यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा र बिक्रीदर १६६ रुपैयाँ ७२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ २७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ०९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७८ रुपैयाँ २५ पैसा र बिक्रीदर १७९ रुपैयाँ ०१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९३ रुपैयाँ ९८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०२ रुपैयाँ ४० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ११० रुपैयाँ ३२ पैसा तोकिएको छ ।

 

जापानी येन १० को खरिददर नौ रुपैयाँ ५९ पैसा र बिक्रीदर नौ रुपैयाँ ६३ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १९ रुपैयाँ ८२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ६३ पैसा कायम भएको छ । केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३३ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १८ पैसा र बिक्रीदर १० रुपैयाँ २२ पैसा, स्विडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ १४ पैसा र बिक्रीदर १५ रुपैयाँ २१ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ २४ पैसा र बिक्रीदर २२ रुपैयाँ ३४ पैसा तोकिएको छ ।

 

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८ रुपैयाँ ११ पैसा, कुवेती दिनार एकको खरिददर ४५९ रुपैयाँ ७४ पैसा र बिक्रीदर ४६१ रुपैयाँ ७० पैसा, बहराइन दिनार एकको खरिददर ३७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ४२ पैसा, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ १६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ ७२ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । —

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

संविधान दिवसमा टेलिकमको ‘अफर’

काठमाडौँ, संविधान दिवसका अवसरमा नेपाल टेलिकमले विशेष ‘अफर’ घोषणा गरेको छ । नेपालको संविधान २०७२ घोषणाको एक दशक पूरा भएको उपलक्ष्यमा टेलिकमले आफ्ना ग्राहकहरुका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराइने जनाएको छ । कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरका अनुसार उक्त अफर २०८२ असोज २...

आज गणेशमान सिंहको २८औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ,  विसं २०४६ मा प्रजातन्त्र पुनःस्थापनाका लागि भएको जनआन्दोलनका सर्वोच्च ‘कमान्डर’ गणेशमान सिंहको २८औँ स्मृति दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उदाहरणका रूपमा रहनुभएका सिंह सबैका लागि प्रेरणाको स्रोत पनि बन्नुभएको थियो । विसं २०४६ को जनआन्दोलन...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६६ रुपैयाँ ०१ पैसा...

पुनःनिर्माणमा जुटे युवा

झापा।   युवाहरू ‘जेनजी’ प्रदर्शनका क्रममा तोडफोड भएका यहाँका प्रहरी चौकी पुनःनिर्माणमा जुटेका छन् । यहाँका एक युवाले मेचीनगर–१० धुलाबारीस्थित ट्राफिक प्रहरीको अस्थायी कार्यालय र सार्वजनिक सिसी क्यामेरा पुनःस्थापना गरिदिनुभएको छ । स्थानीय युवा उद्योगी आनन्द खड्काले निजी खर्चमा यस्तो कार्य गर्नुभएको हो ।     प्लाइउड...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९