चट्याङले भएको हनुमानझुलाको आगलागी र मेरो अधुरो सपना

दिमागमा एक किसिमको उथलपुथल कम्पन पैदा भइरहेको थियो। यस उथलपुथलको केन्द्रमा थियो, यस्तो किसिमको अनौपचारिक झुप्रा बस्तीहरूमा कसरी आगो लाग्नबाट सुरक्षित घर बनाउने! एकैचोटि तिन वटा विषयमा कुरा खेल्न थाल्यो।

– प्रकश रेग्मी

चट्ट्याङले भएको हनुमानझुलाको आगलागी र मेरो अधुरो सपना

विस्तारै मौसम परिवर्तन हुँदै हावाहुरी चल्ने, चट्याङ पर्ने र आगलागी हुने मौसमको पूर्वसन्ध्या छ। यो परिप्रेक्ष्यमा आफ्नो अनुभव पाठकका निम्ति जानकारीमुलक हुन्छ भन्ठानेर मै आफैंले भोगेको, देखेको र लेखेको घटना बाहिर ल्याएको छु।

 

२०६३ साल वैशाखमा हनुमानझुला (त्यतिबेला त्यस क्षेत्रलाई बाँदरझुला भनिन्थ्यो) मा गाउँको छेउमा रहेको ठूलो रुखमा परेको चट्ट्याङको कारण जंगलमा आगलागी भएको थियो।  उक्त आगो जोडतोडले बहेको हावाको कारण आगो गाउँमा पसेर गाउँ सखाब पारेको प्रारम्भिक अध्यानमा एक अग्निपीडितले बताएका थिए।

 

घोतेरी, बाँदरझुला र कुसुमखोला चितवन जिल्लाको माडी क्षेत्र अन्तर्गतको अयोध्यापुरीमा पर्छन्। बाँदरझुला एक अनौपचारिक बस्ती हो। अहिले उक्त छेत्र माडी नगरपालिकाको ९ नम्बर वडामा पर्छ। भारतको सिमानामा पर्ने यो क्षेत्र माडीको पनि दुर्गम क्षेत्रमा राखिएको छ। यस बस्तीको नाम हाल परिवर्तन गरी हनुमानझुला राखिएको छ।

 

नेपालको नयाँ संविधान २०७२ बमोजिमको नक्सालाई गुगल नक्सामा राखेर हेर्दा यो क्षेत्र मदेश प्रदेश अन्तर्गत देखिन्छ। यस्ता किसिमका त्रुटिहरू यस स्तम्भकारले आफ्नो निजी अध्ययनको क्रममा भरतपुर महानगरपालिकाको वडा नम्बर ६,१०,११ र १२ मा पनि भेट्टाएको थियो। हनुमानझुला क्षेत्र भौगोलिक हिसाबले २७ डिग्री २१ मिनेट ४७ सेकन्ड उत्तरी गोलार्ध र ८४ डिग्री ३३ मिनेट २५ सेकन्ड पूर्वी देशान्तरमा पर्दछ। पहिले बाँदरझुला (हनुमानझुला) चारैतिरबाट जंगलले घेरिएको एक टापुजस्तो देखिन्थ्यो। अहिले गुगल नक्सामा हेर्दा चुरे पर्वतको फेदमा फराकिलो क्षेत्र ओगटेर रहेको देखिन्छ। यो क्षेत्र सरकारी हिसाबले कानुनी बस्ती होइन। त्यतिखेरको समयमा (२०६३ वैशाख) त्यस बस्तीको एक भाग (४०/४५ धुरी)मा आगो लागेर सबै घर जलेर नस्ट भएका थिए।

 

त्यस बेलाको समयमा नियमित सेवा अन्य क्षेत्रमा भए पनि नियमित सेवाको समयपश्चातको समयमा मेरो मोह प्रकोप व्यवस्थापनतर्फ हुन्थ्यो। यस क्षेत्रतर्फ मलाई प्रेरित गर्ने मेरा आदरणीय गुरु श्याम ज्ञवाली हुनुहुन्छ। प्रकोपको क्षेत्रमा गरेका निजी काम लाई एक अन्तर्राष्ट्रिय गोष्ठीमा प्रस्तुति गर्ने वातावरण मिलाइदिएको र नारायणी नदीको निजी रुपमा गरिएको ‘रूपात्मक अध्ययन’ (नदीको प्राकृतिक सीमांकन, नदी सीमाभित्रको जमिनको प्रवाह र त्रिवेणी बाँधको कारण नदीको तल्लो तटीय क्षेत्रमा हुन सक्ने बाढीको प्रभाव)मा सहयोगका साथै उक्त अध्यान प्रतिवेदनलाई गुगल पोर्टलमा सहित प्रकासित गर्न सहयोग गरेर आफूभित्र रहेको हुटहुटीलाई सतहमा ल्याउन ठूलो सहयोग गरी सधैंका लागि मलाई ऋणी बनाएकोमा आभारी छु।

 

नेपालमा जाडो मौसममा पश्चिमी वायुको प्रभाव रहन्छ। विस्तारै तापक्रम बढ्ने क्रमसँगै नेपालमा बंगालको खाडबाट जलवास्पयुक्त हावा बहन सुरू गर्छ। जब बंगालको खाडीबाट भारतको बिहार हुँदै नेपालमा हावा बहन सुरू हुन्छ, तब नेपालमा मौसममा परिवर्तनका साथै हावाका नयाँ चापका क्षेत्रहरू निर्माण  हुन्छन् र हावा छिटो-छिटो आफ्नो दिशा परिवर्तन गर्दै बहन्छ थाल्दछ।

 

हनुमानझुला क्षेत्र सिवालिक पर्वतको फेदमा रहेको छ। जब बंगालको खाडीबाट आउने आर्द्रता उक्त वायु हनुमानझुला क्षेत्रको सिवालिक पर्वतमा ठोक्किएर माथितिर जान थाल्छ, माथि जाँदै गरेको बादलसहितको हावामा दुई तह निर्माण हुन्छ। बादलको उपल्लो तहमा सकारात्मक इलेक्ट्रोनको निर्माण हुन्छ र तल्लो तहमा नकारात्मक इलेक्ट्रोनको निर्माण हुन्छ र यी दुई तहको बीचमा भ्याकुम निर्माण हुन्छ। उक्त भ्याकुम क्षेत्र पूरा गर्न दुबै किसिमका इलेक्ट्रोनहरू जोडतोडका साथ भ्याकुम क्षेत्रतर्फ आउँदा एक-आपसमा ठक्कर खाई इलेक्ट्रोनिक झट्का पैदा हुन्छ र ठूलो प्रकाशसहितको आवाज निस्कन्छ, जसलाई हामी चट्ट्याङ भन्दछौं। यसरी नेपालका हनुमानझुलालगायतका सिवालिक क्षेत्र चट्ट्याङका लागि उर्वर क्षेत्र हुन्।

 

यसरी यस ठाउँमा २०६३ वैशाखमा आगलागी भएपछि जिल्ला र केन्द्र स्तरबाट अग्निपीडितका लागि जोडतोडले  राहत सामग्री वितरण गर्ने प्रतिस्पर्धा चलेको थियो। वास्तवमा त्यतिबेला कस्तो महसुस हुन्थ्यो भने पीडितलाई राहत वितरणको काम सहज काममा पर्ने रहेछ। केही पैसा जम्मा गर्‍यो, सामग्री खरिद गर्‍यो, गाडीमा चढेर गयो, पीडितका अगाडि भाषण दियो र सामग्री वितरण गर्‍यो काम सक्यो। प्रतिफलमा, मिडियाले कभर गर्छ, संस्थाको बजेटमा प्रगति देखिन्छ, प्रगति रिपोर्टमा प्रगति देखिन्छ अनि अर्को नयाँ कार्यक्रमको लागि बायो डाटा तयार हुन्छ। मेरो व्यक्तिगत अनुभव यस्तै रह्यो। धरैजसो संस्थाहरू प्रकोप पूर्वतयारी र विपद् पुनर्निर्माणमा कम सहभागी हुने हुँदा रहेछन्। किनभने ती क्षेत्रमा प्रगति देखाउन समय र खर्च दुबै धेरै लाग्ने अनि प्रगति कम मात्र देखाउन सकिने रहेछ।

