विश्व शिक्षा दिवस र नेपालको उच्च शिक्षा

नेपालको उच्च शिक्षामा पहुँच क्रमश: बढ्दै गएको छ। उमेर समूह ७५ भन्दामाथि पुग्दा पनि अध्ययन गर्नेको संख्या १६,१९० कायम छ। जसमा महिलाको  संख्या जम्मा २,२५१ ( जम्मा १६ प्रतिशत) रहेको छ। यसरी महिला र पुरुषबीच विभेद भने कायम छ।

– प्रकाश रेग्मी

नेपालमा प्रत्येक वर्ष असोज २ गते शिक्षा दिवस मनाउने गरिन्छ। तर, यो लेखको सन्दर्भ अन्तर्राष्ट्रिय शिक्षा दिवससँग सम्बन्धित छ जुन, हरेक वर्ष जनवरी २४ मा मनाउने गरिन्छ। यस वर्षको नेपाली पात्रो अनुसार अन्तर्राष्ट्रिय शिक्षा दिवस माघ ११ गते  परेको छ। यस पटक युनेस्कोले सन् २०२५ को अन्तर्राष्ट्रिय शिक्षा दिवस को नारा ‘आर्टिफिसियल इन्टेलिजेन्स’लाई प्रदान गरेको छ भने नेपाल सरकारले उक्त दिवसको नारा ‘ज्ञान, विज्ञान, सीप, उद्यम र रचनात्मकता: साझेदारी र प्रणालीगत क्षमता’लाई गरेको छ। युनेस्को भनेको, संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक र सांस्कृतिक संगठन हो, यसले शिक्षा, विज्ञान, संस्कृति, सञ्चार र सूचनामा अन्तर्राष्ट्रिय सहयोग प्रवर्द्धनमा योगदान पुर्‍याउँछ।

 

सामान्यतया: शिक्षा दिवसमा नेपालमा शिक्षासँग समन्धित जनहरू मिलेर शिक्षाको गुणस्तरमा सुधारको लागि के कस्ता सुधारका कामहरू गर्न सकिन्छ भनी छलफलका कार्यक्रमहरू गर्ने गरिन्छ र साथै रैली, गोष्ठी, सेमिनार, वादविवाद कार्यक्रम, पुरस्कार वितरण र पोस्टर टाँस्नेजस्ता कार्यक्रमहरू पनि प्रचलनमा छन्। तर, यस वर्ष संसारको सबैभन्दा बढी विकसित मानिने अमेरिकाले भने यस दिन, देशभरका स्कुलहरूले अभिभावकहरूलाई कक्षाकोठामा आउन निम्तो दिने र त्रिकोणात्मक छलफल (अभिभावक शिक्षक र विद्यार्थी) गर्ने कुरा यहाँका सूचना माध्यामहरूमा देखिन्छन्। उक्त छलफलमा शिक्षकहरूले अभिभावकसँग प्रश्न गर्नेछन् कि उनीहरूका छोराछोरीमा के कस्तो परिवर्तन भइराखेको छ? अभिभावकले प्रश्नको उत्तर दिनेछन् र थप सुझाव राख्नेछन्।

 

संसारको अर्को विकसित देश बेलायत यस वर्ष सामान्यतया शिक्षाको महत्त्वबारे चेतना जगाउने उद्देश्यले विभिन्न गतिविधिहरू जसमा : शिक्षाका मुद्दाहरूमा बहस र प्रस्तुतिहरू, विपन्न विद्यार्थीहरूको लागि परोपकारी कोष संकलनजस्ता स्कुल कार्यक्रमहरू, शिक्षाको मूल्यलाई हाइलाइट गर्ने जनचेतना अभियानहरू र शैक्षिक चुनौतीहरू र यसका समाधानका उपायहरूबारे  छलफल गरी त्यसमा स्थानीय समुदायहरूलाई कसरी संलग्नता गर्ने कार्यक्रमसहित योजना निर्माण गर्ने कुरा उसका सञ्चार माध्यमहरूमा देख्न सकिन्छ।

 

राष्ट्रिय र अन्तर्राष्ट्रिय दिवसहरूमा विषयगत विषयहरूमा विवेचना गर्दा देशको मुहार झल्कने र समस्याका छिद्रहरू पनि पहिलाउन सहज हुने र सम्बन्धित निकायहरूलाई पनि जानकारी गराउन सहज चाँजो पर्ने हुँदा यस विवेचनाको केही प्रभाव होला भन्ने उद्देश्यले नेपालको उच्च शिक्षाबारे छोटो विवेचना गरिएको छ। नेपालको राष्ट्रिय तथ्यांक विभागले गरेको राष्ट्रिय जनगणना २०७८ को व्यक्तिगत तालिका अनुभाग टेबलहरू १९, २० र २१ को आधारमा देशको मुहारको विवेचना गरिएको छ। यस विवेचनालाई थप विशिष्टता दिनको लागि भर्खरै जारी भएको देशको संविधान बमोजिमका ७ प्रदेश अनुसारको स्थानीय भिन्नताहरू र शिक्षा मन्त्रालयमा महिला नेतृत्व भएको अवसरमा लैंगिक समानताको हिसाबले पनि विवेचना गर्न प्रयास गरिएको छ। किनकि, अझै पनि समाजमा लैंगिक विभेद उच्च छ भन्ने गरिन्छ र यो विवेचना १५ वर्ष उमेरमाथिका उमेर समूह (उच्च शिक्षा)को आधारमा गरिएको हो।

 

नेपालमा १५ वर्षदेखि ७५ वर्षसम्मका मानिसहरू उच्च शिक्षामा पहुँच राख्दछन् पनि भन्ने कुरा तथ्याङ्कले देखाउँछ। नेपालाको जनगणना २०७८ को तथ्याङ्कले शिक्षाको लागि उमेर बाधा होइन भन्ने कुरा स्पष्ट पारेको छ। देशको कुल जनसंख्या २,९१,६४,५७८ मध्ये २,०९,९८,४७९ अर्थात् ७२ प्रतिशत मानिसहरू यस उमेर समूहमा पर्दछन् र ती कुल ७२ प्रतिशत जनसंख्यामध्ये ३९,७२,६६४ (१९ प्रतिशत) मानिसहरू जनगणना गर्दाका बेला उच्च शिक्षाको पहुँचमा रहेको देखिन्छ। जसमा १८,४२,३०५ (४६ प्रतिशत) महिला र २१,३०,३५९ (५४ प्रतिशत) पुरुष छन्।

 

यसरी हेर्दा लैंगिक विभेदमा अन्तर भए पनि ठूलो अन्तर देखिँदैन। उमेर समूह १५ देखि १९ वर्ष समूहका जम्मा ४,१७,४९७ विद्यार्थी कलेजमा थिए। तर, उमेर समूह २० देखि २४ मा पुग्दा यसको संख्या बढेर ११,००,८२७ पुगेको छ। यसरी यो संख्या बढ्नुको कारण १५ देखि १९ वर्ष समूहका सबै विद्यार्थीको कलेज जान योग्यता पुगेको हुँदैन र त्यसपछि उमेर पुगेपछि कलेज जानेको संख्या बढ्दै जानाले यसो भएको हो। सुरूको कलेज जाने उमेर समूह (१५ देखि १९ वर्ष)मा विद्यार्थी संख्यामा महिलाको अनुपात बढी छ (महिला २,१९,८४६ अर्थात् ५२.६५ प्रतिशत र पुरुष १,९७,६५१ अर्थात ४७.३५ प्रतिशत) तर यो उमेरबाट माथि गएपछि क्रमस महिलाको अनुपात कम हुँदै गएको छ र उमेर समूह ७५ माथि पुग्दा महिला २,२५१ अर्थात् १६.१५ प्रतिसत मात्र देखिन्छ।

 

विषयगत हिसाबले हेर्दा केही भिन्नता देखिन्छ। यहाँ १० विभिन्न विषयलाई लिएर विवेचना गरिएको छ। ती १० विषयमा मानविकी, व्यवस्थापन, शिक्षा, विज्ञान, चिकित्सा, इन्जिनियरिङ, कानुन, कृषि, वन, पशु चिकित्सा र कम्प्युटर रहेका छन्। धेरै विद्यार्थी भएका विभागहरूमा क्रमश: व्यवस्थापन, शिक्षा र मानविकी हुन्। यी विषयहरूमा विद्यार्थीहरूको चाप बढी रहेको पाइन्छ।

 

यी विभिन्न विषयगत हिसाबले हेर्दा सबैभन्दा धेरै विद्यार्थी व्यवस्थापन विषयमा रहेको देखिन्छ। व्यवस्थापन विषयमा ७ लाख ८६ हजार पुरुष र ६ लाख ८ हजार महिला रहेका छन्। दोस्रो, धेरै विद्यार्थी भएको विषय शिक्षा हो, जहाँ पुरुषभन्दा महिलाको संख्या बढी छ। यस विषयमा ६ लाख ६६ हजार महिला छन् भने ५ लाख २४ हजार पुरुष विद्यार्थी रहेका छन्। मानविकी तेस्रो धेरै विद्यार्थी भएको विषय हो र यहाँ पनि पुरुष विद्यार्थीको नै अधिकता रहेको छ। विज्ञान र इन्जिनियरिङ विषयमा महिला र पुरुषको अनुपात अधिक विषम रहेको छ। तर, समाजले उच्च सम्मान गर्ने विषय चिकित्साशात्रमा भने महिलाको संख्या धेरै रहेको छ।

 

देशका सात प्रदेशमध्ये बागमती प्रदेशमा विद्यार्थी संख्या सबैभन्दा बढी छ। वि.सं. २०७८ को राष्ट्रिय जनगणनाको समयमा १५ वर्षभन्दा माथिका कुल ३९,७२,६६४ विद्यार्थी छन्। राष्ट्रिय जनगणनाको नतिजा अनुसार बागमती प्रदेशले मात्र कुल राष्ट्रिय विद्यार्थी संख्याको ३६ प्रतिशत हिस्सा ( जम्मा संख्या १४,२७,६७०) ओगटेको छ। बागमती प्रदेशमा पुरुष विद्यार्थी संख्या ७,५५,२७१ (५३ प्रतिशत) र महिला विद्यार्थी संख्या ६,७२,३९९ (४७ प्रतिशत) रहेका छन्। दोस्रो ठूलो विद्यार्थी संख्या बढी भएको प्रदेश कोशी हो, त्यहाँ ६,०९,५८१ (देशको कुल विद्यार्थी संख्याको १५ प्रतिशत) विद्यार्थी संख्या छन्। तेस्रो ठूलो विद्यार्थी संख्या बढी भएको प्रदेश लुम्बिनी प्रेदेश हो र त्यहाँ ५,५८,४९९ (देशको कुल विद्यार्थी संख्या को १४ प्रतिशत) विद्यार्थी संख्या छ।

 

यी तिनै ठूला प्रदेशमा महिलाभन्दा पुरुष धेरै छन्। मधेश प्रदेश चौथो ठूलो विद्यार्थी संख्या बढी भएको प्रदेश हो तर महिला र पुरुषबीच ठूलो विभेद देखिन्छ। त्यहाँ देशको झन्डै १३ प्रतिशत (५,०३,८५० विद्यार्थी संख्या) विद्यार्थी संख्या रहेकोमा जम्मा ३७ प्रतिशत महिला रहेका छन्। सबैभन्दा कम  विद्यार्थी संख्या भएको प्रदेश कर्णाली हो र त्यहाँ देशको कुल विद्यार्थी संख्याको ४.६ प्रतिशत (१,८३,३३३ विद्यार्थी संख्या) रहेका छन्। गण्डकी प्रदेश मात्र त्यस्तो प्रदेश हो, जहाँ महिला विद्यार्थी संख्याको ५०.१४ प्रतिशत अर्थात पुरुषको भन्दा बढी रहेको छ।

