बिहिबार, मंसिर २०, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको अवसरमा प्रधानमन्त्रीको शुभकामना

काठमाडौँर प्रधानमन्त्री केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेशमा विशेष रुपमा मनाइने गौरा पर्वको अवसरमा शुभकामना दिनुभएको छ ।
गौरा पर्व सुदूरपश्चिम प्रदेशको विशिष्ट साँस्कृतिक पर्व भएको उल्लेख गर्नुहँदै प्रधानमन्त्रीले सन्देशमान प्राचीन कालदेखि नै मनाइँदै आएको गौरा पर्वले पारिवार र समुदायको जीवनमा परस्पर एकता र विश्वास विस्तार गर्दै आएको बताउनुभएको छ ।

साँस्कृतिक विविधतायुक्त हाम्रो देशमा यस्ता पर्वहरु परस्पर एकताको प्रतीक रहँदै आएको र महिलालाई जन्म स्रोतकी देवीका रुपमा पूजन गर्ने हाम्रो सँस्कृतिमा स्थान अनुसार विभिन्न नामबाट तिनको सम्मान गर्ने विशिष्ट परम्पराको एक आयाम गौरा पर्व भएको प्रधानमन्त्रीले सन्देशमा उल्लेख गर्नुभएको छ ।

हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसाँस्कृतिक र बहुधार्मिक विशेषतायुक्त रहेको भन्दै प्रधानमन्त्री ओलीले विविधता बीचको एकता र सामाजिक सहिष्णुता हाम्रो मौलिक विशेषता रहेकोले यस विशेषतालाई थप अनुशरण गर्दै मुलुकको विकास र समृद्धि तर्फ अग्रसर हुन आह्वान गर्नुभएको छ ।

विश्वब्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रतिकूल अवस्थामा गौरा लगायतका चाडपर्वहरु सुरक्षित तवरमा मनाउन विशेष ध्यान प्रधानमन्त्री ओलीले आह्वान गर्नुभएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation