चलचित्रको सफलतामा गीतसङ्गीतको उल्लेख्य भूमिका

काठमाडौं,  नेपाली चलचित्र सफल हुनुमा गीतसङ्गीत क्षेत्रको महत्वपूर्ण योगदान रहेको पाइन्छ । चलचित्र भवनसम्म दर्शकलाई आकर्षित गर्ने विभिन्न पक्षमध्ये गीतसङ्गीतको दमदार प्रस्तुतिलाई लिइने गरिन्छ । पछिल्लो समय ‘भिडियो सेयरिङ साइट’ ‘टिकटक’मा समेत गीतसङ्गीत लोकप्रिय भएपछि चलचित्र हेर्न जानेक्रम बढेको देखिन्छ । चलचित्र सफलताको श्रेय पटकथालाई दिनेगरे पनि प्रचारप्रसार र दर्शक आकर्षित गर्ने तत्वका रुपमा गीतसङगीत क्षेत्रलाई जान्छ । ‘प्रेम गीत’, ‘नाई नभन्नु ल’, ‘म यस्तो गीत गाउँछु’ लगायतका चलचित्र सफल हुनुमा गीतसङ्गीतको महत्वपूर्ण भूमिका थियो । किनकि ती चलचित्रमा गीतसङ्गीत झैँ कथावस्तुले चर्चा पाउनै सकेन । प्रचारप्रसारको सशक्त माध्यम मानिएता पनि गीतसङगीतमा उलेख्य लगानी गरेको पाइँदैन ।
सङगीतकार अर्जुन पोखरेलका अनुसार गीतसङ्गीतलाई अडियो झैँ श्रव्यदृश्य पनि आकर्षक बनाउन आवश्यक छ । “चलचित्रमा प्रयोग गरिने गीतसङ्गीत जति सुन्दर भयो त्यति नै चर्चा हुन्छ । गीतअनुसारको दृश्य हुनु जरुरी छ । एकलरूपमा आउने गीतिसङग्रहमा भने त्यो लागु हुँदैन, तर चलचित्रमा गीतसङ्गीतको चर्चापरिचर्चा प्रभावकारी रुपमा प्रवाह हुनेगर्दछ । त्यसले चलचित्रमा मात्र नभई गीतसङ्गीतमा पनि लगानी बढ्नु आवश्यक छ”, सङ्गीतकार पोखरेलले भन्नुभयो । ‘स्टुपिड मन’, ‘प्रेम गीत’, ‘ऐश्वर्य’ जस्ता चलचित्र सफल हुनुको कारण गीतसङ्गीत मानिएको छ । चलचित्र ‘नोभेम्बर रेन’ मा समावेश गीत ‘तिमीलाई के भनू’ मा स्वर दिएपछि पाश्र्वगायनमा लोकप्रिय हुनुभएका गायक युवराज चौलागाईंले चलचित्रका गीतले पहिचान स्थापित गरिदिएको स्वीकार्नुभयो । “मैले पाश्र्वगायन अगाडि गीतिसङ्ग्रहमा गीत गाएँ, ती लोकप्रिय पनि भएँ ।
तर, चलचित्रका लागि गीत गाउन थालेपछि मेरो लोकप्रियता बढेको हो । चलचित्रमा स्थापित कलाकार र प्राविधिक हुने भएकाले पनि यसको लोकप्रियता एकल गीतिसङ्ग्रहको तुलनामा बढी पाएको छु”, उहाँले भन्नुभयो । पाश्र्वगायनसँगै आधुनिक गीतसङ्गीतमा व्यस्त गायक चौलागाईंले चलचित्रका लागि आफैँले पनि गीत तयार गर्दै आउनुभएको छ । चलचित्र निर्देशक पुर्नेन्दु झाका अनुसार चलचित्रको पहिलो प्रचार नै गीतमार्फत हुन्छ । “चलचित्रको प्रचारप्रसार सुरु नै गीतमार्फत गर्ने प्रचलन छ । किनकि यसले पहिलो प्रभाव पार्छ । त्यसपछि अन्य सामाग्री सार्वजनिक गर्ने गरेका छौँ”, निर्देशक झाले भन्नुभयो ।
उहाँले आफू निर्देशित पहिलो चलचित्र ‘संरक्षण’ को प्रचारको सुरुआत गीतमार्फत नै गर्नुभएको थियो । केही थोरै चलचित्र छन्, जसमा गीतसङ्गीतको आवश्यकता देखिएको छैन । तर, अधिकांश नेपाली चलचित्रमा गीतसङ्गीतको भूमिका महत्वपूर्ण हुने गरेको छ । यद्यपि, पछिल्लो समय पर्याप्त समय नहुँदा गीतसङ्गीतमा राम्रोसँग काम गर्न नपाएको गुनासो सङ्गीतकर्मीले गर्ने गरेका छन् । राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ,  नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन बाँकी रहँदा ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल बाक्लिएको छ । बिहानैदेखि पार्टी कार्यालयमा नेता तथा प्रतिनिधिले चहलपहल बढेको हो । नेता तथा कार्यकर्ता एकापसमा महाधिवेशनको नेतृत्वबारे छलफलमासमेत जुटेका छन् । पार्टी कार्यालयमा धेरैजसो युवा नेता...