 

नेपालको उच्च शिक्षामा पहुँच क्रमश: बढ्दै गएको छ। उमेर समूह ७५ भन्दामाथि पुग्दा पनि अध्ययन गर्नेको संख्या १६,१९० कायम छ। जसमा महिलाको  संख्या जम्मा २,२५१ ( जम्मा १६ प्रतिशत) रहेको छ। यसरी महिला र पुरुषबीच विभेद भने कायम छ। व्यवस्थापन र मानविकीमा पुरुषको संख्या बढी छ भने शिक्षाशास्त्रमा र चिकित्सा विषयमा महिला बढी छन्। यसरी शिक्षाशास्त्रमा महिला बढी हुनुमा महिलाहरूमा शिक्षक पेशामा धेरै चाख हुनु र चिकित्सा विषयमा महिला बढी हुनुमा नर्सिङ पेशामा आकर्षण हुन्। देशको ७ वटा प्रदेशमधे बागमती प्रदेश सबैभन्दा बढी विद्यार्थी भएको प्रदेश हो।लामो समयदेखि केन्द्रीय शासन प्रणाली भएकोले सबै किसिमका सेवा-सुविधा काठमाडौं केन्द्रित हुनु यसको प्रमुख कारण हो। मदेश प्रदेश सबैभन्दा धेरै महिला र पुरुषबीच विभेद भएको प्रदेश बनेको छ। कर्णाली प्रदेश सबैभन्दा उच्च शिक्षामा पछाडि परेको छ। गण्डकी प्रदेश मात्र त्यस्तो प्रदेश देखिएको छ कि जहाँ पुरुषभन्दा महिलाको संख्या १,१०८ ले बढी देखिन्छ। यो प्रदेशमा पुरुष विद्यार्थी संख्या १,९३,५३४ छन् भने महिला १,९४,६४२ रहेको देखिन्छ। 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व सङ्कलन

काठमाडौँ,  बितेका २४ घण्टामा दुई हजार ३०० सवारीचालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु २० लाख ८४ हजार  राजस्व दाखिला भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका १०४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १७७, सङ्केत बत्ती उल्लङ्घनकर्ता...

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै

कांग्रेसको नीति अनुसन्धान प्रतिष्ठानको बैठक बस्दै...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

नागरिक सुनुवाइमै पत्रकार विभेद ? सुखड प्रहरीको कार्यशैलीमाथि प्रश्न

कैलाली । इलाका प्रहरी कार्यालय सुखडले आयोजना गरेको नागरिक सुनुवाइ कार्यक्रममा यस क्षेत्रका सक्रिय पत्रकार तथा पत्रकारहरूको साझा संस्था घोडाघोडी सञ्चारकर्मी समूहलाई जानकारी नगरिएको भन्दै प्रहरी नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठेको छ।   बिहीबार आयोजित नागरिक सुनुवाइ कार्यक्रममा केही व्यक्तिलाई मात्र छनोट गरेर पत्राचार गरिएको तर घोडाघोडी...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण

धनुषा,   मधेस  प्रदेशमा १६ प्रतिशत बालबालिकामा कुपोषणको समस्या देखिएको तथ्याङ्क छ । मिथिला नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अशोक भण्डारीले अभियानमार्फत गरिएको परीक्षणले सो तथ्य पत्ता लागेको जानकारी दिनुभयो । स्वास्थ्य निर्देशनालय, मधेस प्रदेशले १३६ स्थानीय तहमध्ये १३३ स्थानीय तहमा गरिएको पोषण अवस्थाको परीक्षणमा दुई...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९