Baigyanik Media

Advertisement

Skip Ad

नर्गीका ५३ दलित परिवार शौचालयविहीन

सिरहा,  यहाँको बरियारपट्टी गाउँपालिका–१ नर्गीस्थित सिङ्गो दलित समुदाय अझै पनि शौचालयविहीन रहेको पाइएको छ । चारवटा दलित टोलमा रहेका करिब ५३ घरपरिवारमध्ये कुनै पनि घरमा शौचालय छैन । शौचालयको सुविधा नहुँदा यहाँका बासिन्दा आज पनि करिब एक किलोमिटर टाढा रहेको कल्याणदह खोलाको किनारमा शौच गर्न जान बाध्य छन् । नर्गीको खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चारवटा दलित बस्तीमा शौचालय नहुनु केवल सुविधाको अभावमात्र नभई, मानव स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर विषय बनेको छ । स्थानीय बासिन्दाका अनुसार शौचालय नहुनुको मुख्य कारण आर्थिक अभाव, जग्गाको अभाव र जनचेतनाको कमी हो ।
ऐलानी जमिनमा बसोबास गरिरहेका यहाँका दलित समुदायलाई शौचालय बनाउन ठाउँसमेत छैन । बस्तीका ५० वर्षीय हरिचन्द्र सदाय भन्नुहुन्छ, “हामीसँग शौचालय बनाउने उपाय नै छैन । बाबुबाजेको पालादेखि खुला ठाउँमै शौच गर्दै आएका छौँ । अहिले पनि अवस्था जस्ताको तस्तै छ ।” त्यस्तै स्थानीय महिला अनितादेवी सदाय भन्नुहुन्छ, “घरकै लागि ठाउँ छैन, शौचालय कहाँ बनाउने ? बनाउन चाहे पनि आर्थिक हैसियत छैन ।” अर्की स्थानीय कुस्मीदेवी सदायका अनुसार शौचालय अभावमा बालबालिकाले सार्वजनिक स्थानमै दिसापिसाब गर्ने गर्छन् । “बस्ती नै दुर्गन्धित भएको छ । गल्ली र झाडीमा दिसा देखिन्छ । सर्प र बिच्छीको डर पनि उत्तिकै हुन्छ ।” शौचालयमात्र होइन, यहाँ पानीको पनि चरम अभाव छ ।
खडौरियामा पाँचवटा हातेकलबाट २३ घरले पानी जोहो गरिरहेका छन् । लबटोलीमा एउटामात्र हातेपम्प छ, जुन गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब लहान’को पहलमा जडान गरिएको हो । “पानीकै स्रोत छैन भने शौचालय कसरी प्रयोग गर्नु ? अस्पतालटोल र थानटोलका बासिन्दा अझै पनि टाढाटाढाबाट पानी ओसार्न बाध्य छन्”, क्लबका अध्यक्ष उमेश विसुङ्केले भन्नुभयो । शौचालय जडान गर्नु केवल संरचना बनाउनुमात्र नभएर त्यसको प्रयोग र सफाइ गर्न पर्याप्त पानी चाहिने भएकाले पहिले पानीको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको विसुङ्केको भनाइ छ । गाउँपालिका र सम्बन्धित निकायले खानेपानीको समस्या समाधान नगरी सरसफाइ र शौचालयको कुरा गर्नु सतहीमात्र हुने उहाँको तर्क छ । बरियारपट्टी गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र यादवले बस्तीका परिवारसँग बस्नबाहेकको कुनै जग्गा नभएकाले शौचालय निर्माण गर्न समस्या रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बस्तीमा सार्वजनिक जमिनसमेत अभाव भएकाले सामुदायिक शौचालय बनाउने सम्भावना कठिन देखिएको छ ।” उहाँले अगाडि थप्नुभयो, “शौचालयको समस्या समाधान गर्न गाउँपालिकामा पटकपटक छलफल भएको छ । छिट्टै समाधानको बाटो खोजिनेछ ।”
सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा समेत नर्गीको दलित बस्ती शौचालयविहीन हुनु गम्भीर प्रश्न बनेको छ । नर्गीमात्र नभएर जिल्लाका अधिकांश दलित बस्तीमा शौचालय नरहेको कतिपयको भनाइ छ । बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममताकुमारी यादवले हुलाकी सडक नजिकैको यस्तो बस्तीमा अझै पनि शौचालय नहुनु लज्जास्पद र दुःखद् विषय भएको भन्दै यो समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । शौचालय अभावले केवल असुविधा मात्र होइन, बालबालिका र महिलाको सुरक्षामा गम्भीर असर पारिरहेको छ । खुला दिसाको जोखिम, सङ्क्रमणका रोग र विषालु कीराको त्रासले बस्तीका बासिन्दाको जीवन झन् कष्टकर बनेको छ । सरकार र सरोकारवाला निकायबाट स्थायी, दिगो र समावेशी समाधानको स्थानीयवासी माग गर्दै आएका छन् । यद्यपि, उनीहरूको अवस्था अझै पनि सरकारी ध्यान र प्राथमिकताबाट टाढै देखिन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

