भारतकी राईको नेपाली नागरिकता प्रकरण : एक वर्ष पुग्दासम्म दाेषीलाई भएन कारबाही

बारा, १५ वैशाख । बाराको निजगढ नगरपालिकाबाट गैरनेपालीलाई नागरिकता दिन प्रसाशनदेखि जनप्रतिनिधिसम्मको मिलोमतो भएको पाइएको छ । जस कारण गैरनेपालीलाई नागरिकता दिने दोषीमाथि कारबाही गर्न प्रसाशन नै मौन देखिएको छ । निजगढ नगरपालिका–१२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा गैरनेपालीले नागरिकता पाएको करिब एक वर्ष पुग्दासमेत जिल्ला प्रशासन कार्यालय बाराले कारबाही गरेको छैन, प्रसाशनले निजगढ नगरपालिका–१२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले र सर्जमिन गर्ने प्रहरीलाई समेत बचाउने गरी गृहमन्त्रालयमा पत्रचार गरेको खुलेको हो । निजगढ नगरपालिका १२ वडा कार्यालयले दिएको सिफारिसको आधारमा भारतको कालिङ्गपोङ्ग घर भएकी वर्ष २१ कि रजनी राईलाई इलाका प्रशासन कार्यालय सिमराले गत साउन १ गते नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराएको हो । उनले ना. प्र. नं. ३३–२–७९–००५१३ को नागरिकताको प्रमाणपत्र लिएकी थिइन । वडा अध्यक्ष गोले र वडा अध्यक्षका आफन्त पर्ने तथा उनकै पार्टी नेपाली कांग्रेसका वडा सभापति समेत रहेका श्यामराज गोलेको मिलोमतोमा उनको नागरिता बनाइएको स्रोतको दाबी छ ।

 

वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत जेठ २४ गते सिफारिस पठाएको थियो । यसअघि वडा कार्यालयले जेठ २३ गते युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो । तर, यसबीचमा प्रहरी, प्रशासन र जनप्रतिनिधिले कालिङपोङ घर भएकी रजनी राईको घर पुगेर उनको सक्कली नागरितासमेत नेपाल ल्याएका छन् भने नेपाली राहदानी लिएर राई भने अमेरिका पुगिसकेको बताइएको छ । वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालय सिमराले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भए पनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको छ । इलाका प्रहरी कार्यालय निजगढका अनुसार वडा कार्यलयको सिफारिसपछि प्रशासन कार्यालयले सर्जमिनको लागि इलाका प्रहरी कार्यालय निजगढमा पत्र पठाएको भए पनि सो पत्र इलाका प्रहरी कार्यालयमा दर्ता नगरी सिधै मातहतको अस्थायी प्रहरी चौकी रतनपुरीमा पुगेको र चौकीबाट नै सर्जमिन गरिएको पनि खुलेको र प्रहरी चौकीको क्षेत्रमा पर्ने भएको हुँदा उसैले सर्जमिन गर्नुपर्ने भए पनि यस कार्यालयलाई जानकारी नै नदिइ पत्र आएको तथा चौकीमार्फत नै कागजपत्र तयार पारेर लगिएको थियो । कार्यालयको नाममा आएको पत्र सिधै अस्थायी प्रहरी चौकीमा पुगेको रहेछ उतैबाट कागजपत्र बनाएर नागरिकता बनाएको देखियो ।

 

