सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत

सुदूरपश्चिम,  नेपाल कुष्ठरोग निवारणको देश घोषणा भइसके पनि कैलालीसहित देशका कतिपय जिल्लामा यो रोग अझै समस्याका रूपमा रहेको छ । नयाँ पत्ता लाग्ने कुष्ठरोगीको सन्दर्भमा कैलालीसहित देशभरका १६ जिल्ला चुनौतीपूर्ण अवस्थामा रहेको स्वास्थ्यकर्मीले बताएका छन् । स्वास्थ्य निर्देशनालय दिपायलका क्षयकुष्ठ अधिकृत मनोज ओझाले प्रदेशको कैलालीमा यो रोग पत्ता लाग्ने दर बढ्दै गएको बताउनुभयो ।

 

“समग्र देशको सन्दर्भमा कुष्ठ रोग निवारण भइसकेको छ”, उहाँले भन्नुभयो, “सुदूरपश्चिम प्रदेशमा वार्षिक रूपमा बिरामी आउँछन्, सोको करिब ६८ प्रतिशत कैलालीमा देखिएका छन् ।” रोगी पत्ता लाग्ने दर नघट्दा यसको निवारण चुनौतीपूर्ण बन्न थालेको उहाँको भनाइ छ ।

 

समग्र देशको तथ्याङ्क भने प्रतिदश हजार जनसङ्ख्यामा शून्य दशमलव आठदेखि शून्य दशमलव नौ जना रोगी फेला पर्ने गरेका क्षयकुष्ठ अधिकृत ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिदश हजार जनसङ्ख्यामा एकभन्दा कम कुष्ठरोगी फेला परेमा रोग निवारण भएको मानिने विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड छ ।

 

नेपाललाई सन् २०१० मा कुष्ठरोग निवारण भएको देश घोषाणा गरिएको थियो । लगातार पाँच वर्षसम्म स्थानीय तहमा १५ वर्ष मुनिका बालबालिकामा रोग नदेखिएको हुनपर्ने निवारणको अर्को मापदण्ड पछिल्ला वर्षमा बनाइएको ओझाले बताउनुभयो । उहाँका अनुसार सरकारले सन् २०३० सम्म कुष्ठरोग शून्यमा झार्ने लक्ष्य लिएको छ ।

 

यसका लागि कुष्ठ रोगीको सक्रिय खोज पड्ताल, जनचेतनामूलक कार्यक्रम, बहुऔषधिको व्यवस्थापनलगायत गतिविधि भइरहेका उहाँले जानकारी दिनुभयो । “पत्ता लागेका रोगीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आइएको छ । सुदूरपश्चिम प्रदेशको हकमा कैलाली, कञ्चनपुर र अछाम जिल्लालाई केन्द्रमा राखेर खोजपड्ताललगायत गतिविधि भइरहेका छन्”, उहाँले भन्नुभयो ।

 

स्वास्थ्यकर्मीका अनुसार रोगको उपचारभन्दा सामाजिक दृष्टिकोण परिवर्तन गर्न ठूलो चुनौती देखिएको छ । कुष्ठरोग निवारणमा स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भए पनि बजेट अभाव देखाउँदै धेरै स्थानीय तहले यो विषयलाई प्राथमिकतामा राख्ने गरेको पाइँदैन ।

 

कुष्ठ रोगप्रति नकारात्मक सामाजिक दृष्टिकोण भएकाले कतिपय प्रभावित व्यक्ति रोग लुकाएर बस्ने गरेका स्वास्थ्यकर्मी बताउँछन् । यसले रोग पहिचानमा समस्या सिर्जना गर्नुका साथै रोग फैलिन सक्ने जोखिम बढाउने क्षयकुष्ठ अधिकृत ओझाले बताउनुभयो ।

 

यसले बिरामीको उपचारमा ढिलाइ भएर अपाङ्गता हुने र मानसिक स्वास्थ्यमा गम्भीर असर पार्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताउनुभयो । “कुष्ठरोग सर्ने रोग भए पनि नियमित औषधि सेवन गरेपछि पूर्ण रूपमा निको हुन्छ । रोगीले लक्षण अनुसार बढीमा दुई वर्षसम्म नियमित औषधि खाएमा रोग निको हुन्छ”, उहाँले भन्नुभयो ।

 

प्रदेशका कैलाली र कञ्चनपुरमा नयाँ बिरामी पत्ता लाग्ने दर बढी छ । स्वास्थ्य निर्देशनालयको तथ्याङ्कअनुसार प्रदेशका केही जिल्लामा रोग पत्ता लाग्ने क्रम घट्दो रूपमा देखिए पनि तराईका मुख्य सहरी तथा अर्धसहरी क्षेत्र अझै जोखिममा छन् ।

 

प्रतिदश हजार जनसङ्ख्यामा वर्षको अन्त्यसम्म उपचारमा रहेका कुष्ठरोगीको दर (प्रिभेलेन्स) सबैभन्दा बढी कैलाली जिल्लामा एक दशमलव ५७ छ । कञ्चनपुरमा यो दर शून्य दशमलव ७५ छ भने अछाममा शून्य दशमलव ६९ रहेको छ । डोटीमा शून्य दशलव ३०, डडेलधुरामा शून्य दशमलव २९, दार्चुलामा शून्य दशमलव २३, बैतडीमा शून्य दशमलव ०८ र बझाङमा शून्य दशमलव ०४ देखिएको छ । बाजुरामा हाल उपचारमा रहेका कुष्ठरोगी शून्य देखाएका छन् ।
स्वास्थ्यकर्मीका अनुसार तराईका जिल्लामा कुष्ठरोग बढी देखिनुका कारण बहुआयामिक छन् । जनघनत्व बढी हुनु, आन्तरिक तथा सीमापार आवतजावत, गरिबी, सरसफाइको कमी र जनचेतनाको अभाव प्रमुख कारणका रूपमा लिइन्छ । खुला सिमानाका कारण भारतका विभिन्न क्षेत्रसँग निरन्तर सम्पर्क हुँदा सङ्क्रमण फैलिने जोखिम बढेको बताइन्छ ।राष्ट्रिय समाचार समिति (रासस)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा (सुनसरी),  सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।     नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९