‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा (रुपन्देही),  प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त गरी समृद्ध, विकसित र भाइचारापूर्ण समाज निर्माण गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिनुभएको छ ।लुम्बिनी प्रदेश प्रहरी कार्यालयले आज भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आयोजना गरेको ‘शान्ति पदयात्रा तथा जनचेतनामूलक कार्यक्रम’ मा उहाँले समाजमा शान्ति, सुव्यवस्था र समृद्धि कायम गर्न सामूहिक प्रतिबद्धताको आवश्यकता औँल्याउनुभयो ।

 

 

प्रहरी महानिरीक्षक कार्कीले लुम्बिनीबाट सुरु भएको शान्तियात्राको सन्देश मुलुकभर फैलिनुपर्नेमा जोड दिनुभयो । उहाँले लागूऔषध दुव्र्यसन, सडक दुर्घटना, आत्महत्या, बालविवाह तथा लैङ्गिक हिंसाजस्ता सामाजिक विकृति गम्भीर चुनौतीका रूपमा रहेको उल्लेख गर्दै यस्ता समस्याको समाधान प्रहरी एक्लैको प्रयासबाट सम्भव नहुने बताउनुभयो । यसका लागि समाजका सबै पक्षले जिम्मेवारीबोधका साथ सहकार्य गर्नुपर्ने उहाँको भनाइ छ ।

 

 

प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीले परम्परागत कार्यशैलीभन्दा पनि प्रविधिमैत्री र जनमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिएको जानकारी दिनुभयो । बुद्धको शान्ति मार्गलाई व्यवहारमा उतार्दै प्रहरीले समाज रूपान्तरणका लागि विभिन्न सचेतनामूलक अभियान सञ्चालन गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

 

 

लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले सडक दुर्घटना, लागूऔषध दुव्र्यसन र आत्महत्याजस्ता घटनाले समाजलाई चुनौती दिइरहेको बताउनुभयो । खुला सीमाका कारण लागुऔषधको जोखिम बढ्नुका साथै युवाहरू कुलतमा फस्न थालेकाले यसको रोकथान र नियन्त्रणमा सरोकार भएका निकायबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुभयो ।

 

 

प्रहरी र स्थानीय तहबीचको सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नगरप्रमुख हरिजनले युवाको संरक्षण र सचेतनाका लागि नगरपालिकाले विभिन्न अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो । नेपाल प्रहरीले सञ्चालन गरिरहेको ‘प्रहरी हाम्रो साथी’ तथा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी रहेका उहाँको भनाइ छ ।

 

 

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भूपेन्द्र खत्रीले समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरी र समुदायबीचको आत्मीय सम्बन्ध आवश्यक रहेको बताउनुभयो । पछिल्लो समय समाजमा देखिएका हिंसात्मक गतिविधि र विकृतिविरुद्ध जनचेतना अभिवृद्धि गर्न कार्यक्रमले सकारात्मक योगदान पु¥याउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

 

 

कार्यक्रममा नेपाल प्रहरी केन्द्रीय सङ्गीत विद्यालयको प्रस्तुतिसहित सडक नाटकको माध्यमबाट लागूऔषध दुव्र्यसन, सडक दुर्घटना न्यूनीकरण, आत्महत्यालगायत विषयमा सचेतनामूलक प्रस्तुति प्रस्तुत गरिएको थियो । यसैबीच, नेपाल प्रहरीको इतिहासमा पहिलो पटक आयोजना गरिएको प्रविधिमा आधारित ‘ह्याक फर सेफ्टी ह्याकाथुन’ प्रतियोगिता सम्पन्न भएको हो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगितामा देशभरबाट छनोट भएका युवा तथा प्रविधिविज्ञको सहभागिता थियो ।

 

 

प्रविधिको प्रयोगमार्फत प्रहरी सेवा, सुरक्षा व्यवस्थापन तथा सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रमुख प्रहरी नायब महानिरीक्षक खत्रीले बताउनुभयो । उहाँले अपराध अनुसन्धान, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन तथा नागरिकमैत्री प्रहरी सेवाका क्षेत्रमा नवीन र व्यावहारिक समाधान खोज्ने प्रयासस्वरुप प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो ।

 

 

प्रतियोगितामा सहभागी युवाले मोबाइल एप, कृत्रिम बौद्धिकता (एआई), भ्वाइस सिस्टम तथा डिजिटल प्लेटफर्ममा आधारित विभिन्न अवधारणा प्रस्तुत गरेका थिए । प्रमुख प्रहरी नायब महानिरीक्षक खत्रीले प्रतियोगिताबाट परम्परागत प्रहरी कार्यशैलीलाई प्रविधिसँग जोड्दै नागरिकले घरबाटै उजुरी तथा सूचना दिन सक्ने, ट्राफिक व्यवस्थापनलाई स्मार्ट बनाउने, विपद् तथा अपराध नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रतियोगिताका लागि देशभरबाट छनोट भएका १०० समूहले प्रतिस्पर्धामा सहभागिता जनाएका थिए । सहभागी टोलीलाई आवश्यक प्राविधिक सहयोग तथा मार्गदर्शनका लागि विभिन्न क्षेत्रका विज्ञ तथा निर्णायकको व्यवस्था गरिएको थियो ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड

विश्वकप फुटबलको उद्घाटन खेलमा मेक्सिकोको जित, तीन खेलाडीले पाए रातो कार्ड...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९