तर, इलाका प्रहरी कार्यालय निजगढले कार्यालयलाई जानकारी नभई मातहतको अस्थायी प्रहरी चौकीमा पत्र पुगेको भनिए पनि पत्याउन नसकिने स्थानिएको भनाई छ । प्रहरीले सर्जमिन गर्ने प्रहरीको सरुवा गरेको छ, तर नाम भने बताएको छैन । तत्कालीन इलाका प्रशासन कार्यालय सिमराका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालको समेत यस बीचमा सरुवा गरिएको छ । तत्कालीन प्रमुख अर्यालका अनुसार वडा कार्यालयबाट आएको सिफारिसको आधारमा रजनीलाई नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको बताए । दोषीमाथि कारबाहीको माग गर्दै स्थानीय युवाहरूले पटक पटक इलाका प्रशासन कार्यालय सिमरालाई अनुरोध गर्दै उजुरीसमेत गरेका थिए । तर, प्रशासन र प्रहरीको मिलेमत्तेमा उजुरीमाथि कारबाही भएको छैन । बरु यसलाई सामसुम गर्न प्रशासन तस्पर देखिन्छ । जिल्ला प्रशासन कार्यालय बाराका एक अधिकृतले भने हाललाई यो विषयमा कुनै पनि कामकारबाही नगर्नु भन्ने आदेश गृह मन्त्रालयको छ र यसबीचमा प्रसाशन कार्यलयले आफूले गर्ने अध्ययन नै नगरी बचाउन गृहमा सिफारिस भएको थियो । गृहबाट नै थेग्नै नसक्ने दबाब आएपछि यो विषयमा कुनै कारबाही हुन सकेको छैन । हिले प्रशासनले नै कारबाही नगरी उटै मिलाउने काम गरेको थाहा हुन आएको हो । गैरनेपालीलाई नागरिकता दिनेलाई कारबाही नहुनु दुखद् हो । हामी कर्मचारी बाध्य छौँ । गैरनेपालीलाई नागरिकता दिनेलाई कारबाही नगर्न गृहले नै दबाब दिएपछि हामी कर्मचारी बाध्य छौँ ।  यता हामिलाई राजनीतिक दबाबसमेत बढी आएको कारण यो विषयमा कार्यालय मौन जस्तै छ । यस्तै अख्तियार दुरूपयोग अनुसन्धान आयोगले समेत यस विषयको सत्यतथ्य र फाईल पटक पटक जिल्ला प्रशासन कार्यालय बारासंग माग गरेको भएतापनि प्रशासन कार्यालय बाराले उपलव्ध गराएको छैन ।

 

प्रशासन र जनप्रतिनिधिको मिलेमतो तथा आर्थिक प्रलोभनमा परेर गैरनेपालीलाई नागरिकता दिएको स्थानीयको आरोप  छ । रजनीले वडा कार्यालयले स्थानीय श्यामराज गोले (बाबु) र जिरामाया गोले (आमा) कि छोरी भन्दै राईको वडा कार्यालयले २३ जेठमा युवतीको जन्मदर्ताको प्रमाणपत्र तयार पारेको थियो भने नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध गराउन इलाका प्रशासन कार्यालय सिमरामा गत २४ जेठमा सिफारिस पठाएको थियो । रजनीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको भेलिपल्ट नै काठमाडौंबाट राहदानीसमेत बनाएर लिएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी निरीक्षक सञ्जिव ओलीले नक्कली आमाबुबा बन्नेहरू हाल फरार रहेको र खोजीकार्य भइरहेको बताए । वडा कार्यालयको सिफारिसमा सिमरास्थित इलाका प्रशासन कार्यालयले भारत दार्जिलिङ घर भएकी २१ वर्षीया रजनी राईलाई गत १ असारमा ३३–०२–७९–००५१३ नम्बरको नेपाली नागरिकता प्रदान गरेको थियो । नागरिकता प्राप्त गर्न रजनी हाल फरार रहेकी छिन् । वडा अध्यक्ष ज्ञानबहादुर गोलेले नागरिकताको लागि गत २४ जेठमा सिफारिस गरेका थिए । वडा अध्यक्ष गोलेले आर्थिक प्रलोभनमा परेर दार्जिलिङमा रहका आफ्ना नातेदारहरुमार्फत राईलाई नेपाली नागरिकताको प्रमाणपत्र बनाउन सहयोग गरेको आरोप लागेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९