपश्चिम प्रदेश ०१००२ त ४९५१ नं को ट्याक्टर आज दुर्घटना भएको हो । दुर्घटनामा परी...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९