Baigyanik Media

Advertisment

SKIP THIS

सेती लोकमार्ग निर्माणमा ढिला सुस्ती/सरकारलाई दबाव दिन बर्दगोरियामा खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता हुने

कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ खैरेनीमा राष्ट्रको शान खेलकुद बिकासको अभियान भन्ने मुल नाराका साथ साईनिङ्ग स्टार युवा क्लबको आयोजनामा चौथो खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिता हुन भएको छ ।

प्रत्येक बर्ष झै यो बर्ष पनि फागु पुर्णिमा होलि पर्बको अबसर पारी यहि चैत्र १४ गते देखी १७ गते सम्म प्रतियोगिता गर्न लागेको आयोजकले शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।बर्षौ देखी निर्माण ओझेलमा परेको सेती लोकमार्ग निर्माणका लागी दबाव दिने,भलिबल प्रतियोगिताको माध्यमद्धारा युवा तथा खेलकुदको विकास,समाज तथा देशका लागि क्षमतावान्, उत्कृष्ट खेलाडी उत्पादन,खेलको माध्यमबाट युवाहरुबीच आपसी सद्भाव, एकता र बन्धुत्वको भावना जागृत गराउने र स्थानीय क्षेत्रमा खेलकुद प्रति नागरिकको आकर्षण बढाउने मुल उदेश्य सहित प्रतियोगिताको आयोजना गर्न लागेको साईनिङ् स्टार युवा क्लबका अध्यक्ष भेषराज जैसीले बताएका छन ।

प्रतियोगितामा देश भरका लगभग २५ वटा टिमको सहभागिता रहने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । खुल्ला राष्ट्रब्यापी भलिबल प्रतियोगिताको प्रथम हुने टिमले नगद रु ८१ हजार पाउने छ भने द्धितिय हुनेले रु ४५ हजार र तृतीयले रु २१ हजार ट्रफि मेडल प्रमाण पत्र प्राप्त गर्ने छ ।

यस्तै प्रतियोगिताको उत्कृष्ट बिधा तर्फ वेस्टस्पाईकर ,वेस्ट सर्भर,वेस्ट ब्लकर,बेस्ट सटर,बेस्ट लिव्रो लाई नगद रु २ हजार,बेस्ट प्लेयरलाई ३ हजार नगद,१ थान टि–सर्ट र अनुशासित टिमलाइ मायाको चिनो प्रदान गरिने साईनिङ्ग स्टार युवा क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिएकका छन ।

प्रतियोगिताको सञ्चालनका स्थानीय तहको सरकार, प्रदेश सरकार, संघ संस्था, उद्योगपति, व्यापारी र समाजसेवी वाट सहयोग संकलन गरी व्यवस्थापन गर्ने अध्यक्ष जैसीले जानकारी दिए । क्लबले खेलकुद मात्र नभई सामाजीक उत्तरदायित्वका कार्य जस्तै निःशुल्क दन्त शिविर,बन क्षेत्रको चोरी निकासी तथा आगालागी नियन्त्रण,बाढीपिडितहरुमा राहात सामाग्री बितरण,गाउँक्षेत्रमा सरसफाई लगाएतका गर्दै आएको छ ।

प्रतियोगितामा भाग दिने टीमले चैत्र १३ गते साझ ५ बजे सम्म नाम दर्ता गराउन सक्ने र दर्ता दस्तुर रु ३ हजार ५ सय निर्धारण गरिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation