Baigyanik Media

Advertisement

Skip Ad

झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी

भद्रपुर (झापा) ।   बुद्धशान्ति गाउँपालिका–३ प्रगतिटोल पुग्दा एउटा महिलाको सङ्घर्ष र सफलताले भरिएको कथा भेटिन्छ । नम्र स्वभाव, अनी आत्मविश्वासले भरिपूर्ण अनुहार । आफ्नै घरको भुइँतलामा चलिरहेको सानो तर व्यस्त कार्यशालामा कपडाको थुप्रो, रङ्गीचङ्गी धागा, काट्न प्रयोग गरिने कैची र सिलाइ मेसिनको निरन्तर आवाजले उद्योगको जीवन्तता झल्काउँछ ।

 

यही ठाउँ हो– शीतला झोला उद्योग, जसको नाम अहिले बुद्धशान्तिमात्र होइन, कोशी प्रदेशका विभिन्न जिल्लासम्म परिचित भइसकेको छ । यस उद्योगकी सञ्चालक हुनुहुन्छ तारादेवी अधिकारी । उहाँ सामान्य गृहिणीमात्र नभएर, सङ्घर्ष र सीपलाई आधार बनाउँदै आत्मनिर्भर बन्न खोज्ने अनि अरु महिलालाई पनि त्यसै मार्गमा डोहोर्याउने उद्यमी हुनुहुन्छ । आजभन्दा करिब १२ वर्षअघि तारादेवीले घरेलु तथा साना उद्योगको समन्वयमा सिलाइकटाइ तालिम लिनुभएको थियो । तालिमपश्चात आफ्नै मेसिन नभएकाले उहाँले केही वर्ष मेसिन भाडामा लिएर कपडा सिलाउने काम गर्नुभयो ।

 

 

त्यही क्रममा एक दिन उहाँले उत्सुकतावश सिलाइको कपडाबाट बाँकी रहेको कपडाबाट तीनवटा सामान्य सुर्की झोला बनाएर आफ्नै पसलमा राख्नुभयो । ती झोला तुरुन्तै बिक्री भए । निरन्तर एक सातासम्म तारादेवीले दिनमा तीन–चारवटा झोला बनाएर पसलमा राख्दा पनि माग बढ्दै गयो । यही सफलताले उहाँलाई झोला उत्पादनलाई उद्यमका रूपमा अगाडि बढाउने प्रेरणा दिएको तारादेवी स्मरण गर्नुहुन्छ । त्यसपछि २०७६ सालदेखि स्थानीयमा उपलब्ध हुने कच्चा पदार्थ ढाका, अल्लोलगायतबाट झोला बनाउन तारादेवीले उद्योग खोल्नुभयो ।

 

 

हाल उहाँले सञ्चालन गर्दै आएको उद्योगबाट विभिन्न आकार, प्रकार र डिजाइनका झोला उत्पादन हुने गरेका छन् । मूल्य दायरा रु ५० देखि रु तीन हजार ५०० सम्मको छ । सस्तो मूल्यका झोलादेखि उच्च गुणस्तरका डिजाइनर झोलासम्म यहाँ उपलब्ध हुन्छन् । झोलाका लागि चाहिने कच्चा पदार्थ काठमाडौँ, भारतको सिलुगुडीबाट आउने गरेको तारादेवी बताउनुहुन्छ । उद्योगमा अहिले १८ महिलाले नियमित रोजगार पाउनुभएको छ भने थप १५ जना आंशिक रूपमा संलग्न हुनुहुन्छ । उहाँहरू आ–आफ्नो घरधन्दा सकेर दिउँसो केही घण्टा उद्योगमा काम गर्न आउनुहुन्छ ।

 

 

दक्षताका आधारमा महिलाले मासिक रु २० हजारदेखि रु ३० हजारसम्म कमाइ गर्ने गरेका छन् । यसरी घरपरिवार चलाउनेमात्र होइन, आफ्नै श्रमबाट आर्थिक रूपमा सशक्त बन्न पाउँदा उहाँहरूले गर्व र खुसी अनुभव गर्ने गरेको तारादेवी बताउनुहुन्छ । शीतला झोला उद्योगको उत्पादन अहिले झापा जिल्लामै सीमित छैन ।

 

 

कोशी प्रदेशका अधिकांश पहाडी जिल्लामा मात्र होइन, सुदूरपश्चिमको कञ्चनपुरसम्म झोलाको माग पुग्छ । भीमदत्त नगरपालिकाबाट नगरसभाका सदस्यहरूलाई वितरण गर्नका लागि गत असारमा मात्र एक सय १० झोलाको माग आएको थियो, जुन तारादेवीले चार दिनभित्र तयार गरेर पठाउनुभयो । कोभिड–१९ का कारण देशभर बन्दाबन्दी भयो त्यही समयमा आफ्नो झोला उद्योगले राम्रो बजार पाएको तारादेवी बताउनुहुन्छ । यसका अतिरिक्त उद्योगका झोला बुद्धशान्ति गाउँपालिकाले आफ्ना सामुदायिक विद्यालयका विद्यार्थीलाई वितरण गरेको छ ।

 

 

त्यसबाहेक सङ्खुवासभाको खाँदबारी, इलाम, पाँचथर, ताप्लेजुङ, भोजपुरलगायत जिल्लामा पनि झोला पुग्ने गरेको छ । झोला उत्पादनमात्र नभई तारादेवी तालिम दिने काममा पनि सक्रिय हुनुहुन्छ । स्थानीय तह, सामुदायिक संस्थाले माग गरेअनुसार उहाँले महिलालाई झोला सिलाइ तालिम दिनुहुन्छ । यसरी तालिम पाएका महिलाले पनि आफ्नै क्षेत्रमा सानो स्तरमा भए पनि झोला उत्पादन सुरु गर्ने अवसर पाएका छन् “तालिमले महिलालाई सीप दिन्छ, सीपले आत्मबल बढाउँछ, आत्मबलले रोजगारी र आयआर्जन ल्याउँछ”, तारादेवीले भन्नुभयो ।

 

 

उहाँले झोला उत्पादन सुरु गर्नुभएको केही वर्षमै यसैबाट भएको नाफाले बुद्धशान्ति–३ प्रगतीटोलमै जग्गा किन्नुभयो र तीनतले घर पनि निर्माण गर्नुभयो । हाल उद्योग सोही घरको भुइँतलामा सञ्चालन भइरहेको छ । उद्योगबाट खर्च कटाएर वार्षिक करिब रु १५ लाख नाफा हुने गरेको उहाँले बताउनुभयो । यतिमात्र होइन, आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउन तारादेवीले नयाँ पुस्ताले प्रयोग गर्ने प्रविधि आत्मसात् गर्ने गर्नुभएको छ । फेसबुक, टिकटकजस्ता सामाजिक सञ्जालका साथै स्थानीय मेला हाटबजारमार्फत प्रचारप्रसार गर्दै उहाँले बजार विस्तार गरिरहनुभएको छ ।

 

शीतला झोला उद्योग केवल एक व्यावसायिक उपक्रममात्र होइन, यो महिलालाई आत्मनिर्भर र सशक्त बनाउन बनाइएको एक खम्बा हो । यहाँ काम गर्ने महिलाले आफ्नो परिवार चलाउनमात्र होइन, समाजमा आर्थिक रूपमा योगदान गर्न पाउँछन् । धेरै महिलाले उद्योगबाट कमाएको पैसाले छोराछोरीको शिक्षा, स्वास्थ्य र घरधन्दा चलाइरहेका तारादेवी बताउनुहुन्छ ।

 

 

उहाँ भन्नुहुन्छ, “मलाई सबैभन्दा ठूलो सन्तुष्टि महिलालाई सीप सिकाएकामा छ, आत्मबल दिएको छ, आम्दानीको बाटो देखाएको छ ।” तारादेवीको योजना अझ ठूलो छ । आगामी दिनमा देशका विभिन्न स्थानमा तालिम सञ्चालन गर्दै महिलालाई रोजगारी सृजना गर्ने वातावरण बनाउन उहाँ चाहनुहुन्छ । साथै, उत्पादनलाई अझ गुणस्तरीय र आकर्षक बनाउन नयाँ प्रविधि र डिजाइनमा लगानी गर्ने तयारी पनि छ ।

 

 

तारादेवीको कथा केवल व्यक्तिगत सफलताको कथा होइन । यो कथा हो– सङ्घर्षबाट उद्यमिता जन्मिन सक्ने, सीपलाई प्रयोग गरेर समाज परिवर्तन गर्न सक्ने र महिलाले पनि ठूलो योगदान दिन सक्ने प्रमाण । झापाको एउटा सानो गाउँबाट सुरु भएको उहाँको यात्रा आज महिलाको आत्मनिर्भरता, श्रमको सम्मान र सफलताको प्रतीक बनेको छ । तारादेवीको दृढता र लगनशीलताले देखाएको बाटो अरू महिलाका लागि प्रेरणादायी बन्न पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

किसानलाई धान काट्ने चटारो

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९