बैङ्क तथा वित्तीय संस्थाको बचत र कर्जामा बागमती प्रदेशको हिस्सा सबैभन्दा बढी

काठमाडौैँ,  बैंङ्क तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप तथा कर्जामा बागमती प्रदेशको अंश सबैभन्दा बढी देखिएको छ ।नेपाल राष्ट्र बैङ्कले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले परिचालन गरेको कुल निक्षेपमा बागमती प्रदेशबाट परिचालन गरिएको निक्षेपको अंश सबैभन्दा धेरै ६५ दशमलव आठ प्रतिशत र कुल कर्जा प्रवाहमा ५९ दशमलव पाँच प्रतिशत रहेको छ ।

 

गत आर्थिक वर्ष २०८१/८२ सम्ममा बैङ्क तथा वित्तीय संस्थाले कुल रु ७२ खर्ब ९५ अर्ब ६९ लाख ३० हजार बराबर निक्षेप सङ्कलन गर्दा बागमती प्रदेशबाट मात्र रु ४७ खर्ब ९७ अर्ब ५९ करोड ८७ लाख बराबर निक्षेप उठेको छ ।

 

यस्तै, कोशीबाट रु पाँच खर्ब ५३ अर्ब तीन करोड ७९ लाख, मधेस प्रदेशबाट रु चार खर्ब सात अर्ब ७३ करोड ७२ लाख, गण्डकीबाट रु छ खर्ब १२ अर्ब २९ करोड ५७ लाख, कर्णालीबाट रु ९१ अर्ब नौ करोड र सुदूरपश्चिमबाट रु एक खर्ब ७३ अर्ब ८३ करोड बराबर निक्षेप सङ्कलन भएको छ ।

 

यस्तै, गत असार मसान्तसम्म कुल रु ५५ खर्ब ८६ अर्ब २९ करोड २२ लाख बराबरको कर्जा प्रवाह हुँदा बागमती प्रदेशबाट मात्र रु ३३ खर्ब २३ अर्ब ३१ करोड ६१ लाख बराबर ऋण लगानी भएको छ । कोशी प्रदेशबाट रु छ खर्ब १३ अर्ब ३८ करोड ९६ लाख, मधेस प्रदेशबाट रु चार खर्ब ९५ अर्ब ८६ करोड, गण्डकीबाट रु तीन खर्ब ५६ अर्ब ९२ करोड ५७ लाख, लुम्बिनीबाट रु पाँच खर्ब ७७ अर्ब २७ करोड ६१ लाख, कर्णालीबाट रु ६२ अर्ब १२ करोड र सुदूरपश्चिमबाट रु एक खर्ब ५७ अर्ब ४० करोड ४१ लाख बराबर कर्जा प्रवाह भएको छ ।

 

राष्ट्र बैङ्कका अनुसार २०८१ असार मसान्तको तुलनामा २०८२ असार मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट कृषिमा प्रवाहित कर्जा शून्य दशमलव ०४ प्रतिशतले घटेर रु तीन खर्ब ३६ अर्ब ७३ करोड पुगेको छ । गत वर्षमा कुल कृषि कर्जामध्ये सबैभन्दा बढी रु ६१ अर्ब १९ करोड कर्जा पशुपालन पशु बधशाला शीर्षकमा र सबैभन्दा कम सुर्तीमा रु २० करोड ६५ लाख प्रवाह भएको छ । कृषि क्षेत्रमा प्रवाहित कर्जामा कोशी प्रदेशको अंश १६ दशमलव सात, मधेसको १८ दशमलव सात, बागमतीको ३६ दशमलव दुई, गण्डकीको सात दशमलव एक, लुम्बिनीको १५, कर्णालीको एक दशमलव पाँच र सुदूरपश्चिम प्रदेशको चार दशमलव सात प्रतिशत रहेको छ ।

 

यसैगरी गत असार मसान्तसम्ममा औद्योगिक क्षेत्रमा रु १६ खर्ब ९९ अर्ब ४९ करोड कर्जा प्रवाह भएको छ । कुल कर्जामध्ये औद्योगिक क्षेत्रमा प्रवाहित कर्जाको अंश ३० दशमलव ४२ प्रतिशत रहेको छ । औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैरखाद्य वस्तु उत्पादनसम्बन्धी उद्योगमा ३५ दशमलव २७, विद्युत्, ग्यास तथा पानीसम्बन्धी उद्योगमा २६ दशमलव २६, कृषि, वन तथा पेयपदार्थसम्बन्धी उद्योगमा २१ दशमलव ८५, निर्माणसम्बन्धी उद्योगमा ११ दशमलव ७०, धातुका उत्पादन, मेसिनरी तथा इलेक्ट्रोनिकसम्बन्धी उद्योगमा चार दशमलव २३ प्रतिशत र सबैभन्दा कम खानीसम्बन्धी उद्योगमा शून्य दशमलव ६९ प्रतिशत कर्जा प्रवाह भएको छ ।

 

प्रतिवेदनअनुसार गत असार मसान्तसम्म प्रवाहित औद्योगिक कर्जामध्ये बागमती प्रदेशमा सबैभन्दा बढी रु १२ खर्ब ८० अर्ब ९७ करोड अर्थात् यस शीर्षकमा प्रवाहित वार्षिक कर्जाको ७१ दशमलव तीन प्रतिशत रहेको छ । त्यसपछि कोशीको नौ दशमलव पाँच र लुम्बिनी प्रदेशको आठ दशमलव तीन प्रतिशत रहेको छ । मधेसको सात दशमलव पाँच, गण्डकीको एक दशमलव छ, कर्णालीको शून्य दशमलव दुई र सुदूरपश्चिमको एक दशमलव छ प्रतिशत रहेको छ ।

