आलेख : महिला जनप्रतिनिधिका पीडा : ‘अवसर पायौँ, जिम्मेवारी पाएनौँ’

तानसेन (पाल्पा),  “जनताको सेवा गर्न भनेर चुनाव जितेर त आइयो तर हामी महिला सदस्यको कुनै भूमिका नै छैन” तानसेन नगरपालिका–२ की मञ्जु रणपालले भन्नुभयो, “जनताको गुनासो र काम लिएर नगरपालिका र वडा कार्यालयमा जाँदा हाम्रो कुरा सुनिदैन ।”

 

जनताले आफूहरुलाई जिताएर नै पठाएका हुन् तर बैठकमा केही कुरा राख्दा पुरुष जनप्रतिनिधिले सरकारले नै तिमीहरूलाई केही अधिकार दिएको छैन भनेर टारिदिने गरेको उहाँ बताउनुहुन्छ । आफूहरु बजेट र कानुन पास गर्ने बेलामा ताली बजाउन मात्र साक्षीका रूपमा सहभागी हुने गरेको उहाँको गुनासो छ । कानुनमा दलित महिला प्रतिनिधि राख्नुपर्ने प्रावधानलाई पालना गरेको देखाउन मात्र आफूहरु राखिएको अनुभूति भइरहेको रणपालको बुझाइ छ ।

 

 

उहाँले दलित महिला जनप्रतिनिधि भएकै कारण दलितहरुको पक्षमा काम गर्न नपाएको बताउनुभयो । संविधान र कानुनमा दलित र महिलाका लागि अनेकथरी व्यवस्था भए पनि व्यवहारमा त्यो लागू गर्न बजेट नहुने गरेको उहाँको भनाइ छ । अर्की दलित महिला सदस्य मञ्जु विकलाई तीन वर्षअघि धेरै काम गर्न सक्छु भन्ने लागेको थियो । काम गर्ने उत्साह पनि थियो तर तीन वर्षको उहाँको अनुभव भन्छ, “अवसरले मात्रै नपुग्दो रहेछ, जिम्मेवारी पनि दिइनुपर्दो रहेछ । उहाँ महिलालाई अवसरसँगै कार्यस्थलमा काम गर्ने वातावरण बनाउनुपर्ने बताउनुहुन्छ ।

 

तानसेन–६ की दलित महिला सदस्य सुस्मिता गहतराजको गुनासो उस्तै छ । वडा कार्यसमितिको बैठकमा आउने, टोलमा केही गतिविधि भए जानेबाहेक अरू त्यस्तो काम केही नभएको उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “वडाध्यक्षको जिम्मेवारी नै धेरै देखिन्छ । अध्यक्षले खटाएको काम गर्ने हो । कतै कार्यक्रम भए अध्यक्षले जानुस् भनेपछि जान्छु,सुरुमा त कार्यक्रममा जाँदा आफ्नै परिचय दिन पनि अप्ठ्यारो लाग्थ्यो ।”

 

 

दलित समुदायको प्रतिनिधित्व गरेर निर्वाचित हुनुभएकी तानसेन–१३ की दलित महिला सदस्य बसुन्धरा दमाइलाई वडामा के योजना आयो  ? बजेट के कस्तो छ ? भनेर सोध्नेहरू पनि प्रशस्तै छन् तर बजेट छुट्याउने, योजना छुट्याउने ठाउँमा उहाँको पहुँच छैन । “भोट माग्ने, हामीलाई योजना नदिने भनेर गुनासो त गर्छन् तर हामी पनि जिम्मेवारी केही पाएनौँ भनेर गुनासो नै गरिरहेका छौँ”, उहाँले भन्नुभयो । आफूले प्रतिनिधित्व गरेको वर्ग र समुदायका लागि केही गर्न नसकिएको उहाँको गुनासो छ । “अहिले गाउँमा जाँदा हरेकका गुनासो मात्रै सुन्नुपर्छ”, उहाँले भन्नुभयो, “बैठकमा कुरा उठायो भने महिला दलितका लागि आउने अलिकति बजेट छुट्याउँछौँ । अरू किन चाहियो भन्छन्  ।”

 

 

तानसेन–७ की दलित महिला सदस्य मीना परियारले वडाध्यक्ष र अन्य सदस्यलाई दिएको मत एउटै भए पनि सदस्यहरुलाई खासै भूमिका नदिँदा आफूहरु ओझेलमा परेको बताउनुभयो । उहाँ भन्नुहुन्छ, “हामी आफैँले पनि आफ्नो जिम्मेवारी माग्न सकेका छैनौं, उनीहरुले तिम्रो जिम्मेवारी यो हो, यो काम गर भनेर भनेका छैनन् ।” वडाध्यक्षले दिएका जिम्मेवारी भने आफूहरुले इमान्दारिताका साथ पूरा गर्दै आएको उहाँको भनाइ छ ।

 

स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय तहको वडा समितिको काम, कर्तव्य र अधिकार स्पष्ट गरे पनि निर्वाचित महिला जनप्रतिधि भने व्यवहारमा भूमिकाविहीन बन्दै गएका छन् । स्थानीय सरकार सञ्चालन ऐनमा वडा समितिले वडाभित्रको योजना तर्जुमा कार्यान्वयन, अनुगमन गर्ने, तथ्याङ्क अद्यावधिक र संरक्षण गर्ने, स्थानीय तहको विकास कार्यमा संलग्न हुने, वडाभित्रका विकास निर्माणको काम र उपभोक्ता समितिको नियम गर्ने व्यवस्था गरिएको छ । ती कामका लागि वडा समितिले आवश्यकताअनुसार वडा सदस्यलाई जिम्मेवारी प्रदान गर्नुपर्छ तर पुरुष जनप्रतिनिधिले जिम्मेवारी नदिंदा कार्यपालिकाको कार्यमा महिला जनप्रतिनिधिहरू साक्षी मात्र बन्नु परेको हो ।

 

नगरप्रमुख सन्तोषलाल श्रेष्ठले भने स्थानीय सरकारमा महिलाहरूको उपस्थिति मात्र नभई निर्णय प्रक्रियामा पनि सहभागी गराउने गरिएको दाबी गर्नुभयो । योजना छनोटदेखि वडामा हुने हरेक क्रियाकलाप र बजेटबारे सबै सदस्यहरूलाई जानकारी गराउने गरेको तानसेन नगरपालिका–६ का वडाध्यक्ष सागरमान महर्जनले बताउनुभयो । “कार्यवाहक दिँदा सबैलाई समानुपातिक किसिमले दिने गरेको छु, हामी कहाँ हुनुभएका तीनै जना महिला वडा सदस्य र पुरुष सदस्यलाई आलोपालो गरेर कार्यवाहकको जिम्मेवारी दिइन्छ । सबै सदस्यहरूसँग सल्लाह गरेर नै वडामा हुने गतिविधि सञ्चालन हुन्छन्,” उहाँले भन्नुभयो ।

 

कानुनले दलित महिलाको सहभागिता सुनिश्चित गरे पनि अर्थपूर्ण सहभागिताको अभाव देखिएको मानवअधिकारकर्मी सन्तवीर बराल बताउनुहुन्छ । राज्यको मूल प्रवाहमा समावेश गराउनका लागि सशक्तीकरण गर्ने, आफ्नो भूमिका तथा अधिकारको दाबी गर्न महिलाहरु नसकेको उहाँको भनाइ छ । कानुनले त अधिकार दिएको छ तर उहाँहरुको क्षमता अभिवृद्धि गर्ने, उहाँहरुको सशक्तीकरणमा कुनै पनि स्थानीय तहले ध्यान दिएको पाइँदैन । पालिकाका प्रमुख÷अध्यक्ष, वडाध्यक्षहरुले उहाँलाई नीति निर्माण तहको छलफल गराउने, योजना निर्माणमा सहभागी गराउने तथा नेतृत्व विकास गर्ने कार्यक्रममा सहभागी गराउन सके दलित महिला प्रतिनिधिहरुले आफ्नो भूमिका कार्यान्वयनमा आएको अनुभूति गर्ने उहाँको भनाइ छ ।

‘अवसर पाए नेतृत्व गर्न सक्छौँ’

यहाँका महिला जनप्रतिनिधिले अवसर पाए प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरु सक्षम रहेकोसमेत बताउने गरेका छन् । “हामी महिला जनप्रतिनिधिहरु विषयबस्तु माथि सही निर्णय र कार्यान्वयन गर्न दक्ष र क्षमतावान छौँ  तर पनि पटक–पटक विषयगत समितिको संयोजक माग गर्दा पनि जिम्मेवारी नपाउँदा दुःख लागेको  छ”, तानसेन–२ की महिला सदस्य सविता भट्टराईले भन्नुभयो । जिम्मेवारी दिएमा पुरुषले भन्दा राम्रो काम गरेर देखाउँथ्यो तर जिम्मेवारी नपाउँदा अन्याय भएको कार्यपालिका सदस्य मञ्जु विकको भनाइ छ ।

 

नगरपालिकाको ७३ जनाको जनप्रतिनिधिहरुको निर्वाचित बोर्ड संरचनामध्ये उपप्रमुखसहित ३३ जना महिलाहरुको सङ्ख्या रहेको छ । चौध वटा वडाबाट महिला र दलित गरी २८ जना महिला निर्वाचित भएका छन् । एक जना दलित महिलालाई नगरपालिका बोर्डले कार्यपालिका सदस्यमा मनोनीत गरेको छ ।  यहाँ ३३ जना महिलामध्ये खस आर्यमा आठ जना, जनजातिमा आठ जना र दलित १७ जनाको प्रतिनिधित्व छ । यहाँँ ३३ जना महिला जनप्रतिनिधिमध्ये एक उपप्रमुखसहित छ जना कार्यपालिका सदस्य रहेका छन् । छ जना कार्यपालिका सदस्यमध्ये, तीन जना दलित,  तीन जना ब्राम्हण, क्षेत्री रहेका छन् । छ जना महिला कार्यापालिका सदस्यहरु प्रायः कार्यपालिकाको बैठकमा उपस्थित हुने गरेका छन् । नगरका ३१ जना महिला जनप्रतिनिधिले भने वडामा कार्यवाहक प्रमुख तथा निमित्त प्रमुखको कुशलतापूर्वक जिम्मेवारी समाल्दै आएका छन् । हाल वडा सदस्यको जिम्मेवारीमा रहेका केही महिला जनप्रतिनिधिहरुले आगामी निर्वाचनमा  वडाध्यक्षको उम्मेदवारी दिने सोचमा रहेको बताएका छन् ।

 

द एशिया फाउण्डेशनको सहयोगमा दलित महिला केन्द्र नेपालले प्रभावकारी र समावेशी स्थानीय सरकार सवलीकरण कार्यक्रमअन्तर्गत यहाँका महिला जनप्रतिनिधिलाई ‘मेण्टरिङ’सम्बन्धी प्रशिक्षण दिदै आएकाले पनि यहाँँका महिलाहरु जिम्मेवारीप्रति सचेत हुँदै आएको पाइन्छ । नगरका विभिन्न वडामा ‘महिला जनप्रतिनिधिलाई आफ्नो जिम्मेवारी, भूमिका, काम, कर्तव्य र अधिकारका बारेमा सचेत गराउँदै आएको  केन्द्रकी कार्यक्रम अधिकृत निर्मला शाहीले बताउनुभयो ।  उहाँले भन्नुभयो, “काम गर्ने सिलसिलामा आइपरेका समस्याका बारेमा नियमित प्रशिक्षणमार्फत आफ्नो जिम्मेवारी र भूमिका स्पष्ट पार्छौँ । यसले गर्दा कार्यसम्पादनमा सहजता हुँदै आएको छ र महिला जनप्रतिनिधिहरु आफ्नो जिम्मेवारीप्रति सजग हुनुहुन्छ ।”

 

महिला सदस्य सुनिता श्रेष्ठलाई निर्वाचित हुँदा आफ्नो भूमिका र जिम्मेवारीप्रति पूर्णरुपमा जानकारी थिएन । श्रेष्ठ महिला जनप्रतिनिधिको भूमिका, जिम्मेवारी तथा नेतृत्व विकाससम्बन्धी प्रशिक्षणमा सहभागी भएपछि भने अहिले जिम्मेवारीप्रति सजग हुनुहुन्छ । “जनप्रतिनिधिको काम, कर्तव्य र अधिकारका बारेमा पूर्ण ज्ञान थिएन”, उहाँले भन्नुभयो,“जब महिला जनप्रतिनिधिको भूमिका र जिम्मेवारीसम्बन्धी प्रशिक्षणमा सहभागी भई ज्ञान पाएपछि निकै सहज भएको छ ।” कुन विषय कहाँ उठाउने, कसरी उठाउने, योजना कसरी माग गर्ने, योजना निर्माण, बजेट निर्माण, कार्यान्वयन, फरफारक गर्ने प्रक्रियाका बारेमा  अहिले धेरै कुरा थाहा भएको उहाँको भनाइ छ ।

 

खासगरी स्थानीय तहमा संविधानले नै अनिवार्य गरेको हुँदा महिलाको प्रभावशाली उपस्थिति रहेको छ । संविधानतः कुनै पनि राजनीतिक दलले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिँदा एक जना अनिवार्य महिला हुनुपर्छ । यद्यपि, यसमा पनि दलहरुले प्रमुखमा महिलालाई कमै विश्वास गरेका छन् र अधिकांश उपप्रमुखमै खुम्च्याइएका छन् । तर, महिला जनप्रतिनिधिहरुको कार्यसम्पादन पुरुषको भन्दा कमजोर नभएको बरु उनीहरुले पुरुषलाई पनि उछिनिरहेको वस्तुगत यथार्थ हो । घरधन्दा सम्हाल्नुपर्ने, घरपरिवार हेर्नुपर्ने जिम्मेवारीका बाबजुद उनीहरु आफ्नो जिम्मेवारीमा खरो उत्रिरहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

चितवनमा दूध बिक्री सहज, भुक्तानीमा समस्या

नारायणगढ (चितवन),  समयमै भुक्तानी नपाउँदा यहाँका दुग्ध किसानहरू मर्कामा परेका छन् । चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दुग्ध विकास संस्थान (डिडिसी) सँग पुस १६ गतेदेखि भुक्तानी बाँकी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार केही ठूला उद्योगीबाट तीन महिनादेखि भुक्तानी हुन...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

‘कृत्रिम पोखरीले चुरेको पानी सङ्कट टर्ने’

सिरहा,  लहान नगरपालिकामा निर्माण सुरु गरिएको नयाँ बहुउद्देश्यीय कृत्रिम पोखरीले चुरे क्षेत्रको पानीको सङ्कट टार्ने र सयौँ बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने सरोकारवालाहरूले दाबी गरेका छन् । जलवायु परिवर्तनको असर न्यूनीकरणका लागि लहानका वडा नं १५ र १८ मा यसअघि नै नौवटा बहुउद्देश्यीय मानवनिर्मित...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

१३ जनामा औलो सङ्क्रमण पुष्टि

चितवन, चालु आर्थिक वर्षमा जिल्लामा १३ जनामा औलो (मलेरिया) रोगका बिरामी भेटिएका छन् । औलो रोग सङ्क्रमणको आशंकामा उपचारका लागि आएका ३ हजार ९३ जनाको नमूना परीक्षणका क्रममा सङ्क्रमण पुष्टि भएकोे हो ।     जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी सङ्क्रमण देखिनेमा वैदेशिक रोजगारीबाट...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९