इटा उद्योगीहरुद्धारा कर्जाको किस्ता र व्याँज बुझाउने अवधि बृद्धिको माग

भक्तपुर। भक्तपुरका इटा उद्योगीहरुले सरकारसँग कर्जाको किस्ता र ब्याँज बुझाउने अवधि बृद्धिको माग राखेका छन् ।भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरवार काठमाडौंसमक्ष उनीहरुले उक्त माग राखेका हुन् । त्यसका लागि उनीहरुले बुधबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।भौतिक संरचना निर्माणको लागि आबश्यक सामग्रीहरुमध्ये ईटा प्रमुख वस्तुमा पर्दछ, ज्ञापनपत्रमा भनिएको छ, देशभर उत्पादित ईटाले यसको माग परिपूर्ति गर्दै आएको छ । सले ईटा आयात गर्नुपर्ने अवस्था रहेको छैन । ईटा उद्योग सुख्खा याममा संचालन हुने र गरीवीको रेखामुनी रहेका जनताहरुलाई रोजगार दिने खुला आकाश मुनी सञ्चालन हुने मौसमी उद्योग भएको भन्दै यस उद्योग सञ्चालनको समयमा बेमौसमी वर्षाले ठूलो परिमाणमा काँचो ईटा नष्ट हुन गइ लगानी डुब्न जाने र कामदारहरुलाई पेश्की बाँड्नु पर्ने भएकोले लगानी जोखिम उद्योगको रुपमा पनि लिइने उनीहरुको भनाई छ ।२०७६ सालको कोभिड १९ संक्रमणको समयदेखि नै ईटा उद्योग संचालनको अवस्था दयनीय रहेको, २०७७ सालमा पनि काभेडिको संक्रमणको अवस्था यथावत जस्तै रहेकोले सो बर्ष पनि पर्याप्त कामदारहरु नआएको उनीहरुको जानकारी गराए । यसले भक्तपुर जिल्लामा संचालित ईटा उद्योगहरु पूर्ण रुपमा बन्द रहेको उनीहरुले जनाए । ‘आ.व. २०७८-७९ र २०७९-८० सम्म पनि जिल्लामा रहेका ईटा उद्योगहरुमध्ये ६०-७० प्रतिशत मात्र ईटा उद्योगहरु संचालनमा आएका र त्यसरी संचालित ईटा उद्योगहरुले पनि ५०-६० प्रतिशत अर्थात् २-३ राउण्ड मात्र ईटा उत्पादन गरी उद्योग बन्द गर्नुपरेको थियो,’ ज्ञापनपत्रमा भनिएको छ,  यसरी ईटा उद्योगहरु संचालनको संख्यामा ¥हास आउनु र ईटा उद्योग संचालनमा नैराश्यता छाउनुमा कोइलाको मूल्यबृद्धि हुनु, कोइला खरिद गर्दा अग्रीम रकम पठाउनुपर्ने प्रावधान हो ।यसले गर्दा गुणस्त्तरिय कोइला आपूर्ति नभएको र उद्योगीहरुमा वित्तीय संकटका कारण बिषम परिस्थिति सृजना हुन गएकोले यस आर्थिक संकटको अवस्थालाई मनन गरी ईटा उद्योगीहरुलाई पर्न गएको वित्तीय संकटलाई सम्वोधनको लागि पहल हुन मन्त्री समक्ष हार्दिक अनुरोध गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लगानी, पुर्नकर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी एवम् आम सर्वसाधारणले सहज तरिकाले कर्जा पाउन नसक्दा र विगतको कोभिड महामारीको असर तथा रसिया युक्रेन युद्धका कारणले व्यापार व्यवसायमा हास आउँदा भौतिक संरचना निर्माणको गति प्राय ठप्प हुन गइ निर्माण सामग्रीहरुको माग न्यून अवस्थामा रहेकोले विगत २-३ वर्ष अगाडिबाट उत्पादित ईटा समेत विक्रीवितरण हुन नसकी उद्योग परिसरमा नै ठूलो परिमाणमा ईटा स्टक रहंदा ईटा उद्योगी व्यवसायीहरुमा चरम वित्तीय संकट सृजना भएको उनीहरुले बताए । यस्तो अवस्थामा उद्योगीहरुले वैंक तथा वित्तीय संस्थावाट लिएको ऋणको किस्ता र व्याज तोकिएको भाखामा नै बुझाउन नसकेको यथार्थता रहेको पीडा उनीहरुले पोखेका छन् ।एकातर्फ निर्माण कार्य गरे वापत व्यवसायीहरुले समयमा नै भुक्तानी पाउन नसक्दा यसको प्रत्यक्ष असर ईटा उद्योगहरुमा पर्न गएको छ भने अर्कोतर्फ नेपाल सरकारले आ.व. २०७७÷७८ र २०७८÷७९ मा पूंजीगत शीर्षकमा एकदमै न्यून रकम खर्च गरेको कारण भौतिक निर्माण कार्यले गति लिन नसक्दा अपेक्षाकृत रुपमा ईटा विक्री वितरण हुन नसकी ईटा उद्योगहरुमा पूजीँ अभाव भएको भनाई उनीहरुको थियो । आगामी दिनमा उद्योग संचालन गर्नसक्ने सामथ्र्य नै नभएर ईटा उद्योगीहरु पानी विनाको माछा झैं छटपटाइरहेका छन्, उनीहरुको सामूहिक भनाई थियो । हालका दिनमा उद्योग व्यवसायहरु आर्थिक संकटको चपेटाले तहस नहस भइरहेको उनीहरुले बताए । यस प्रकारको गंभिर आर्थिक संकटवाट ईटा उद्योगहरु पनि अछुतो रहेका छैनन्, उनीहरुले भने, जिल्लामा संचालित ईटा उद्योगहरुमाथि मडारिरहेको आर्थिक संकटको कालो वादल हटाउन मन्त्रीज्यूबाट पहल हुनेछ भन्ने विश्वास लिएका छौं । ऋण उपलव्ध गराउने वित्तीय संस्थाहरुले ईटा उद्योगीहरुले लिएको ऋणको किस्ता र व्याज बुझाउन ताकेता गर्दा भाखाभित्र साँवा र व्याँजको किस्ता बुझाउन नसक्दा धितो सुरक्षण वापत बैंक तथा वित्तीय संस्थालाई दिएको जेथाजमानी (घरजग्गा) लिलाम विक्रीको प्रक्रियालाई अगाडि वढाउंदै उद्योगीहरुको उठिबास गराउने काम भैरहेको उनीहरुको भनाई छ । यस संकटपूर्ण अवस्थाको गम्भीर्यतालाई हृदयंगम गरी तत्कालको लागि बैंकको व्याजदरलाई एकल अंक (सिंगल डिजिट) मा राखी ईटा उद्योगीहरुले लिइरहेको कर्जाको साँवा र व्याँजको किस्ता बुझाउने अवधी २०८२ साल आषाढ मसान्तसम्म कायम गर्ने गरी ईटा उद्योगीहरुको निर्विकल्पीय माग कार्यान्वयन गर्ने गराउने व्यवस्थाको लागि उनीहरुले अनुरोध गरे । ज्ञापनपत्र संघका कार्यबाहक अध्यक्ष आशाकाजी त्वानाबासुले हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ तीन पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१...

आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकामा पाकिस्तानद्वारा बधाई

काठमाडौँ,  पाकिस्तानले आमनिर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा नेपाली जनता र नेपाल सरकारलाई बधाई दिएको छ ।यहाँस्थित पाकिस्तानी दूतावासका अनुसार पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दरले एक सन्देशमार्फत नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक बधाई ज्ञापन गर्नुभएको हो ।   पाकिस्तानले नेपालसँगको भ्रातृपूर्ण सम्बन्धलाई अत्यन्त महत्व दिने उल्लेख...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ४०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ४८, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ५०, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर

त्रिवेणी (नवलपरासी), नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा अवस्थित यस मन्दिरमा पछिल्लो समय दर्शनार्थीको चाप बढ्दै गएको छ ।     समुद्री सतहबाट...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

सुर्खेत— १ मा कांग्रेसका विष्णुबहादुर खड्का विजयी

कर्णाली,  सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार विष्णुबहादुर खड्का २६ हजार ८९७ मतसहित विजयी हुनुभएको छ । निर्वाचन अधिकृत कैलाशप्रसाद भट्टराईका अनुसार निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का ध्रुवकुमार शाहीलाई आठ हजार सात अन्तरले उहाँ निर्वाचित हुनुभएको हो । यहाँ शाहीले...

कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी दिनुभयो । उक्त क्षेत्रमा नेपाली कांग्रेसका नारायण प्रकाश साउँद (एनपी)ले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट (बागलुङ),  बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय बन्द गरिएको छ । ढोरपाटन नगरपालिका ७, ८ र ९ वडाका बोबाङ, सेरावाङ र लाकुरीबोट गाउँमा दादुरा फैलिएको छ ।   यस क्षेत्रका ५० जनामा दादुरासँग मिल्दोजुल्दो लक्षण देखिनुका साथै २२ जनाको बुर्तिबाङ अस्पताल उपचार...

कञ्चनपुर–२ बाट नवनिर्वाचित रास्वपा नेता बोहराद्वारा महाकाली अस्पतालको निरीक्षण

दोधारा चाँदनी (कञ्चनपुर),  कञ्चनपुर प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक बोहराले महाकाली प्रादेशिक अस्पताल निरीक्षण गरी सेवा–सुविधाबारे जानकारी लिनुभएको छ । आज निर्वाचित भएपछि उहाँ अस्पतालको सेवा सुविधाबारे जानकारी लिन अस्पताल पुग्नुभएको थियो । उहाँलाई...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९