 

यस्तै, सेवा क्षेत्रमा गत आवको अन्त्यसम्म कर्जा प्रवाह रु २१ खर्ब ८४ अर्ब चार करोड पुगेको छ । यस अवधिमा बैङ्क तथा वित्तीय संस्थाबाट कुल कर्जामध्ये सेवा क्षेत्रमा प्रवाहित कर्जाको अंश मात्रै ३९ दशमलव एक प्रतिशत हुन आउँछ । सेवा क्षेत्रमा प्रवाह भएको कर्जामध्ये थोक तथा खुद्रा बिक्रेता उपक्षेत्रमा सबैभन्दा बढी ४७ दशमलव तीन प्रतिशत कर्जा प्रवाह भएको छभने ‘रियल स्टेट’ उपक्षेत्रमा १२ दशमलव दुई, पर्यटन उपक्षेत्रमा ११ दशमलव आठ, वित्त, बीमा तथा अचल सम्पत्ति उपक्षेत्रमा ११ दशमलव तीन, शिक्षामा छ दशमलव छ, यातायात, भण्डारण र सञ्चार क्षेत्रमा तीन दशमलव सात, अन्य सेवा उपक्षेत्रमा तीन दशमलव सात प्रतिशत र स्वास्थ्य र  अन्य सामाजिक कार्यसम्बन्धी उपक्षेत्रमा तीन दशमलव तीन प्रतिशत कर्जा प्रवाह भएको छ ।

 

सेवा क्षेत्रअन्तर्गत प्रवाहित कर्जामा बागमती प्रदेशको हिस्सा ५९ दशमलव पाँच प्रतिशत रहेको छ । यस्तै, लुम्बिनीको १० दशमलव तीन, कोशीको १० दशमलव एक र मधेस प्रदेशको नौ प्रतिशत रहेको छ । यस्तै, गण्डकीको छ दशमलव नौ, कर्णालीको एक दशमलव एक र सुदूरपश्चिम प्रदेशको तीन प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

नारायणगढ–गैँडाकोट आइकोनिक केबल–स्टेड पुल निर्माणले लियो गति

नारायणगढ (चितवन),  नारायणगढ र गैँडाकोट जोड्ने नारायणी नदीमाथि आधुनिक प्रविधियुक्त केबल–स्टेड ‘आइकोनिक पुल’ निर्माणले गति लिएको छ । निर्माण कम्पनी तुँदी कन्स्ट्रक्सन प्रालिले एक महिनाअघि पुल निर्माणको काम सुरु गरेको हो । कम्पनीका स्ट्रक्चरल इन्जिनियर सन्देश त्रिपाठीका अनुसार हाल पुल निर्माणको काम ‘टेस्टिङ फेज’मा रहेको...

‘भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्न सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य’

काठमाडौँ,  गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पबाट हुने क्षति न्यूनीकरणका लागि सुरक्षित निर्माण, बसोबास र व्यवहार अपरिहार्य रहेको बताउनुभएको छ । २८औँ भूकम्प सुरक्षा दिवसका अवसरमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित कार्यक्रममा उहाँले भूकम्पीय जोखिम कम गर्न दीर्घकालीन जनचेतना आवश्यक भएको बताउनुभयो...

पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

काठमाडौँ,  नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

उत्पादकत्व वृद्धि गर्न कृषि पकेट क्षेत्र निर्धारण

दोधारा चाँदनी (कञ्चनपुर),  कृषि उत्पादन र उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले कृषि ज्ञान केन्द्र महेन्द्रनगरले कञ्चनपुरका नौवटा पालिकामा कृषि पकेट क्षेत्र निर्धारण गरेको छ ।पकेट क्षेत्रमार्फत निश्चित भौगोलिक क्षेत्रमा विशेष बाली तथा उत्पादनलाई प्राथमिकता दिई आधुनिक कृषि प्रविधि, सिँचाइ सुविधा, उन्नत बीउबिजन र प्राविधिक सहयोग...

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ,  विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

आलोपालो दिवा खाजा बनाउँछन् भाग्योदयका अभिभावक

वालिङ (स्याङ्जा),  स्याङ्जाको भीरकोट नगरपालिका–६ उजेलीडाँडामा रहेको भाग्योदय माध्यमिक विद्यालयका अभिभावकले विद्यालयमै उपस्थित भएर दिवा खाजा बनाउने गरेका छन् ।   नेपाल सरकारले बाल सिकाइदेखि कक्षा ६ सम्मका विद्यार्थीलाई निःशुल्क दिवा खाजा उपलब्ध गराएकाले अभिभावकले आलोपालो विद्यालयमा उपस्थित भएर खाजा बनाएर खुवाउने गरेका हुन् । विद्यालयमा...

भेरी अस्पतालमा भिरिङ्गी रोगसम्बन्धी अनुसन्धान सुरु

नेपालगन्ज, भेरी अस्पताल नेपालगन्जमा सिफलिस (भिरिङ्गी) रोगसम्बन्धी अनुसन्धान यहाँ सुरु गरिएको छ । किशोर तथा किशोरीमा देखिएको जोखिमपूर्ण यौन सम्बन्धका कारण सिफलिस देखिएकाले यसको आर्थिक तथा सामाजिक अध्ययन गर्न एकवर्षे वैज्ञानिक अध्ययन सुरु भएको भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट, छाला तथा यौन रोग विशेषज्ञ डा...

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ,  भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९