अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको छ ।

 

चलचित्र निर्देशक भ्यालीले हिमाली क्षेत्रका बासिन्दाहरूको जीवन, संस्कृतिको सौन्दर्य र चुनौतीलाई गहिरो रूपमा प्रस्तुत गर्दै सन् १९९९ मा ‘हिमालय क्याराभान’ नामक चलचित्र निर्माण गर्नुभएको थियो । उक्त चलचित्र अन्तरराष्ट्रिय रूपमा अत्यधिक प्रशंसित भएको थियो, जसले विश्व प्रसिद्ध ओस्कार अवार्डका लागि मनोनयनमा परेको थियो । उहाँले त्यसअघि निर्माण गरेका डकुमेन्ट्रीहरू, हनि हन्टर्स, नेपाल बियोन्ड द क्लाउड्स, हिमायन गोल्ड रसलगायत सिर्जनाहरुले नेपालको हिमाली जीवन र वातावरणको गहिरो अध्ययन गरेका छन् । उहाँका फोटोहरू नेशनल जियोग्राफी, जियो म्यागेजिन र अन्य प्रमुख अन्तरराष्ट्रिय प्रकाशनहरूमा प्रकाशित भएका छन् ।

 

नेपालसँग उहाँको सम्बन्ध भावनात्मक रहेको देखिन्छ । उहाँले नेपालका हिमाली जनजीवन, प्राकृतिक सुन्दरता, र स्थानीय परम्पराप्रति गहिरो प्रेम व्यक्त गर्दै नेपाललाई ‘दोस्रो घर’को रूपमा लिनुभएको छ । केही वर्षयता खासगरी तराई÷मधेसमा मनाइने छठ पर्वका बारेमा विशेष अभिरुची राख्न थाल्नुभएका एरिक यसलाई नेपालको अर्को विशिष्ठ पर्वको रुपमा अथ्र्याउनुहुन्छ ।  यहाँका सांस्कृतिक मूल्य र सरल जीवनशैलीबाट सधैँ प्रेरित भएका बताउनुहुने निर्देशक भ्यालीले पछिल्लो समय वातावरणीय संरक्षण, ग्रामीण पर्यटन र सामुदायिक विकासका क्षेत्रमा पनि सक्रियता देखाउँदै आउनुभएको छ । यसै सन्दर्भमा उहाँ नेपाल आउनुभएको समय पारेर उहाँसँग राससको श्रव्यदृश्य स्टुडियोमा रासस समाचारदाताद्वय भीष्मराज ओझा र सिर्जना राईले गर्नुभएको कुराकानी ः

 

तपाइँ लामो समयदेखि नेपाली संस्कृति, समाज र जीवनशैलीसँग साक्षात्कार हुनुहुन्छ ।  नेपालसँग तपाईको सम्बन्ध कहाँबाट कसरी सुरु भयो ? यति लामो समय तपाईलाई नेपालको के विषय ले जोडिरहेको छ होला ?नेपाल मेरो ‘लभ एट फ्रस्ट साइट’ हो । एक शब्दमा भन्दा, प्रेम । पहिलोपटक म सन् १९७३ मा नेपाल आएको थिएँ ।  बनारसी बाटो हुँदै आएको याद छ । हाइकिङ गरेर, ठूलो टाटा ट्रकको छतमा बसेर आएको थिएँ । पहिलोपटक नेपाल भित्रिदै गर्दाको अनुभव म सायदै बिर्सिन सक्छु ।

 

 

