पाँच वर्षमा अवैध ‘भर्चुअल’ सम्पत्तिका ६५८ शङ्कास्पद कारोबार

काठमाडौँ,  नेपालमा अवैध मानिएको ‘भर्चुअल’ सम्पत्तिको शङ्कास्पद कारोबार पछिल्ला वर्षमा बढ्दै गएको छ । नेपाल राष्ट्र बैङ्कको वित्तीय जानकारी एकाइले बिहीबार सार्वजनिक गरेको भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) सम्बन्धी रणनीतिक विश्लेषण प्रतिवेदन, २०२५ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२५ अन भर्चुअल एसेट) अनुसार पछिल्लो पाँच वर्षमा मात्र ६५८  शङ्कास्पद कारोबारको राष्ट्र बैङ्कले जानकारी पाएको छ ।

 

नेपालमा भर्चुअल सम्पत्ति (भर्चुअल एसेट) को कारोबार अवैध हो । बिटकोइन, इथेरियम जस्ता क्रिप्टो, स्टेबलकोइन, युटिलिटी टोकन तथा अन्य टोकनाइज्ड एसेट भर्चुअल सम्पत्तिभित्र पर्छन् । जसलाई व्यापार गर्न, स्थानान्तरण गर्न, भुक्तानी तथा लगानीका लागि प्रयोग गर्ने गरिन्छ । प्रतिवेदनअनुसार २०२१ जनवरीदेखि २०२५ जुलाईसम्ममा ६५८ शङ्कास्पद कारोबार र शङ्कास्पद गतिविधिको जानकारी राष्ट्र बैङ्कअन्तर्गतको वित्तीय जानकारी एकाइले पाएको छ । सन् २०२१ मा १३, सन् २०२२ मा १७३, सन् २०२३ मा १३८ र सन् २०२४ मा २५२ वटा यस्तो कारोबार र गतिविधिको जानकारी एकाइलाई आएका छन् ।

 

त्यस्तै, २०२५ को जुलाई १६ सम्ममा ८२ कारोबार र गतिविधिको जानकारी राष्ट्र बैङ्कले पाएको छ । हालसम्म प्राप्त शङ्कास्पद कारोबार ‘रिपोर्ट’अनुसार सबैभन्दा धेरै ९१ प्रतिशतभन्दा बढी अर्थात् ६ सयवटा वाणिज्य बैङ्कका छन् । त्यस्तै, ४८ विकास बैङ्क, ६ वटा रेमिट्यान्स कम्पनी, दुई वित्त कम्पनी, एउटा भुक्तानी प्रणाली सञ्चालक र एउटा स्टक ब्रोकरसँग सम्बन्धित रहेको छ । यसरी जानकारीमा आएका शङ्कास्पद कारोबार र गतिविधिलाई राष्ट्र बैङ्कले विभिन्न निकायमा पठाउने गरेको छ ।

 

प्रतिवेदनअनुसार पछिल्लो पाँच वर्षमा राष्ट्र बैङ्कले २३२ वटा नेपाल प्रहरीलाई, ११५ वटा राजस्व अनुसन्धान विभागलाई, ६ वटा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई, तीनवटा राष्ट्र बैङ्कअन्तर्गतको भुक्तानी सेवा विभागलाई र एउटा आन्तरिक राजस्व विभागलाई पठाएको छ । राष्ट्र बैङ्कका निर्देशक तथा वित्तीय जानकारी एकाइका प्रमुख वासुदेव भट्टराई शङ्कास्पद कारोबार बारेका जानकारी विभिन्न अनुसन्धान निकायलाई उपलब्ध गराएको र ती निकायबाट थप अनुसन्धान अघि बढ्ने बताउनुहुन्छ ।

 

“हामीले जानकारीमा आएका शङ्कास्पद भर्चुअल सम्पत्तिको कारोबारसँग सम्बन्धित विवरण विभिन्न निकायलाई उपलब्ध गराएका छौं । थप अनुसन्धान गर्ने, अदालतमा मुद्दा अभियोजन गर्ने र त्यहाँ पुष्टि भएपछि मात्रै यस्तो कारोबार भए–नभएको यकिन हुने हो,” उहाँले भन्नुभयो ।

 

भर्चुअल सम्पत्तिको शङ्कास्पद कारोबार गर्ने व्यक्तिको उमेर समूह हेर्ने हो भने ३५ प्रतिशत २६ देखि ३० वर्षका, २० प्रतिशत २१ देखि २५ वर्षसम्मका, २० प्रतिशत ३१ देखि ३५ वर्षका, १२ प्रतिशत ३६ देखि ४० वर्षका, १० प्रतिशत ४१ वर्षभन्दा माथि र तीन प्रतिशत १६ देखि २० वर्ष उमेर समूहका रहेका छन् । यस्तो शङ्कास्पद कारोबारमा सबैभन्दा धेरै २९ प्रतिशत विद्यार्थी रहेको पाइएको छ । त्यस्तै, २१ प्रतिशत जागिरे, १९ प्रतिशत विभिन्न व्यवसायका मालिक, पाँच प्रतिशत कृषि, दुई प्रतिशत इञ्जिनियर, नौ प्रतिशत वैदेशिक रोजगारमा गएका व्यक्ति तथा चार प्रतिशत स्वरोजगार रहेका छन् ।

 

चिकित्सक, धार्मिक व्यक्ति र गृहिणी समान एक–एक प्रतिशत छन् । २६ प्रतिशत व्यक्तिको बैङ्क अकाउन्ट बाइनान्स, क्रिप्टो, विटक्वाइन, हाइपर फन्ड, हाइपरभर्स, एमटी क्वाइनजस्ता भर्चुअल सम्पत्तिको खरिद–बिक्रीमा जोडिएको भनेर उनीहरुकै बैङ्क स्टेटमेन्टबाट देखिएको पनि प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, १६ प्रतिशत व्यक्ति भर्चुअल सम्पत्तिको कारोबारमा संलग्न रहेको भनेर विभिन्न अनौपचारिक स्रोतबाट र इमेलबाट जानकारी पाएको, दुई प्रतिशत व्यक्तिले क्रिप्टो व्यापारका लागि अर्को व्यक्तिको बैङ्क खाता प्रयोग गर्ने (मनी म्युल) को प्रयोग गर्ने गरेका कारण शङ्कामा परेको राष्ट्र बैङ्कले जनाएको छ ।

 

त्यस्तै, पाँच प्रतिशत क्रिप्टो विटक्वाइन तथा स्केल टोकन खरिदका लागि डलर कार्डको प्रयोग गर्ने गरेको, दुई प्रतिशत ग्याम्बलिङ र क्रिप्टोमा संलग्न भएको, दुई प्रतिशत क्रिप्टो र हुन्डीमा संलग्न रहेको तथा चार प्रतिशतले क्रिप्टो फ्रड अर्थात् अरू व्यक्तिले त्यस्तो कारोबारका लागि प्रेरित गरेको प्रतिवेदनमा उल्लेख छ । बयालिस प्रतिशत भने उनीहरुको कारोबारको अवस्था हेरेर शङ्कामा परेको प्रतिवेदनमा जनाइएको छ । उनीहरुको बैङ्क खातामा पटक–पटक रकम जम्मा गर्ने र झिक्ने गरेको पाइएका कारण शङ्कास्पद कारोबारका रुपमा चित्रित गरिएको प्रतिवेदनमा उल्लेख छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९