मन्त्रीको क्रसरबाट निस्केका टिपरले फतुवा-विजयपुरमा मच्चाए आतंक, स्थानीयले गुहारे प्रहरी

रौतहट – रौतहटको पश्चिमीभेग फतुवा विजयपुर नगरपालिका अन्तर्गत क्रसर उद्योगीको चलेको टिपर आतंकविरूद्ध स्थानीय जुटेका छन्। उनीहरूले टिपर आतंह रोक्न प्रदेश सरकारदेखि स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।नगरक्षेत्र अन्तर्गत सञ्चालनमा रहेको तीन वटा क्रसर उद्योगबाट निस्किने दर्जनौं टिपरले आतंक मच्चाएको भन्दै शिवपुजन यादवको नेतृत्वमा स्थानीयले इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीलाई बिहीबार ज्ञापन पत्र बुझाएका हुन्।

 

स्थानीय प्रहरी कार्यालयमा बुझाइएको ज्ञापन पत्र इमेलमार्फत् मधेश प्रदेश सरकार,जिल्ला प्रशासन कार्यालय रौतहट र जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको स्थानीय यादवले जानकारी दिए। फतुवा विजयपुर-८ बंकुल हिमालिवास रोडमा महालक्ष्मी सैंड वासिङ उद्योग, सोही ठाउँमा सुमुख क्रसर एण्ड वासिङ उद्योग, वडा १०-स्थित माँ कंकाली क्रसर एण्ड वासिङ गरी तीन वटा क्रसर उद्योग सञ्चालनमा छन्।

 

जंगलछेउका गाउँ राङ्गी, बुटावा, भैंसही र हिमालिबास गाउँनजिकै लाखौं टिपर नदीजन्य सामग्री उद्योगहरूले भण्डारण गरी राखेका छन्। दैनिक बिहान ३ बजेदेखि सोही भण्डारण र लालबकैया नदीबाट चोरीलुकी ३० वटा टिपरमा मिक्स ग्रेभल ओभरलोड गरी तीब्र गतिमा राति ९ बजेसम्म तीन वटै उद्योगमा ढुवानी गर्ने गरेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

 

‘यसरी ६ वर्षदेखि उद्योगीहरूले मिक्स ग्राभल ढुवानी गर्दै आएको सर्वविदितै छ। वडा-११ सहिद चौक बजार हुँदै उद्योगसम्म दैनिक अनियन्त्रित रूपमा कुदिरहेको ओभरलोड टिपरको भारले मुख्य सडकको कैयौं स्थानको कालोपत्रे ग्राभलमा परिणत भएको छ। तीब्र गतिमा हिँड्ने टिपरले बाटोमा उडाएर अँध्यारो बनाउने गरेको कारण अन्य सवारी साधन चलाउने तथा पैदल यात्रीमा दुर्घटनाको ठूलो जोखिम बढेको छ,’ ज्ञापन पत्रमा भनिएको छ धुलो उडेर पसल तथा घरमा राखिएको खानेकुरा धुलाम्य हुने, धुलोले बाटोमा हिँड्ने अवस्था नरहेको, धुलोको कारण कतिपय मानिसमा स्वासप्रश्वासको समस्याबाट ग्रसित भएको स्थानीयले बताए।

 

त्यस्तै मिक्स ग्रेभल भण्डारण स्थलदेखि उद्योगसम्म जाने बाटोमा रहेका सात वटा सामुदायिक विद्यालयका चार हजार बालबालिका दुर्घटनाको जोखिममा रहेको ज्ञापन पत्रमा उल्लेख गरिएको छ। त्यति मात्र नभई अनियन्त्रित टिपरले चर्को आवाजले हर्न बजाउँदा ती विद्यार्थीको पठन-पाठनमा समेत असर पारिरहेको छ। मधेस प्रदेश सरकारले नदीजन्य पदार्थ संकलन र उपभोगका लागि  कार्यविधि २०७५ बनाएको छ।

 

बिहान ६ बजेदेखि बेलुकी ६ बजेसम्म ढुवानी गर्ने र सो अवधिमा सडकमा दैनिक पानी लगाउनुपर्ने, धुलो नउडाई टिपरमा ओभरलोड नगर्ने, बजार स्कुल र गाउँ क्षेत्रभित्र १५ देखि २० को गतिमा हर्न नबजाई ढुवानी गर्ने कार्यविधिमा उल्लेख गरिएको छ। तर उद्योगीहरूले कार्यविधिको कुनै वास्ता नगरी विपरीत गर्दै टिपर आतंक सिर्जना गरेको स्थानीयको भनाइ छ। केही समयअघि तीव्र गतिमा रहेको टिपरको ठक्करबाट मोटरसाइकल चालक फतुवा विजयपुर-९ का ५५ वर्षीय खेदु चौधरीको घटनास्थलमै मृत्यु भएको थियो।

 

त्यस्तै, गत ५ गते एउटा तीव्र गतिमा रहेको ओभरलोड टिपरको टायर विजयपुर बजार क्षेत्रमै पड्किँदा गिट्टी-ढुङ्गा उछिट्टिएर ६ जना घाइते बनाएको ज्ञापन पत्रमा भनिएको छ। तथापि, प्रदेश सरकारको कार्यविधि अनुसार टिपर सञ्चालन सहज बनाउन ज्ञापन पत्रमार्फत् माग गरिएको छ। ‘चार दिनभित्र माग पूरा नभएमा टिपरको ढुवानी सेवा बन्द गरी बाध्य भएर सडक आन्दोलनमा उत्रने छौं र केही अप्रिय भएमा त्यसको जिम्मा नियमनकारी निकायले लिनुपर्ने छ,’ ज्ञापन पत्रमा भनिएको छ।

 

यादवको नेतृत्वमा रामउद्धार साह, राजनारायण साह, प्रेम शंकर साह, रामस्वार्थ महतो, नरेन्द्र साह, राजकुमार साह, सहिन्द्र साह, रामनारायण साह, जगरुल महमद, सरयुग साह, उपेन्द्र यादव, जोगी राय यादव लगायत दुई दर्जन भन्दाबढी मानिस इलाका प्रहरी कार्यालय विजयपुर पुगेका थिए। फतुवा विजयपुरस्थित सञ्चालन रहेका तीनमध्ये एउटा क्रसर वर्तमान प्रदेश सरकारका मन्त्रीको, अर्को उद्योग उनको आफन्तको रहेको र तेस्रो एक जना माओवादी पार्टीका नेताको रहेको कारण लामो समय देखि मनपरी गर्दै आएको दाबी गाउँलेले गरेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९