
काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको पदाधिकारी बैठक बस्दैँछ ।पार्टी सभापति शेरबहादुर देउवाको नीजी निवास बुढानिलकण्ठमा बैठक बोलाएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक शुक्रबार बिहान ९ बजे पार्टी सभापति देउवा निवासमा बस्नेछ। बैठकमा पछिल्ला विकशित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रमलगायतको विषयमा कुराकानी हुने उनले बताए।