आइतवार, जेष्ठ ६, २०८१

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौँ । नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको प्लेयर अफ द सिरिज बनेका छन् ।कप्तान रोहितले यस सिरिजमा सर्बाधिक २६५ रन बनाएका थिए । जसमा एक शतक र २ अर्धशतक बनाएका थिए ।त्यस्तै यस सिरिजमा दोस्रो धेरै रन बनाएका वेस्ट इन्डिज ए का जोन्सन चार्लेज सिरिजको बेस्ट ब्याट्सम्यान बनेका छन् भने ८ विकेट लिएका वेस्ट इन्डिज ए का ओबेड म्याककोय सिरिजको बेस्ट बलर बनेका छन् ।५ खेलको सिरिज वेस्ट इन्डिज ए ले ३-२ ले जितेको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation