काठमाडौँ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य मिङमा डेभिड शेर्पाले सङ्घीय संसद्को ‘लोगो’ सहित सगरमाथा आरोहरण गर्नुभएको छ ।उहाँले बुधबार बिहान ५ः४० मा सगरमाथाको आरोहरण गर्नुभएको जनाइएको छ ।सांसद शेर्पाले ‘बेसक्याप’ फर्किएपछि बुधबार साँझ आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत नवौँ दिनमा सगरमाथाको सफल आरोहण गरेको पोष्ट गर्नुभएको थियो । ‘सदनदेखि शिखरसम्म’ भन्ने नाराका साथ सांसद शेर्पा सगरमाथा आरोहण गर्नुभएको थियो । उहाँले आफ्नो सगरमाथा आरोहरणमा सहयोग पु¥याउनुहुने सभामुख डोलप्रसाद अर्याल सहित सबैमा आभार व्यक्त गर्नुभएको छ ।राष्ट्रिय समाचार समिति (रासस)






















































































































































