नेप्सेमा गिरावट

काठमाडौँ । नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ६.८७ अंकले घटेर २६५२.०६  विन्दुमा कायम भएको छ ।आजको कारोबारमा विभिन्न ३१३ कम्पनीका एक करोड ३७ लाख ८२ हजार ४६८ कित्ता शेयर ५ अर्ब १६ करोड ३३ लाख ३४ हजार ५२२ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

 

 

आज ओम मञ्जुश्री फार्मास्युटिकल लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने पियोर इनर्जी लिमिटेडको शेयर ९.९९  प्रतिशतले बढेको छ । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मुल्य ६.८२ प्रतिशतले घटेको छ । त्यस्तै आज उपकर लघुवित्तको शेयर मूल्य सबैभन्दा बढी ४.३४ प्रतिशतले घटेको छ ।आज सबै भन्दा बढी कारोबार अरुण कावेली पावरको शेयर ३६ करोड २५ लाख ५९ हजारको कारोबार भएको नेप्सेले जनाएको छ ।

 

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?