शुक्रबार, अशोज १८, २०८१

Baigyanik Media

Advertisment

SKIP THIS

जनकपुर उपमहानगरका वडा अध्यक्ष र सचिवविरुद्ध मुद्धा दायर

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरपालिकाको वडा नम्बर २४ का वडा अध्यक्ष उपेन्द्र सहनी र वडा सचिव उपेन्द्र साहु तेलीविरुद्ध घुस लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले सहनी र तेलीले घर बाटो प्रमाणित गरिदिनको लागि सेवाग्राहीसँग ४ लाख ५० हजार घुस रकम लिएको अवस्थामा पक्राउ गरेको थियो ।अख्तियारले सहनी र तेलीसहित विजय मण्डलले घुस रकम लिएको प्रमाणित भएकोले मुख्य आरोपी बनाउदै विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरेको जानकारी दिएको छ ।

यो पोस्ट हेरेर/पढेर तपाईलाई कस्तो लाग्यो ?

© २०७८/२०७९ वैज्ञानिक मिडिया सर्वाधिकार सुरक्षित. Site By : Himal Creation