यहाँका आर्कषक पाखोबारी, चिटिक्क आकारका रातो र सेतै लिपिएका घरहरु र ती घरहरु पछाडि देखिने अद्भूत हिमालहरुको दृश्यले मेरो मुटुको ढुकढुकी बढेको थियो । झण्डै ५० वर्षअघि यहाँको भूगोल र जीवनशैलीको दृश्यले मेरो ‘लभ एट फ्रस्ट साइट’ बन्यो नेपाल ।  म फ्रान्सेली नागरिक हुँ । मेरो देश पनि राम्रो छ । धेरै वर्ष फ्रान्सको पट्यारलाग्दो बसाईपछि नेपालसँगको अनुभव मेरा लागि अदभूत बन्न पुग्यो । नेपालको यात्राका क्रममा अप्ठ्यारा र अनौठा लाग्ने बाटाहरु नै रोचक अनुभूतिको सुरुआत बन्यो । नेपाल आइसकेपछि यहाँको संस्कृति मेरा लागि नयाँ संस्कृतिको खानीजस्तो भयो । यो देशसँगको प्रेमानुभुूति सधैँ रहिरहनेछ । म अहिले ७३ वर्षको उमेरमा छु । विगतलाई फर्केर हेर्दा यहाँको सबै कुराले मलाई प्रेममा पारिरहेको छ । तपाईको फिल्म ‘क्याराभान’ छायाङ्कन गरिएको डोल्पो, त्यहाँका समुदाय र संस्कृतिसँगको पहिलो भेटलाई कसरी स्मरण गर्नुहुन्छ ?
 

डोल्पो मेरो लागि अर्को सुन्दर प्रेम कथा हो । सन् १९८१ तिर म पहिलोपटक डोल्पा पुगेको थिएँ । जतिबेला नेपाल सरकारले मलाई प्रवेश दिएको थिएन । किनकी विदेशीका लागि डोल्पा निषेधित जस्तो थियो । म डोल्पा पुग्ने बित्तिकै मैले जिन्दगीको अविष्मरणीय सांस्कृतिक झट्का (कल्चरल सक) महसुस गरेँ किनभने त्यो समयको डोल्पो बाहिरी दुनियासँग अभ्यस्त थिएन, ‘अनट्च्ड’ थियो भनौं । मलाई त्यो विषय चाखलाग्दो बन्यो ।  मलाई नेपाल मन पर्नुको कारण डोल्पाको विशेष संस्कृति पनि हो । मेरो साथी थिन्ले (क्याराभानः हिमालय चलचित्रका मुख्य पात्र) को घरमा धेरै समय बसे, उनीसँग डोल्पा घुम्ने र बुझने काम भयो । उनैको प्रस्तावमा मैले फिल्म बनाएको हुँ ।

 

मैले उनलाई चलचित्रहरु देखाएको थिएँ, उनले मलाई “डोल्पो संस्कृतिको पुस्तक मात्र, चलचित्र किन नबनाउने ?” भन्ने सुझाव दिए । त्यसपछि मलाई रोचक लागेको डोल्पोसँगै थिन्लेको जीवनशैली, कथा, संस्कृति र संघर्षबारे गहन अध्ययन गरेर ‘क्याराभानः हिमालय’ निर्माण सुरु ग¥याँै । डोल्पावासीहरुको जीवनशैली प्रकृतिसँग निकट र निर्भर थियो । ढुङ्गाबाट बनाइएका घरमा बस्ने उनीहरु आफैँले बुनेका कपडा प्रयोग गर्दथे । सुन्दर डोल्पाका बासिन्दाहरुको जीवनशैली कठिनाइपूर्ण थियो तर उनीहरु निकै बहादुर र परिश्रमी थिए । साँच्चैभन्दा नेपाल कला, संस्कृति, भाषा, संस्कार र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ ।

 

नेपालको हरेक नयाँ ठाउँमा पुग्दा अध्ययनका लागि अझ धेरै बाँकीजस्तो छ । धेरै खोज अनुसन्धान गर्न सकिने ठाउँ हो, नेपाल । डोल्पोको अध्ययन गर्न चाखलाग्दो ठाँउ थियो । जहाँ मैले फिल्म बनाउने क्रममा सहकर्मी मात्र नभई साथीको रुपमा सम्बन्ध विकास गरेँ । म अझै पनि उनीहरुसँग सम्पर्कमा छु ।
 

एउटा प्रसङ्ग सुनाइहालौँ । उत्तर डोल्पामा यात्राका क्रममा मेरो जुत्ता च्यातियो । नयाँ जुत्ता बनाउन जुत्ता बनाउने स्थानीयसँग आग्रह गरेँ । याकको छालाबाट बन्ने जुत्ताको साइज र शुल्कलाई लिएर उनीसँगको संवाद मलाई अझै पनि रमाइलो लाग्छ । उनले भनेँ, “यति ठूलो जुत्ता अहिलेसम्म बनाएको छैन तर बनाउन सक्छु ।” मैले शुल्क सोधेपछि उनले भने, “चालिस पाथी पिठो दिनुहोस् ।” मैले उनलाई आफूसँग पिठो नभएकाले पैसा दिने प्रस्ताव गरेँ । उनले भनेका थिए, “तिम्रो पैसाले केही गर्न सक्दिन, मलाई पिठो देउ ।” अन्ततः मैले पिठो किनेर उनलाई दिएपछि मात्र जुत्ता बन्यो । हो, त्यो समय भिन्न थियो । र म त्यो पुरानो डोल्पासँग अत्यधिक प्रेममा थिएँ । त्यो समयको डोल्पो चुनौतीपूर्ण पनि थियो । बिरामी भए सहज उपचार पाउन सकिने अवस्था थिएन । जीवनशैली सहज थिएन । म फेरि पनि भन्छु, उनीहरु बहादुर मात्र थिएनन्, बलियो आत्मसम्मानसहित बाँच्दथे । यो पचास वर्षअघि र पछिको डोल्पोमा के भिन्नता देख्नुभएको छ ?

 

 

पचास वर्षपछिको डोल्पोमा धेरै कुरा बिलाएर गएको छ । सडक पुगेपछि डोल्पो फेरिएको छ । मैले ५० वर्षअघि चिनेको डोल्पो र अहिलेको डोल्पोमा धेरै भिन्नता छ । चेप्टो छानो छाएका घरहरु देखिने डोल्पो सुक्खाजस्तो थियो । विश्वव्यापी मौसम परिवर्तनले होला, अहिले वर्षा हुने रहेछ । लोपोन्मुख, मौलिक र चाखलाग्दो भौतिक संरचना र वास्तुकला अब प्रयोगमा छैनन् । जलवायु परिवर्तनको असरजस्तो देखिन्छ । पछिल्लो समय नेपाली युवायुवतीहरुले विदेशिने क्रम बढेसँगै त्यसको प्रभाव डोल्पोमा पनि देखेँ । गउँहरु रित्तिएका छन् । गाउँमा वृद्धहरु मात्र छन् । जलवायु परिवर्तनको प्रभाव त छ, त्यो भन्दा धेरै रोजगारीको खोजीमा युवाहरु विदेश पलायन मुख्य समस्याका रुपमा देखेको छु । ऊर्जाशील जनशक्ति नै बाहिर गएपछि नेपालको विकास कसरी हुन्छ होला ! यसतर्फ गम्भीर भएर यहाँको सरकारले सोच्नु आवश्यक छ ।

विदेशी निर्देशकका रुपमा तपाईलाई आफनोे फिल्ममा नेपाली संस्कृतिलाई जिम्मेवारीपूर्वक प्रस्तुत गर्न कति सहज थियो ?म पेसाले सिकर्मी हो, फिल्म मेरो रुचि थियो । विदेशी निर्देशकका रुपमा मैले यहाँ अलिक बढी दुःख गरेँ । म आफनो कामसँग मात्र हैन, यहाँको संस्कृति र समुदायसँग पनि उतिकै इमान्दार छु ।  यो देश र संस्कृतिसँगको प्रेमले फिल्म बनाउन सहयोग पुग्यो । फिल्म बनाउनुपर्छ भने हामीले विषयवस्तुको बारे थाहा पाउनुपर्छ । फिल्म खिच्नुअघि नै गहन अध्ययन आवश्यक छ । राम्रो स्क्रिप्ट लेख्नुपर्छ । हिमालय, क्याराभानको स्क्रिप्ट लेख्नका लागि मात्र पनि तीन वर्ष अध्ययन गरेका थियौँ । गहन अध्ययनले आफनो कथा, पात्रप्रतिको बुझाइ बढ्छ र आफैँ बाटो खुल्छ ।
 

 

साथी थिन्लेले भनेको अझै पनि स्मरण छ, “हाम्रो संस्कृति पनि हिऊँ जस्तो बिलाउँदैछ”, मैले जवाफमा भनेको थिएँ, “फ्रान्समा पनि मेरो संस्कृति बिलाउँदैछ ।” अहिले त अझ विश्वव्यापीकरणले सबै कुरा परिवर्तन हुँदैछ । हरेक संस्कृतिमा यस्ता विशेषता हुन्छन्, जसलाई संरक्षण गर्नैपर्छ, अभिलेखीकरणको आवश्यकता छ । किताब लेखेर होस् वा फिल्म निर्माण गरेर, त्यसलाई बचाइरहनुपर्छ । डोल्पोको कथा लेख्दै गर्दा त्यो फिल्म विश्वकै अन्तिम क्याराभान बन्न पुग्यो । वास्तवमै त्यो ठूलो दायित्व थियो । बहुत चुनौती र जटिलता थियो । नेपाली निर्देशकद्वारा निर्देशित नेपाली फिल्महरु विश्व समुदायमा पु¥याउनका लागि तपाईकोे सुझाव के छ ? नवनिर्देशकहरुले ध्यान दिनुपर्ने विषयहरु के हुन् ?

 

हिमालय क्याराभानको स्क्रिप्ट लेख्दै गर्दा म नेपाली संस्कृतिलाई झल्काउनुपर्नेमा पूर्ण सचेत थिएँ । तर त्यसलाई विश्वव्यापी बनाउन, अन्तरराष्ट्रिय दर्शकसम्म कसरी पुर्याउने भन्नेमा पनि उतिकै सचेत थिए । मैले ‘युनिर्भसल’ कथा नै निकाल्नुपर्ने थियो । संस्कृति मात्र देखाउने हो भने त्यसलाई बुझ्ने दर्शकमा सिमितता हुन्छ । क्याराभानको कथा नै एउटा वृद्ध र युवाबीच (जेनेरेसन कन्फ्लिक्ट)  पुस्तागत द्वन्द्व र सङ्घर्षमा आधारित हो । त्यसैले फिल्ममा नेतृत्वका लागि दुई पुस्ताबीचको सङ्घर्ष देखाइएको छ, जुन संसारका सबै दर्शकले बुझने र आकर्षित गर्ने कुरा हो । क्याराभान निर्माण सानो मेहनतले सम्भब भएको हैन । समुदायबाटै  पात्र छनोट  काम पनि महत्वपुर्ण थियो । ज्याक पेरिन उत्कृष्ट प्रोड्युसर हुन । यसको स्क्रिप्ट तयार गर्न झण्डै तीन वर्ष लागेको थियो ।
हो, लोकल कथालाई अन्तरराष्ट्रिय दर्शकसम्म पु¥याउनका लागि कथा ‘युनिर्भसल’ बन्नैपर्छ साथमा बलियो टिमको आवश्यकता पदर्छ । क्याराभान यति सफल बन्ला भन्ने कसैले कल्पना गरेका थिएनन होला । म स्वयंलाई ओस्कारमा पुग्ला भन्ने थाहा थिएन । मैले मिहेनत गरेँ, मिहेनतले त्यहासँम्म पु¥यायो । पर्याप्त लगानी र समय दिएर बनाएको फिल्म सफल हुन्छ भन्ने हामी भन्न किटान गर्न सक्दैनाँै । ‘हनि हन्टर्स’ पनि न्यासनल जियोग्राफीमा सबैभन्दा बढी रुचाइएकामध्ये एक  कथा थियो । किनभने त्यो मात्र नेपाली कथा मात्र नभई युनिभर्सल कथा थियो । तपाईका फिल्मले नेपाल र नेपाली संस्कृतिप्रति विश्वमा हेर्न दृष्टिकोणमा कस्तो प्रभाव पा¥यो होला जस्तो लाग्दछ ? पर्यटन विकासमा टेवा पु¥याउन केही सुझाव छ ?

