मधेश प्रदेशका मन्त्रालयमा खुलेआम ‘योजनाको चिट्ठी’ खरिदबिक्री, छानबिन गर्न माग

सिरहा । देशको साख नै गिर्ने गरी १ सयमा ३४ अंक मात्रै पाएर ट्रान्सपरेन्सी इन्टरनेसनलले हालै सार्वजनिक गरेको प्रतिवेदनमा नेपाल ‘भ्रष्ट देश’ को सूचीमा परेको छ। संघीय मन्त्रीहरूको कार्यसम्पादन नतिजा पनि सार्वजनिक गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यालयले २८.५ प्रतिशत काम मात्रै सम्पन्न गरेको र मन्त्रीहरुको ३५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । तरपनि सरकारले सुशासनको प्रतिबद्धता दोहोर्याइरहेको बेला मधेश प्रदेशका मन्त्रीहरू भने बिचौलियामार्फत योजनाहरू ‘बिक्री’ गरिरहेको खुलासा भएको छ। मधेश प्रदेशका सबै मन्त्रीहरूले ८ वटै जिल्लामा विचौलिया खडागरी १० देखि १५ प्रतिशत कमिसन लिएर योजनाको कामहरु विक्रि गरिरहेकाे खुलेकाे हाे ।

 

मधेश प्रदेशका मन्त्रालयहरुमा मन्त्रीहरूले नै खुलेआम योजनाको चिट्ठी खरिदबिक्री गर्ने गरेको रहस्य बाहिरिएको हाे । प्रदेशमा परेका योजनाहरुको चिठ्ठी मन्त्रीहरूले आफनो आसेपासे तथा कर्याकर्ताहरु मार्फत १० देखि १५ प्रतिशत अगावै कमिसन बापतको रकम लिएर मात्रै योजनाको चिट्ठी दिने गरेको तथ्य बाहिरिएको छ ।

 

कानुनतः मन्त्रालयहरुले जिल्ला स्थिति पुर्वधार बिकास कार्यालय वा सम्बन्धित वडामा योजनाको उपभोक्ता समिति गठन गर्न चिट्ठी पठाउनुपर्ने प्रावधान छ। तर, मन्त्रीहरुले बिचौलिया मार्फत योजनाको चिट्ठी दिनु अगावै कमिसन दिनुपर्ने उपभोक्ताहरु बताउँछन् ।  प्रदेश सरकारको योजनामा परेको चिट्ठी उपभोक्ताले जिल्लास्थित पुर्वाधार बिकास कार्यालयमा पर्ने हो। तर, मन्त्री तथा कर्मचारीहरुको आर्थिक सेटिङ्गमा उक्त चिट्ठी बिचौलियाहरुले कमिसनको बार्गेनिङ गरि योजनाको लिस्टमा ब्यक्तिको नाम नै कोड गरी आए पछि पुर्वाधार बिकास कार्यालयले चिट्ठी लगायतका योजनाका प्रक्रियाहरु अगाडी बढाउने गरेको उनीहरुको भनाइ छ।

 

कमिसन कै लागि मन्त्रीहरुले योजनाका चिठ्ठी सिधै जनकपुरस्थित सम्बन्धित मन्त्रालयमा लैजाने अनि त्यहाँबाट चिठ्ठी खरिद बिक्री गर्ने गरेको नाम उल्लेख नगर्ने शर्तमा एकजना उपभोक्ता समितिका अध्यक्षले बताए। उनले भने, ‘योजना बिक्रीमा प्रदेश सांसद, मन्त्री र कर्मचारीहरुपनी संलग्न छन्,’ उनले  भने, ‘देश बनाउँछु भन्नेहरुको यो हर्कतले जनता देखिएको आशाको घाँटी निमोठिरहेको छ नै, यसमा नियामक निकायहरुको मौनता पनि निकै शंकास्पद रहेको छ।’

 

यस बिषयमा सिरहास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख रामदेव खर्गालाई उपभोक्ता बनेर फोन सम्पर्क गर्दा योजनाको चिट्ठी लिन आउँदै छु यहीँबाट भैहाल्छ नि हैन? प्रश्नमा उनले भने, ‘योजनाको चिट्ठी लिन मन्त्रालय नै जानुपर्ने हुन्छ।  मन्त्रालयमा मन्त्रीसँङ समन्वय गर्नुहोला । उताबाट योजनाको चिट्ठी लिएर आउनु अनि यताको प्रक्रिया हामी अगाडि बढाइ दिउला।’ पुनः हामीले अर्का प्रश्न गरे, मन्त्रालयले तपाईंलाई योजनाको चिट्ठी पठाएको छैन र? उनले थपे, ‘मन्त्री ज्युहरुसंग समन्वय गर्नुन। मन्त्रालयमा कुरा मिलाएर योजनाको चिट्ठी लिएर आउनु उताबाट योजनामा नामकोड गरेरै पठाइदिन्छ। त्यो लिष्ट आइसकेपछी हामिले योजनाको प्रक्रिया अगाडी बढाउने हो।’

 

मन्त्रालयहरुले केही चिठ्ठी सांसदहरुलाई दिएको छ भने अधिकांश चिठ्ठी आफैले राखेर वितरण गरिरहेको छ । मधेशका सांसदसहित मन्त्रीसम्मले १० देखि १५ प्रतिशतसम्म कमिशन लिएर योजना बिक्री गरिरहेका छन् । यतिमात्र होइन, उपभोक्ता समिति गठन भइसकेपछि कार्यादेश दिनुअगाबै पुर्वधार विकास कार्यालयलाई पनि पाँचदेखि १५ प्रतिशतसम्म कमिशन दिनुपर्छ । यसरी हुने काममा व्यापक भ्रष्टाचार हुने गरेका छन् ।

 

सिरहा क्षेत्र नम्वर ४ ‘ख’बाट निवार्चित प्रदेशका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले चुनावका बेला आफु निवार्चित भएपछि एकपैसा भ्रष्टाचरी गर्दिन यदि गरेको फेला परे मलाई कालोमसो दल्नु होला र म पदबाट पनि त्यही दिन राजिनामा दिन्छु भनेका मन्त्रीले नै भ्रष्टाचारीमा लिप्त भएको अाराेप छ ।  वन मन्त्री साहसंग अहिले मिर्चैया नगरपालिका- ११ स्थित घुर्मी खोलामा तटबन्ध निर्माणकोलागी ३० लाखको योजनाको चिठ्ठी किनेर पूर्वाधार विकास कार्यालय, सिरहाबाट कार्यादेश लिन आएको एक उपभोक्ता समितिका सदस्यसँग पत्रकारहरूले पनि उपभोक्ता समितिकै सदस्य बनेर कुरा गरेका थिए ।

 

तर,  उनलाई आफूहरु नयाँ मान्छे भएको र अहिलेसम्म चिठ्ठी पनि पाउन नसकेको सुनाए पछि ती सदस्यले भने, ‘कमिशनविना केही पनि नहुने र आफूहरु सबै गरेर ३० लाखको योजना २० लाखमा ठेकेदारलाई जिम्मा पनि लगाइसकेको, सबैतिर बाँडेर यसबाट आफूलाई डेढ दुई लाख मात्र बचत हुने बताए।  गत वर्ष भौतिक पूर्वाधार विकास मन्त्रालयबाट एक करोड ५०  लाखको चिठ्ठी ल्याएर सोही ठाउँमा तटबन्ध निर्माण गरेको र बजेटको १० प्रतिशत रकम मन्त्रालयमा, १० प्रतिशत पूर्वाधार कार्यालयमा दिइएकाे दावी गरिएकाे छ ।

 

यसै बिषयमा वन तथा वातावरण मन्त्री त्रिभुवन साहसंग तपाईंले योजनाको चिट्ठी दिदा कमिसन लिनेगरेको आरोप छ ? वास्तविकता केहो? प्रश्न गर्दा उनले भने, ´आफुमाथी लगाइएको आरोपमा कुनै सत्यता छैन। कसैसँग कमिसन मागेको ठहरिए आफू मन्त्री पदबाट नै राजिनामा दिने बताए ।´

 

यसैगरी, सिरहाकै गोलबजारमा जसपा नेपालकी सांसद साहिदा खातुनसँग चिठ्ठी पाएर २५ लाख बजेटमा सडकमा आरसीसी ढलान कार्य थालेका एक उपभोक्ता समितिका सदस्यहरुसँग पनि कुरा गर्दा उनले भने, ‘यो योजनाको चिट्ठी एकजना व्यवसायले ल्याएर दिएको बताए। सांसदसंग कतिमा डिल गरेको हामीलाई थाहा भएन। उनले थपे, ‘जस्ले जसरी ल्याएपनि हामीलाई काम राम्रो चाहिएको हो तर, कमिसनण्को कुरा सबैलाई थाहा नै छ। प्रदेशको योजना ल्याउदा अगाबै कमिसन दिनुपर्छ नदिए परेको योजना पनि फ्रिज भएर जान्छ।’

 

यस विषयमा भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवका स्वकिय सचिव सचिन यादवलाई वडाध्यक्ष बनेर फोन गरी मेरो योजनाको चिट्ठी अहिले सम्म वडामा नआएको गुनासो गर्दा उनले भने, ‘ कुनै सांसदलाई वा कुनै नेता कहाँ चिठ्ठी गएको हुनसक्ने भन्दै त्यहाँ समन्वय गर्न भने। यसले पनि कानुनतः वडामा जानुपर्ने चिठ्ठी अन्यत्रै गएको र अख्तियारको व्यापक दुरुपयोग भइरहेको पुष्टि गरेकाे छ । मधेश प्रदेश भरीमै जहाँ जहाँ अहिले विकास निर्माणका काम हुँदैछन्, त्यहाँ कमिशनमा चिठ्ठी किनेको र त्यसपछि पनि कमिसन नै बुझाएर कार्यादेश पाएको खुल्ले आम सुन्न पाइन्छ ।

हुन त प्रदेश सरकारको लागी यो नँया विषय त होईनन्। तर, यसरी भ्रष्टाचार मौलाउँदा प्रदेश सरकारप्रति जनताको विश्वास खस्किदै गईरहेको स्थानियहरु बताउँछन्। मधेश प्रदेशमा सिके राउतले नेतृत्व गरिरहेका  जनमत पार्टी कै सरकार छ। जनमत पार्टीले भ्रष्टाचारविरुद्ध कडा रूपमा प्रस्तुत भईरहे पनि प्रदेश सरकारमै खुलेआम योजनाहरु विक्रि हुदाँ तै चुप मै चुपको स्थिति रहेको उनीहरुको भनाई छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९