 

यसै सन्दर्भमा, हामी जिल्लाभित्र रहेका गैरसरकारी संस्थाहरूको समन्वय गर्न बनेको  गैरसरकारी संगठन जिल्ला समन्वय समिति चितवन र एक्सन एड नेपालका प्रमुख (श्याम ज्ञवाली) बीच अग्निपीडितलाई राहत सामग्री वितरण गर्ने एक सम्झौता भयो। हामी सबन्धित जिल्लामा नै भएर पनि हामीभन्दा अगाडि नै अरू संस्थाहरूले राहत सामग्री वितरण गरिसकेको जानकारी आएकोले दोहोरो सामग्री नपरोस् भनेर एक जना साथीलाई प्रारम्भिक अध्यनको लागि सामग्री खरिदपूर्व नै आगो लागेको क्षेत्रमा पठाइयो र प्रारम्भिक अध्ययनबाट के थाहा भयो भने पूर्ववितरकहरूले महिलाका भित्री बस्त्र, महिनावारी हुँदा प्रयोग गर्ने बस्त्र र स्कुलका बच्चाहरूको कापी र कलम वितरण नगरेको कुरा थाहा भयो। त्यसैअनुरुप हामीले किनमेलको काम सकेर वितरणको लागि भोलिपल्टै त्यतातिर लाग्यौं।

 

हाम्रो गन्तव्य स्थानमा हामी लगभग दिउँसोको १२:३० बजे पुगियो। सबै अग्निपीडितहरू सालोम चर्चको नजिक रहेको चौरमा जम्मा भएका रहेछन् र चौरमा एउटा सानो मन्च बनाइएको रहेछ। स्थानीयहरूले हामीलाई मन्चमा बस्नको लागि अनुरोध गरेपछि कार्यक्रम सुरू भयो। कहिलेकाहीँ हामी सामाजिक कार्यकर्ताहरू सम्बोधन गर्दा गम्भीर परिस्थितिको अनुमान गर्न नसकी आफ्नो कुरा सामान्य परिस्थितिको झैं मन्तव्य राक्छौं। तर, त्यसमा पीडितहरूको खासै रुची हुँदैन। यस्तै कुराहरू मनमा खेलिरहेको थियो। मन्चमा बसेर पीडितहरूको मनोविज्ञान पढिरहेको थिएँ। दिमागमा एक किसिमको उथलपुथल कम्पन पैदा भइरहेको थियो। यस उथलपुथलको केन्द्रमा थियो, यस्तो किसिमको अनौपचारिक झुप्रा बस्तीहरूमा कसरी आगो लाग्नबाट सुरक्षित घर बनाउने! एकैचोटि तिन वटा विषयमा कुरा खेल्न थाल्यो।

१. बस्ती भूगोल पढाइ गर्दा हिमाली क्षेत्रका घरको छानाको प्रकार

२. मेरो बुवाले आफू जुम्ला हुँदाको कथाभन्दा त्यहाँका घरका छानामा प्रयोग गरिने सामग्री

३. तराईका घरहरूको छानाको प्रकार र त्यसमा प्रयोग हुने सामग्री

यिनै तीन वटा, पढेको, सुनेको र देखेको कुरालाई फ्युजन गरेर मेरो दिमागले एउटा कल्पना गर्‍यो। त्यस्ता गरीबहरूको अनौपचारिक झुप्रा बस्तीहरूमा खरको छानामाथि एक अर्को तह थप्ने (माटोको तह) जसबाट एक घरमा लागेको आगो तुरुन्तै अर्को घरमा जान नपाओस्।

