नेपाली महिला टोली आज साउदीसँग भिडदैँ

काठमाडौं। नेपालले आज साउदी अरेबियासँग दोस्रो खेल्दैछ ।भुटानको राजधानी थिम्पुमा जारी एएफसी यू–२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेल साउदी अरबसँग खेल्न लागेको हो ।सो खेल थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा दिउँसो १ः४५ बजेबाट सुरु हुनेछ ।

 

नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो तर नेपालसँग भिडन आएको साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ, उत्तर कोरिया २–२ पटक विश्व च्याम्पियन टोली हो ।प्रतियोगिताको हरेक समूहबाट समूह विजेता एसियन कपमा छनोट हुनेछन् भने २ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१