आत्मनिर्भर बन्दै रौतहटका महिलाहरू

चन्द्रपुर (रौतहट),  चन्द्रपुर नगरपालिका–७ वनबहुअरीकी दुखनी थरुनीलाई हिजोआज तरकारी टिप्न र बेच्न भ्याइनभ्याइ छ । करिब पाँच कठ्ठा आफ्नै जमिनमा व्यावसायिक रूपमा लगाइएको तरकारी बालीले थरुनीलाई व्यस्त बनाएको छ भने आर्थिक रूपमा पनि सबल बनाएको देखिन्छ ।

 

 

लौका, करेला, घिरौलालगायतका तरकारी अहिले उहाँको बारीमा लटरम्म छन् । दैनिक रु एक हजार ५०० देखि दुई हजारसम्मको तरकारी बिक्री गर्ने गरेको तरकारी कृषक थरुनी बताउनुहुन्छ । उहाँले आफ्ना ग्राहकलाई बारीबाटै तथा बाँकी रहेको तरकारी स्थानीय हाटबजारमा लगेर बिक्री गर्नुहुन्छ । दैनिक आम्दानी हुन थालेपछि थरुनीको आर्थिक अवस्थामा उल्लेखनीय सुधार आएको छ । आर्थिक सम्पन्नतासँगै महिला हिंसा तथा आफ्ना हकअधिकारबारे समेत सचेत र सक्षम भएको उहाँको भनाइ छ ।

 

 

वडा नं. ७ कै दिलकुमारी काफ्लेले पनि व्यावसायिक रूपमा बाख्रापालन गरेर मनग्य आम्दानी गर्न थाल्नुभएको छ । बाख्रापालनबाट आफू आर्थिक रूपमा सबल बनेको उहाँ बताउनुहुन्छ । सोही गाउँकी सुनिता माझीले पनि किराना पसल सञ्चालन गरेर आफूलाई व्यस्त मात्र राख्नुभएको छैन, त्यसबाट हुने आम्दानीले पारिवारिक खर्च सहज रूपमा धान्नुभएको छ ।

 

 

यस्तै, राजपुर नगरपालिका–९ बैरियाकी मिनादेवीले पनि व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ । तरकारी खेतीबाट भएको आम्दानीले छोराछोरी पढाउनेदेखि घरखर्च चलाउन सहज भएको उहाँ बताउनुहुन्छ । सोही ठाउँकी गुलसन खातुनले घरमै टेलरिङ व्यवसाय सञ्चालन गरेर स्वरोजगार बन्नुभएको छ । घरखर्च चलाउन र व्यक्तिगत खर्चका लागि कसैसँग पैसा माग्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ ।

 

 

त्यस्तै, राजपुर–५ स्कुलटोलकी जरिमा खातुनले टेलरिङ व्यवसाय सञ्चालन गरेर तीन छोरा र तीन छोरीलाई पढाउन सफल भएको बताउनुभयो । आर्थिक रूपमा सबल हुनुका साथै समाजमा हुने लैङ्गिक हिंसा न्यूनीकरण अभियानमा पनि उहाँ सक्रिय हुनुहुन्छ ।

 

 

यी केही उदाहरणबाहेक पनि यहाँका अधिकांश महिला कुनै न कुनै व्यवसायमार्फत आफू र परिवारको आर्थिक स्तर सुधार्न सक्षम बनेका छन् । यस्ता महिलाहरू जिल्लामा एक हजारभन्दा बढी रहेका छन् । ग्रामीण विकास केन्द्र नेपालद्वारा सञ्चालित लैङ्गिक हिंसा न्यूनीकरण परियोजनाअन्तर्गत आबद्ध करिब एक हजार महिला अहिले स्वरोजगारका साथै आर्थिक रूपमा सबल बन्दै गएका छन् ।

 

 

