चन्द्रपुरका निजी अस्पतालको अस्थायी अनुमतिपत्र खारेज, निजी अस्पताल सञ्चालक अलमलमा

रौतहट। चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका निजी अस्पतालका सञ्चालकहरूको यतिबेला रुवाबासी सुरू भएको छ ।उनीहरू अस्पताल सञ्चालन गर्न पाउनुपर्यो भन्दै ज्ञापनपत्र बोकेर सिडिओ कार्यालय पुगेका छन् । केही दिन पहिला चन्द्रनिगाहपुरमा रहेको हाइवे ट्रमा अस्पतालमा चन्द्रनिगाहपुरका एकजना व्यापारीको मृत्यु भएपछि यो प्रकरण अझै पेचिलो बनेको हो ।

 

सो अस्पतालमा उपचार गराउन गएका चन्द्रनिगाहपुरका एकजना व्यापारीको गत हप्ता अस्पतालमै ज्यान गएपछि अस्पतालले घटना सामसुम पार्नका लागि पीडित परिवारलाई ७ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । व्यापारीको मृत्यु लगत्तै मधेश प्रदेशका मुख्यमन्त्रीले चन्द्रपुर नगर क्षेत्रमा सञ्चालनमा रहेका सबै अस्पताल अवैध र मापदण्ड विपरित सञ्चालनमा रहेका कारण उनीहरुलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्ने भन्दै विज्ञप्ति निकालेका थिए ।

 

मुख्यमन्त्री सतिशकुमार सिंहको विज्ञप्ति आएसँगै चन्द्रपुर नगरपालिकाले अस्पताल सञ्चालनका लागि दिएको अस्थायी अनुमति पत्र खारेज भएको जनाएको छ ।  मङ्गलबार चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले एक सूचना जारी गर्दै चन्द्रपुर नगरपालिकाले अस्पताल सञ्चालनका लागि दिएको अस्थायी अनुमतिपत्र खारेज भएको जनाएकी थिइन ।

 

स्थानीय तहले १५ बेडको अस्पताल सञ्चालनका लागि अनुमति दिने प्रावधान अनुसार चन्द्रपुर नगरपालिकाले चन्द्रपुर नगर क्षेत्रमा खुलेका निजी अस्पतालहरूलाई प्रति वेड चार हजारको दरले एक वर्षको पैसा लिएर अस्थायी अनुमतिपत्र दिएको थियो । हाइवे ट्रमा अस्पतालले कम्पनी ऐनको कार्यालयबाट ट्रमा हटाएर हाइवे अस्पतालका नाममा कागजपत्र ल्याएर १५ बेडको अस्पताल दर्ता गर्ने भन्दै नगरपालिकाबाट ३५ दिने अस्थायी अनुमति पत्र लिएको थियो ।

 

त्यस्तै, चन्द्रनिगाहपुरको सिभिल ह्युमन रिसर्च हस्पिटल प्रालीले रिसर्च सेन्टर हटाएर कम्पनी ऐनबाट १५ बेडको हाइवे अस्पताल दर्ता गरेर ल्याएको थियो । त्यसकै आधारमा सो अस्पतालले चन्द्रपुर नगरपालिकाबाट ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरी नगरपालिकामा दर्ता गर्छु भन्दै अस्थायी अनुमतिपत्र लिएको थियो । यी दुई अस्पताल मात्र नभएर चन्द्रपुर नगर क्षेत्रमा रहेका अधिकांश निजी अस्पतालले ३५ दिनभित्र सम्पूर्ण मापदण्ड पूरा गरी नगरपालिकामा अस्पताल दर्ता गर्ने भन्दै अस्थायी अनुमति पत्र लिएका थिए । नगरपालिकाले समेत व्यवसाय करका नाममा ती अस्पतालबाट वार्षिक ६० हजारका दरले रकम लिँदै अस्थायी अनुमति पत्र दिँदै गरेको थियो ।

 

तर हाइवे अस्पतालमा उपचार गर्न गएका एक व्यापारीको ज्यान गएपछि मधेस प्रदेशका मुख्यमन्त्री सिंहले कसले अस्पताल खोल्न अनुमति दियो भन्दै  विज्ञप्ति जारी गरेका थिए ।  त्यसपछि चन्द्रपुर नगरपालिकाले मङ्गलबार सूचना जारी गर्दै सबै अस्पताललाई दिएको अस्थायी अनुमतिपत्र मङ्गलबारकै दिनबाट खारेज भएको भन्दै सूचना प्रकाशन गरेको थियो । व्यावसायिक करका नामबाट निजी अस्पतालबाट प्रति बेड वार्षिक ४००० का दरले रकम असुलेर नगरपालिकाले एकाएक अस्थायी अनुमतिपत्र खारेज भएको बताएपछि निजी अस्पताल सञ्चालकहरु अन्योलमा परेका छन् ।

 

मुख्यमन्त्री सिंहले प्रकाशन गरेको विज्ञप्तिमा अस्थायी अनुमति पत्र दिने प्रावधान नरहेको बताइएको भन्दै चन्द्रपुर नगरपालिकाले अस्थायी अनुमतिपत्र खारेज गरेको जनाएको छ । यसबाट उपचारका नाममा सर्वसाधारणलाई बन्धक बनाएर रकम असुल्दै आएका चन्द्रपुर नगर क्षेत्रका निजी अस्पताल तथा गरुडा नगर क्षेत्रमा रहेका निजी अस्पताल सञ्चालकहरु तिल मिलाएका छन् । अब चन्द्रपुर नगर क्षेत्रमा रहेको चन्द्रपुर अस्पताल प्राली बाहेकका सबै अस्पताल अवैध भइसकेका छन् । दर्ता नै नगरी आफू खुसी घरबाट लिएर अस्पताल सञ्चालन गर्दै आएका चन्द्रनिगाहपुरका केही निजी अस्पताल सञ्चालकहरू बुधबार बिहानै ज्ञापन पत्र लिएर रौतहटका प्रमुख जिल्ला अधिकारीका पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९