राहत वितरण कार्यक्रम चलिराखेको थियो, कर्यक्रमको अनुशासनलाई तोडी म र मेरा एक अर्का सहपाठी सँगै मन्चबाट झरेर आगोले खाएको बस्तीतिर लाग्यौं। त्यहाँ पुगेर हेर्दा मलाई एक किसिमको ठेस लाग्यो। सबै डढेका घरहरूमा चर्पी थिए तर कुनै पनि सुरक्षित चर्पीभित्र पर्दैनथे। त्यतिबेलै आफूले नियमित काम गर्ने कार्यालयको कार्यक्रमबाट चितवन जिल्लालाई खुला दिसामुक्त जिल्ला घोषणा गरेका थियौं। वास्तवमा हामी थाहा पाउँदैनौं, जान्दैनौं, अरूले भनेको कुरामा धरै विश्वास गर्छौं वा दातासँग डराउँछौं र उनीहरूले भनेको कुरा कुनै स्वविवेक प्रयोग नगरी तुरुन्तै सहमति जनाउँछौं।

राहत वितरण कार्यक्रम सकियो, हामी सबै फर्कियौं। भोक लागेकोले वसन्तपुरको सागर होटलमा खाजा खान बस्यौं। मैले मेरा प्रकोप विषयका गुरुसँग राहत वितरण गर्ने समयमा आफ्नो दिमागी कम्पनबाट निस्केको उत्पादन साझा गर्ने मौका सम्झेर आफ्ना कल्पनाको कथा सुनाएँ। प्रतिउत्तर ‘लेखेर मलाई दिनुस्’ आयो। आफू अर्कै उद्देश्य राखेको कार्यालयमा नियमित काम गर्ने भएकाले केही ढिलो गरी उक्त सपनाको लेख बुझाएँ।

प्रस्तावना लेख्ने समयमा केही परिमार्जन गरी तयार गरिएको थियो। गाउँहरूमा खेर गएका पुराना जुटका बोराको त्रिपाल बनाउने, तराईका भिराला छानाहरूमा तटी तयार पारिएका बोराको त्रिपाल छानाको माथि राख्ने, त्यसको माथि पातलो गिलुवा (माटोको एक तह) ओछ्याउने र त्यसको माथि प्लास्टिकले ढाक्ने। यसो गर्दा, वर्षादको समयमा माटोको तह पानीले बगाउन नसक्ने, छिट्टै बाहिरबाट आगोले टिप्ने समस्यामा कम हुने र एक घरमा लागेको आगो छिट्टै अर्को घरमा नसर्ने हुने रहेछ। यसो गर्दा भइराखेको संरचनामा केही थप काम गर्नुपर्ने हुँदो रहेछ।

१. छानामा प्रयोग भइराखेका डाँडाभाटा थप बलिया प्रयोग गर्नुपर्ने

२. गिलुवाले ढाकिएका छानाबाट भान्छाबाट निस्केको धुवाँ बाहिर जान नसक्ने हुनाले धुवाँरहित भान्छाहरूको निर्माण गर्नुपर्ने।

प्रस्तावना लामो थियो, सबै यहाँ उल्लेख गर्न सम्भव भएन।

यसरी आफूले देखेको सपनाले सकारात्मक मोड लिँदै थियो। व्यक्ति, परिवार, समाज र देशमा विकसित भइराखेको धकेल्ने शक्तिको प्रभावको कारण प्रवासी हुने लहरले प्रवासी बनायो। प्रवासी भएको लगभग दुई वर्षसम्म उक्त सपनाले घरी-घरी गिज्याउँथ्यो। हालका दिनहरूमा भने  गिज्याउन छोडेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९