केन्द्रले इस्लामिक रिलिफ क्यानाडाको आर्थिक सहयोग तथा इस्लामिक रिलिफ नेपालको व्यवस्थापकीय सहयोगमा केही वर्षदेखि लैङ्गिक हिंसालाई सम्बोधन गर्न महिला, पुरुष तथा बालबालिकाको सामाजिक–आर्थिक सशक्तीकरण परियोजना सञ्चालन गर्दै आएको छ ।

 

 

राजपुर र चन्द्रपुर नगरपालिकाका १२ वटा वडामा विद्यमान लैङ्गिक हिंसालाई सम्बोधन गर्दै लक्षित समुदायको सामाजिक तथा आर्थिक सशक्तीकरण गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिएको तथा स्वास्थ्य सुधार सुनिश्चित गरी लैङ्गिक हिंसा न्यूनीकरण गर्ने लक्ष्य रहेको परियोजनाका प्रमुख धर्मेन्द्र साहले बताउनुभयो । उहाँका अनुसार राजपुर नगरपालिकाका वडा नं. १, २, ३, ४, ५, ६ र ९ तथा चन्द्रपुर नगरपालिकाका वडा नं. १, २, ५, ७ र ८ मा आर्थिक सशक्तीकरणमार्फत लैङ्गिक हिंसाबाट प्रभावित वा उच्च जोखिममा रहेका महिलालाई समाजमा पुनःस्थापना गर्ने तथा लैङ्गिक हिंसासम्बन्धी जोखिम कम गर्दै जाने परियोजनाको मुख्य उद्देश्य रहेको छ ।

 

 

चन्द्रपुर नगरपालिकामा १७ वटा समूहमा आबद्ध ४३० जना तथा राजपुर नगरपालिकामा २३ वटा समूहमा आबद्ध ५८० जनाभन्दा बढी महिलालाई प्रतिव्यक्ति रु ६५ हजारका दरले व्यवसाय सञ्चालनका लागि नगद सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । महिलाहरूको रुचिअनुसारका कार्यक्रमलाई सहयोग गर्दै आएको पनि उहाँले बताउनुभयो ।

 

 

सोही परियोजनाअन्तर्गत सामाजिक सशक्तीकरणका लागि सामुदायिक सिकाइ तथा संरक्षण केन्द्र स्थापना गरी लैङ्गिक हिंसा न्यूनीकरणका कार्यक्रम सञ्चालन भइरहेको छ । किशोरीहरूलाई लक्षित गरी चन्द्रपुर नगरपालिकाका परियोजना सञ्चालित पाँचवटै वडामा १० सामुदायिक सिकाइ तथा संरक्षण केन्द्र सञ्चालनमा रहेका छन् भने राजपुर नगरपालिकाका सात वडामा १४ वटा केन्द्र सञ्चालनमा रहेका छन् । परियोजनाका अनुसार हालसम्म दुई हजार ४०० बालबालिकाले ती केन्द्रमार्फत रूपान्तरण कोर्स पूरा गरिसकेका छन् । विद्यालय वा मदरसाबाट बाहिर रहेका किशोरीहरूलाई रूपान्तरण विधिमार्फत जीवनोपयोगी सीप सिकाउँदै सामाजिक अभियानमा सहभागी गराउने तथा नेतृत्व विकासमा सहयोग गर्ने लक्ष्य राखिएको साहले बताउनुभयो ।

 

 

महिलाहरूलाई व्यवसायसँगै आवश्यक तालिम, वित्तीय साक्षरता तथा समय–समयमा प्रशिक्षण दिने र घरका पुरुष सदस्यलाई समूहमा आबद्ध गरी लैङ्गिक हिंसा तथा महिला अधिकारबारे प्रशिक्षण दिइँदै आएको ग्रामीण विकास केन्द्रका अध्यक्ष पारस हुसेनले बताउनुभयो । उहाँका अनुसार समूहका महिलालाई वित्तीय साक्षरता, अन्तरपुस्ता संवाद, नेतृत्व विकासलगायत विषयमा क्षमता अभिवृद्धि गर्ने खालका प्रशिक्षण सञ्चालन भइरहेको छ ।रमेश तिमलसिना/रासस8

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९