कैलाली । कैलालीको मोहन्याल गाउँपलिका -३ बुढिआममा अवस्थित हरियाली सामुदायिक बन उपभोक्ता समितीले सुत्केरी महिलालाई पौष्टिक आहार सहयोग गरेको छ।
आइतबार बिहान सामुदायिक बन का अध्यक्ष पदम बहादुर कुँवर र अन्य पदाधिकारीहरुको उपस्तिथिमा मोहन्याल ३ बुढिआमका ७ जना सुत्केरी महिलाहरुलाई घरघरमै पुगेर अण्डा, फलफुल , तेल लगाएतका अन्य सामग्रीहरु बितरण गरिएको हो।
समितिका अध्यक्ष पदम बहादुर कुँवरले आगामी दिनहरुमा अझै राम्रो कामकाे सुरुवात गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भएकाे लालीगुरास आधाभुत विद्यालयका शिक्षक पदम प्रसाद देबकाेटाले जानकारी दिनु भएकाे छ ।























































































































































