कञ्चनपुरका तीन क्षेत्रमा ५५ उम्मेदवारद्वारा मनोनयन दर्ता

दोधारा चाँदनी(कञ्चनपुर),  आगामी फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि कञ्चनपुरमा ५५ जनाले मनोनयन दर्ता गराएका छन् । तीन निर्वाचन क्षेत्र रहेको कञ्चनपुरमा क्षेत्र नम्बर १ र २ मा १९÷१९ जना तथा क्षेत्र नम्बर ३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

 

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी, नेकपा (एमाले) बाट तारा लामा तामाङ र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट बीना मगरले उम्मेदवारी दर्ता गराउनुभएको छ । त्यसैगरी अनिल राना, मञ्जुदेवी सुनार, यादव सिंह र रुपादेवी विष्टले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
राप्रपाबाट  दिल्लीबहादुर शाही, नेपाल मजदुर किसान पार्टीबाट कटक जहादुर शाही, नागरिक उन्मुक्तीबाट कृष्णबहादुर चौधरी, संयुक्त नागरिकबाट दानियल विक, प्रगतिशिल लोकतान्त्रिक पार्टीबाट देवेन्द्रबहादुर शाही, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट पुरन राना थारु, उज्याले नेपालबाट माइकल तामाङले मनोनयन दर्ता गराएका छन् । त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट राजाराम डँगौरा, आम जनता पार्टीबाट सीता विक, मितेरी पार्टी नेपालबाट सियाराम राना र मङ्गोल नेश्नल अर्गनाइजेशनबाट हुमबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

 

त्यसैगरी क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट नारायणप्रकाश (एनपी) साउँद, नेकपा (एमाले)बाट बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)बाट माधव पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक बोहराले उम्मेदवारी दर्ता गराएको क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार यस क्षेत्रमा स्वतन्त्र र पार्टीबाट गरी १९ जनाको  उम्मेदवारी दर्ता भएको छ ।

 

त्यस्तै निर्वाचन क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट हरिप्रसाद बोहरा, नेकपा (एमाले)बाट डा दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महताले उम्मेदवारी दर्ता गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)बाट कर्णबहादुर चन्द, मितेरी पार्टी नेपालबाट किरना थापा, श्रम संस्कृति पार्टीबाट गङ्गादत्त जोशी, राप्रपाबाट पूर्णबहादुर चन्द, उज्यालो नेपालबाट भीम कुमाल, नेपाल मजदुर किसान पार्टीबाट मीनु गिरी, आम जनता पार्टीबाट लक्ष्मीकुमारी विष्टले मनोनय दर्ता गराएका छन् ।

 

राष्ट्रिय जनमोर्चाबाट लालबहादुर कुँवर, राष्ट्रिय मुक्तीबाट लोकराज भट्ट, नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट विष्णुप्रकाश उपाध्यायले मनोनय दर्ता गरेका छन् । हर्कबहादुर ऐर, वीरसिंह क्षेत्री र थानेश्वर लेखकले स्वतन्त्रबाट उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ताराप्रसाद जोशीले जानकारी दिनुभयो ।राष्ट्रिय समचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन

वैज्ञानिक मिडियाको समाचारपछि सदावहार सामुदायिक वन अतिक्रमणमा मन्त्रालयद्वारा कारबाही निर्देशन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग

खेल क्षेत्रमा लगानी बढाउन बालबालिकाको माग...

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक

वरिष्ठ श्रष्ठा पराजुलीको ऐतिहासिक उपन्यास ‘बखान’को दोस्रो संस्करण सार्वजनिक...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९