कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ३ स्थित रानीकुण्डामा आज बिहान ५ बजे पराल टौवामा आगो लागेको छ। झन्डै डेढ बिघा परालमा आगो लागेको जानकारी प्राप्त भएको छ।
अहिलेसम्म सोही वडामा १५ ठाउँमा आगलागीका घटनाहरू भइसकेको छन्। आगो कसले र किन लगाइरहेको हो भन्ने विषयमा प्रहरी छानबिन गरिरहेको भए तापनि अहिलेसम्म दोषी पत्ता लाग्न सकेको छैन।
आज बिहान मात्रै बर्दगोरिया गाउँपालिका कार्यपालिका सदस्य भीमबहादुर विश्वकर्माको पराल टौवामा आगो लागेको घटना वडावासी र स्थानीय आम नागरिकमा चिन्ता बढाएको छ। वडामा लामो समयदेखि आगलागीका घटनाहरू दोहोरिरहेको स्थानीयहरूले बताएका छन्।
प्रहरीले घटनाको छानबिन गर्दै आगलागी नियन्त्रणका लागि स्थानीयहरूको सहयोग आवश्यक रहेको बताएका छन्।





















































































































