मलाई मेरा फिल्महरुले पक्कै पनि नेपालप्रति विश्वको ध्यान खिच्न सफल भयो भन्ने मेरो बुझाइ छ ।  र, मलाई लाग्दछ कि नेपालका पर्यटन, सांस्कृतिक चासो र संरक्षणको प्रयास पनि बढ्न थालेको छ । नेपाललाई पर्यटकीय गन्तव्य बनाउन धेरैभन्दा धेरै प्रचारप्रसार आवश्यक छ । मैले आफैँले पनि नेपाली संस्कृति विश्व समुदायसम्म पुर्याउन, प्रचार प्रसारको काम गरे । प्रचारप्रसारका लागि अन्तरराष्ट्रिय स्तरमा सम्बन्ध भएकाहरुसँग काम गर्नुपर्छ, जुन निकै महङ्गो हुन्छ । । नेपाली फिल्म बनाउँदै गर्दा त्यसको प्रवद्र्धनका लागि मलाई नेपाल सरकारबाट हुनसक्ने सहयोग पनि प्राप्त भएन । क्याराभानः हिमालय चलचित्र ओस्कार अवार्डमा पुग्यो । हनी हन्टर्स नेसनल जियोग्राफीको कभर भयो । यो देशप्रतिको प्रेम, सदभाव र सत्कर्मका बाबजुत उल्टो मैले नेपाल सरकारबाट प्रवेषाज्ञा प्राप्तिमा पटकपटक समस्या खेप्दै आएको छु । प्रवेषाज्ञा पाउन बहुतै समस्या झेल्दै आएको छु । तर पनि नेपालीहरुको माया लाग्छ । नेपालको माया लाग्छ । मेरो कामले नेपाल र नेपालीका पक्षमा सधैँ सकारात्मक प्रभाव पर्ने विश्वास छ ।राष्ट्रिय समाचार समिति (रासस)
–––

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अनधिकृत संरचना हटाइँदै

गण्डकी,  पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी विभिन्न सङ्घसंस्थाले बनाएका अनधिकृत भवनमा महानगरले आज डोजर चलाएको छ । हङ्कङ बजारको पूर्वपट्टी रहेका नेपाल ट्रेड युनियन कांग्रेस, जिफन्ड गण्डकी, सामुदायिक प्रहरी, सहारा क्लब, हिमाली सांस्कृतिक परिवारको भवन, सार्वजनिक शौचालयलगायतका संरचना हटाउन सुरु गरिएको...

पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घट्यो

काठमाडौँ,  नेपाल भ्रमणमा आएका पर्यटकको औसत दैनिक खर्च १९ प्रतिशतले घटेको छ । सरकारद्वारा हालै सार्वजनिक गरिएको आर्थिक सर्वेक्षणले पर्यटक भित्रिए पनि खर्च भने घटेको देखाएको हो ।नेपाल पर्यटन व्यवसायी सङ्घका अध्यक्ष कुमारमणि थपलियाले पर्यटकले खर्च नगर्ने हो भने पर्यटनबाट मुलुक समृद्धिको लक्ष्य हासिल...

ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ५५ सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २२ लाख ११ हजार ५०२ राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेको ८३, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १९२,  सङ्केत बत्ती...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

नेपालमा ‘क्यान्सर’को औषधिमा प्रयोग गरिने कच्चा पदार्थ उत्पादन : निर्यात समेत थालनी

चितवन, जायोडिन बायोटेक उद्योगले क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन सुरुआत गरेको छ । भरतपुर महानगरपालिका–१६ शरणपुरस्थित सो उद्योगले नेपाली जडीबुटी प्रशोधन गरेर क्यान्सरको औषधि बनाउने कच्चा पदार्थ उत्पादन गरी भारत निर्यात समेत गर्न थालनी गरेको हो ।       उद्योगका अध्यक्ष जीनारायणबहादुर क्षेत्रीले सो जानकारी दिँदै...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

स्वास्थ्य शिविरबाट छ सय जना लाभान्वित

म्याग्दी, जिल्लाको मालिका गाउँपालिका–६ दरवाङमा बुधबार सम्पन्न स्त्रीरोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरबाट छ सय जनाभन्दा बढी लाभान्वित भएका छन् ।‘मातृत्व जोगाउने अभियानअन्र्तगत’ विराट क्यान्सर अस्पताल र विराट मेडिकल कलेजको सहयोगमा दुई दिनसम्म सञ्चालन भएको शिविरमा ६१४ जनाले सेवा लिएका आयोजक ‘कल्प इमपावर उमेन नेपाल’ले जनाएको...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९