कैलाली, नेपाली काङ्ग्रेस सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले सरस्वती खड्कालाई प्रमुख सचेतकमा मनोनयन गरेको छ ।नेपाली कांग्रेस संसदीय दलका नेता तथा मुख्यमन्त्री कमलबहादुर शाहले दलको विधान, २०७४ को दफा ११ को उपदफा (१) तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ (संशोधनसहित) को दफा २६ को उपदफा (२) बमोजिम खड्कालाई उक्त जिम्मेवारीमा मनोनयन गर्नुभएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।प्रमुख सचेतक विक्रमसिंह धामीले पदबाट राजिनामा दिएसँगै खड्कालाई नियुक्ति गरिएको हो ।राष्ट्रिय समाचार समिति (रासस)
























































































































