अर्थमन्त्री खनाल भेटघाटमा व्यस्त

वाशिङ्गटन डिसी (अमेरिका) ।  विश्व बैंक तथा अन्तरराष्ट्रिय मुद्राकोषको वार्षिक बैठकमा भाग लिन वाशिङ्गटन डिसीमा रहनुभएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सोमबार र मङ्गलवार विभिन्न भेटघाट तथा छलफलमा सहभागिता जनाउनुभएको छ । मङ्गलबारमात्र मन्त्री खनालले अमेरिकाका उपव्यापार प्रतिनिधि व्रायन स्वीजरसँग भेटघाट गर्नुभएको थियो । उक्त भेटको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ६० पैसा र बिक्रीदर १४२ रुपैयाँ २० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७९ पैसा र बिक्रीदर...

चीनमा सुरुङ भत्किएपछि तीन मजदुरको मृत्यु, अनुसन्धान जारी

झेनपिङ, शानक्सी, चीनको शानक्सी प्रान्तको झेनपिङ काउन्टीमा रहेको कोइला खानीको सुरुङ भत्किएर फसेका तीनै जना मजदुरको शनिबार बिहान मृत्यु भएको छ । बिहीबार भएको उक्त दुर्घटनामा आठ जना मजदुरहरू मर्मतसम्भारको काम गर्दै थिए । पाँच जना मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए भने...

किसानलाई धान काट्ने चटारो

दाङ। लमही नगरपालिका–३ की ४२ वर्षीया सीता चौधरी सोमबार बेलुका ५ः०० बजे खेतमा धान काट्दै हुनुहुन्थ्यो । धान काट्दै गरेको अवस्थामा भेटिनुभएकी उहाँले भन्नुभयो, “अहिले मौसम खुलेको छ । धान पाकेर पहेँलै भएकाले बिहानदेखि बेलुकासम्म खेतमै धान काट्न व्यस्त हुने गरेका छौँ ।” चौधरीले...

फलामखानी सञ्चालन गर्न पदमार्ग निर्माण

पर्वत,  महाशिला गाउँपालिका–६ मा रहेको फलामखानी सञ्चालनको तयारीका लागि खानीसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ । निवर्तमान सरकारको मन्त्रिपरिषद्को बैठकबाट फलामखानी सञ्चालनका लागि मन्त्रालय र सचिवलाई निर्देशन दिएपछि अध्ययन, अनुसन्धान गर्नका लागि आउने टोलीलाई खानीसम्म पुग्न सहज होस् र सञ्चालन भइसकेपछि पनि प्रशोधन केन्द्रसम्म...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

गर्भवतीलाई क्याल्सियम र आइरन चक्की अभाव

गोरखा, पालुङटार नगरपालिकाका गर्भवतीलाई विगत दुई महिनादेखि क्याल्सियम र आइरन चक्कीको अभाव छ । नगरपालिकाले समयमै खरिद नगर्दा पालिकाभरका गर्भवतीले नियमित रूपमा सेवन गर्नुपर्ने क्याल्सियम र आइरन चक्की खान नपाएका स्वास्थ्यचौकीका इञ्चार्जहरूले बताएका छन् । विगत दुई महिनादेखि गर्भवतीलाई क्याल्सियम र आइरन चक्की दिन...

नेपालसँग कुवेत पराजित

काठमाडौँ,  आइसिसी टी ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोट खेलमा नेपाल विजयी भएको छ । ओमानको अल अमेरतस्थित ओमान क्रिकेट एकेडेमी—१ मा आज सम्पन्न समूह ‘बी’को पहिलो खेलमा नेपाल कुवेतलाई ५८ रनले पराजित गर्दै विजयी भएको हो । नेपालले प्रस्तुत गरेको १४२...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९