Baigyanik Media

Advertisement

Skip Ad

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजकाे छाँटकाट छैन्

हैदाराबाद। पावर स्टार पवन कल्याणको बहुप्रतिक्षित फिल्म ‘हरि हर वीर मल्लु’ को रिलिज मितिमा बारम्बार ढिलाइले फ्यानहरुलाई निराश बनाएको छ ।फिल्मको निर्माण पक्षले हालसम्म पटक पटक रिलिज मिति घोषणा गरिसकेका छन् तर हरेक पटक पछि सारिदै गरिएको छ ।

 

हालै सिनेकर्न डटकमले साे फिल्म रिलिजकाे आधिकारिक रिलिज मितिमा अद्यावधिक गरेकाे जनाएकाे छ । तर फिल्मको टाइमलाइन सेयर गरेपछि फ्यानहरुले निराशा व्यक्त गरेका छन् । फिल्म जनवरी २०२० मा घोषणा गरिएको थियो र त्यसपछि धेरै अपडेटहरू बाहिर आएका छन् तर रिलिज भने अझै भएकाे छैन् ।

 

 

खासमा प्रि लुक पोस्टर सेप्टेम्बर २०२० मा रिलीज गरिएको थियो, पहिलो झलक मार्च २०२१ मा र दोस्रो झलक सेप्टेम्बर २०२२ मा। पहिलो रिलिज मिति २०२२ काे नयाँ बर्षका लागि सेट गरिएको थियो, तर यसलाई ग्रीष्म २०२३ मा परिवर्तन गरिएको थियो।यसपछि, टिजर मे २०२४ मा रिलिज भयो र रिलिज मिति समर २०२४, त्यसपछि डिसेम्बर २०२४, मार्च २०२५ र अहिले ९ मे २०२५ मा बढाइएको थियो। फिल्मको पहिलो एकल १७ जनवरी २०२५ र दोस्रो एकल २४ फेब्रुअरी २०२५ मा रिलिज भएको थियो।

 

फ्यानहरूले सामाजिक सञ्जालमा आफ्नो आक्रोश पोख्दै आफूहरू प्रतिक्षा गर्दा थकित भएको बताएका छन् । एक फ्यानले लेखे, “अब यो पर्खाइ धेरै भयो, कृपया फिल्म ओटीटीमा रिलिज गर्नुहोस्।”  र अर्काले कमेन्ट गरे, ‘यो फिल्म इन्टरमिडिएटको पहिलो वर्षदेखि नै रिलिज हुने भनिएको थियो, अहिले इन्जिनियरिङ पूरा गरेको छु, तर फिल्म अझै रिलिज भएको छैन् ।’

 

 

 

‘हरि हर वीर मल्लु’ एक ऐतिहासिक एक्शन फिल्म हो, जसमा पवन कल्याण मुख्य भूमिकामा छन् र बबी देओल, निधि अग्रवाल जस्ता कलाकारहरू पनि देखिने छन्। फ्यानहरू अब चाँही आशा गरिरहेका छन् कि फिल्म मे २०२५ मा रिलिज हुनेछ तर बारम्बार ढिलाइले उनीहरूको धैर्यताको परिक्षण गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

भोजपुर, बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ३९ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ६० पैसा र बिक्रीदर...

हङकङ विमानस्थलमा कार्गो विमान चिप्लिएर समुद्रमा खस्यो, दुई जनाको मृत्यु

हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान अवतरणको क्रममा एक कार्गो विमान चिप्लिएर रनवेबाट बाहिरिँदै समुद्रमा खस्दा दुई जनाको मृत्यु भएको छ । तुर्कीस्थित एसीटी एयरलाइन्सद्वारा सञ्चालित बोइङ ७४७ विमान दुबईबाट हङकङ आउँदै थियो । विमानमा रहेका चार चालक दल सदस्यहरूलाई सकुशल उद्धार गरी अस्पताल लगिएको...

बाँदरले दुःख दिएपछि समयअगावै किसानले टिपे सुन्तला

भोजपुर, बाँदरको समस्याका कारण यहाँका किसान समयअगावै सुन्तला टिप्न बाध्य भएका छन् । पछिल्ला वर्षमा बाँदरका सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि बगैँचामा फलफूलको क्षति बढ्दै गएको किसानहरू बताउँछन् । सामान्यतया मंसिर–पुस महिनामा मात्र टिप्ने सुन्तला यस वर्ष असोज–कात्तिकमै टिप्नुपर्ने अवस्था आएको किसानको भनाइ छ ।...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

गुञ्जिन छाडे पुराना भैली गीत

कञ्चनपुर, तिहारका बेला कञ्चनपुरसहित सुदूरपश्चिमका गाउँगाउँमा पुराना भैली (भैलो) गीत गुञ्जिन छाडेका छन् । आधुनिकताको प्रवेशसँगै घरघरमा पुगेर डिजेमा बजाइने देउसीभैली गीतमा नाच्ने प्रवृत्ति मौलाउँदै जाँदा पुराना भैली गीत गाउने चलन हट्दै जान थालेको हो । आधुनिक साउण्ड सिस्टममा गीतहरू बजाएर नाच्ने कार्यले पुरानो...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कृषि, पशुपालन, वन र सहकारी क्षेत्रमा अनुसन्धान गर्ने विषयमा सम्झौता

काठमाडौँ,  कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवन र नेपाल कृषि सहकारी केन्द्रीय सङ्घबीच कृषि, पशुपालन, वन तथा सहकारी क्षेत्रका बहुआयामिक विषयमा सहकार्य गर्ने सम्बन्धमा द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ । विश्वविद्यालय र सङ्घबीच भएको सम्झौताअनुसार सङ्घको सञ्जालमा रहेका एक हजार ३०० भन्दा बढी...

पर्सामा ८४ प्रतिशतमा हैजा विरुद्धको खोप

वीरगञ्ज (पर्सा), हैजा महामारी विरुद्ध प्रतिकार्य खोप अभियान अन्तर्गत आइतबारसम्म ८४ प्रतिशत लक्षित समूहलाई हैजा विरुद्धको औषधी (खोप) खुवाइएको छ । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार मुखबाट औषधीको रुपमा ख्वाइने यो खोप अभियानमा असोज २६ देखि कार्तिक २ गतेसम्म छ लाख...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९