काठमाडौं । नेपाल प्रहरीले ११ जना प्रहरी अधिकृतलाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका सिफारिस गरेको छ । प्रहरी नायब उपरीक्षक (डीएसपी) पदमा कार्यरत ११ जनालाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो ।बढुवा समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीद्वारा जारी विज्ञप्तिका अनुसार यसरी बढुवाका लागि सिफारिस भएका डीएसपीहरूमा अनिलकुमार खड्का, महेश थापा, दिपेन्द्र पञ्जियार थारु, महेन्द्र नेपाल, रूपक खड्का, प्रेमसागर केसी, डिलबहादुर मल्ल, केशव भट्टराई, भुवनेश्वरप्रसाद साह, सुनिल मल्ल र दीपक खड्का छन ।
तुलसीपुर (दाङ), तुलसीपुर उपमहानगरपालिका–१२ कचेलीकी पुतली चौधरीको कुनै बेला घरायसी काममै दिन बित्थ्यो । तर, हिजोआज गलैँचा बुन्न व्यस्त हुनुहुन्छ । उहाँ गलैँचा बुनेर घरखर्च चलाउने योजनामा हुनुहुन्छ ।“पहिले भाँडा माझ्ने, वस्तुभाउलाई घाँस दिनेमात्रै काम हुन्थ्यो, तर अहिले गलैँचा बुन्न थालेकी छु, अब घरखर्च...






















































































































