गुल्मीमा यसवर्ष धान उत्पादनमा आठ प्रतिशतले कमी

गुल्मी,  यसवर्ष यहाँ धान उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा जिल्लामा आठ प्रतिशतले उत्पादनमा कमी आएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी टीकाराम न्यौपानका अनुसार यसवर्ष जिल्लामा २२ हजार ३२३ मेट्रिकटन मात्र धान उत्पादन भएको छ ।     गतवर्ष...

अमेरिकी शान्ति प्रस्ताव ‘अस्वीकार्य’ – पुटिन

नयाँदिल्ली, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन–रुस युद्ध अन्त्य गर्न अमेरिकी पक्षले अघि सारेका केही प्रस्तावहरू क्रेमलिनका लागि अस्वीकार्य रहेको बताउनुभएको छ । बिहीबार प्रकाशित उहाँका अभिव्यक्तिले शान्ति सम्झौता अझै टाढा रहेको सङ्केत गर्छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले करिब चार वर्षअघि सुरु भएको युद्ध रोक्ने...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर, मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो परिमाणमा गएराति लागूऔषध गाँजा बरामद गरेको छ ।इलाका प्रहरी कार्यालय रङ्गेलीबाट खटिएका प्रहरी टोली ९२१ किलो ६६ ग्राम २९ वटा बोरामा लुकाइछिपाइ राखेको अवस्थामा बरामद गरेको प्रहरी उपरीक्षक कवित कटवालले जानकारी दिनुभयो । घटनापछि गाँजा...

पूर्व–पश्चिम राजमार्ग विस्तार गर्न ६ हजार रुख काटिने

जलेश्वर (महोत्तरी),  पूर्व–पश्चिम राजमार्ग विस्तारका लागि महोत्तरी जिल्लामा ६ हजार २७ रुख कटान गरिने भएको छ । पूर्व–पश्चिम राजमार्ग विस्तारअन्तर्गत कमला–ढल्केवर–पथलैया सडक पूर्वीखण्ड आयोजनाका प्रमुख राजेशकुमार दासका अनुसार विभिन्न समस्या र चुनौतीकाबीच लामो समयपश्चात् डिभिजन वनकार्यालय, वन तथा भूसंरक्षण विभाग र वन तथा वातावरण...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश

पोखरा । गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले किराँत समुदायको विशेष चाड उधौली पर्व तथा नेवार समुदायले मनाउने चाड यःमरि पुन्हीका साथै धान्यपूर्णिमा र ज्यापु दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।   बिहीबार एक शुभकामना सन्देश जारी गर्नुहुँदै प्रदेश प्रमुख भट्टले आपसी मेलमिलाप, सामाजिक सहिष्णुता, संस्कृतिको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विश्वविद्यालयको जग्गाबाट आएन भाडा

तुलसीपुर (दाङ),  नेपाल संस्कृत विश्वविद्यालयको बेलझुण्डीस्थित जग्गाको भाडा प्राप्त हुन सकेको छैन । विश्वविद्यालयको ३३ बिघा ३१ कट्ठाभन्दा बढी जग्गा १० वर्षका लागि भाडामा सम्झौता भएको थियो । जुन तुलसीपुर १८ निवासी टेकबहादुर डाँगीले लिनुभएको थियो ।   विसं २०७१ साउन १ गतेदेखि बाख्रापालन गर्ने भनेर...

स्वास्थ्यमा पहुँच बढाउन बीमा कार्यक्रम प्रभावकारी कार्यान्वयन

काठमाडौँ,स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गरेर स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउनुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य बीमा बोर्डले आज यहाँ आयोजना गरेको विश्व स्वास्थ्यको सर्वव्यापी पहुँच दिवसका अवसरमा आयोजित अन्तरक्रियामा बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाले स्वास्थ्य बीमाले लागू गरिएका कार्यक्रममार्फत सबै नेपालीका स्वास्थ्यमा पहुँच पुर्याउन सकिने...

११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

म्याग्दी (बेनी), जिल्ला सदरमुकाम बेनीमा ११औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता सुरु भएको छ । जिल्ला खेलकुद विकास समिति म्याग्दीको आयोजनामा सञ्चालन भएको प्रतियोगिताको पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजाले आज उद्घाटन गर्नुभएको छ ।   प्रतियोगितामा जिल्लास्थित एक नगरपालिकासहित पाँच गाउँपालिकाबाट छनोट भएका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९