Baigyanik Media

Advertisement

Skip Ad

इटा उद्योगीहरुद्धारा कर्जाको किस्ता र व्याँज बुझाउने अवधि बृद्धिको माग

भक्तपुर। भक्तपुरका इटा उद्योगीहरुले सरकारसँग कर्जाको किस्ता र ब्याँज बुझाउने अवधि बृद्धिको माग राखेका छन् ।भक्तपुरका प्रमुख जिल्ला अधिकारीमार्फत नेपाल सरकार अर्थ मन्त्रालय सिंहदरवार काठमाडौंसमक्ष उनीहरुले उक्त माग राखेका हुन् । त्यसका लागि उनीहरुले बुधबार भक्तपुरका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठलाई ज्ञापनपत्र बुझाएका हुन् ।भौतिक संरचना निर्माणको लागि आबश्यक सामग्रीहरुमध्ये ईटा प्रमुख वस्तुमा पर्दछ, ज्ञापनपत्रमा भनिएको छ, देशभर उत्पादित ईटाले यसको माग परिपूर्ति गर्दै आएको छ । सले ईटा आयात गर्नुपर्ने अवस्था रहेको छैन । ईटा उद्योग सुख्खा याममा संचालन हुने र गरीवीको रेखामुनी रहेका जनताहरुलाई रोजगार दिने खुला आकाश मुनी सञ्चालन हुने मौसमी उद्योग भएको भन्दै यस उद्योग सञ्चालनको समयमा बेमौसमी वर्षाले ठूलो परिमाणमा काँचो ईटा नष्ट हुन गइ लगानी डुब्न जाने र कामदारहरुलाई पेश्की बाँड्नु पर्ने भएकोले लगानी जोखिम उद्योगको रुपमा पनि लिइने उनीहरुको भनाई छ ।२०७६ सालको कोभिड १९ संक्रमणको समयदेखि नै ईटा उद्योग संचालनको अवस्था दयनीय रहेको, २०७७ सालमा पनि काभेडिको संक्रमणको अवस्था यथावत जस्तै रहेकोले सो बर्ष पनि पर्याप्त कामदारहरु नआएको उनीहरुको जानकारी गराए । यसले भक्तपुर जिल्लामा संचालित ईटा उद्योगहरु पूर्ण रुपमा बन्द रहेको उनीहरुले जनाए । ‘आ.व. २०७८-७९ र २०७९-८० सम्म पनि जिल्लामा रहेका ईटा उद्योगहरुमध्ये ६०-७० प्रतिशत मात्र ईटा उद्योगहरु संचालनमा आएका र त्यसरी संचालित ईटा उद्योगहरुले पनि ५०-६० प्रतिशत अर्थात् २-३ राउण्ड मात्र ईटा उत्पादन गरी उद्योग बन्द गर्नुपरेको थियो,’ ज्ञापनपत्रमा भनिएको छ,  यसरी ईटा उद्योगहरु संचालनको संख्यामा ¥हास आउनु र ईटा उद्योग संचालनमा नैराश्यता छाउनुमा कोइलाको मूल्यबृद्धि हुनु, कोइला खरिद गर्दा अग्रीम रकम पठाउनुपर्ने प्रावधान हो ।यसले गर्दा गुणस्त्तरिय कोइला आपूर्ति नभएको र उद्योगीहरुमा वित्तीय संकटका कारण बिषम परिस्थिति सृजना हुन गएकोले यस आर्थिक संकटको अवस्थालाई मनन गरी ईटा उद्योगीहरुलाई पर्न गएको वित्तीय संकटलाई सम्वोधनको लागि पहल हुन मन्त्री समक्ष हार्दिक अनुरोध गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुवाट ऋण लगानी, पुर्नकर्जा लगानी हुन नसकेकोले उद्योगी व्यवसायी एवम् आम सर्वसाधारणले सहज तरिकाले कर्जा पाउन नसक्दा र विगतको कोभिड महामारीको असर तथा रसिया युक्रेन युद्धका कारणले व्यापार व्यवसायमा हास आउँदा भौतिक संरचना निर्माणको गति प्राय ठप्प हुन गइ निर्माण सामग्रीहरुको माग न्यून अवस्थामा रहेकोले विगत २-३ वर्ष अगाडिबाट उत्पादित ईटा समेत विक्रीवितरण हुन नसकी उद्योग परिसरमा नै ठूलो परिमाणमा ईटा स्टक रहंदा ईटा उद्योगी व्यवसायीहरुमा चरम वित्तीय संकट सृजना भएको उनीहरुले बताए । यस्तो अवस्थामा उद्योगीहरुले वैंक तथा वित्तीय संस्थावाट लिएको ऋणको किस्ता र व्याज तोकिएको भाखामा नै बुझाउन नसकेको यथार्थता रहेको पीडा उनीहरुले पोखेका छन् ।एकातर्फ निर्माण कार्य गरे वापत व्यवसायीहरुले समयमा नै भुक्तानी पाउन नसक्दा यसको प्रत्यक्ष असर ईटा उद्योगहरुमा पर्न गएको छ भने अर्कोतर्फ नेपाल सरकारले आ.व. २०७७÷७८ र २०७८÷७९ मा पूंजीगत शीर्षकमा एकदमै न्यून रकम खर्च गरेको कारण भौतिक निर्माण कार्यले गति लिन नसक्दा अपेक्षाकृत रुपमा ईटा विक्री वितरण हुन नसकी ईटा उद्योगहरुमा पूजीँ अभाव भएको भनाई उनीहरुको थियो । आगामी दिनमा उद्योग संचालन गर्नसक्ने सामथ्र्य नै नभएर ईटा उद्योगीहरु पानी विनाको माछा झैं छटपटाइरहेका छन्, उनीहरुको सामूहिक भनाई थियो । हालका दिनमा उद्योग व्यवसायहरु आर्थिक संकटको चपेटाले तहस नहस भइरहेको उनीहरुले बताए । यस प्रकारको गंभिर आर्थिक संकटवाट ईटा उद्योगहरु पनि अछुतो रहेका छैनन्, उनीहरुले भने, जिल्लामा संचालित ईटा उद्योगहरुमाथि मडारिरहेको आर्थिक संकटको कालो वादल हटाउन मन्त्रीज्यूबाट पहल हुनेछ भन्ने विश्वास लिएका छौं । ऋण उपलव्ध गराउने वित्तीय संस्थाहरुले ईटा उद्योगीहरुले लिएको ऋणको किस्ता र व्याज बुझाउन ताकेता गर्दा भाखाभित्र साँवा र व्याँजको किस्ता बुझाउन नसक्दा धितो सुरक्षण वापत बैंक तथा वित्तीय संस्थालाई दिएको जेथाजमानी (घरजग्गा) लिलाम विक्रीको प्रक्रियालाई अगाडि वढाउंदै उद्योगीहरुको उठिबास गराउने काम भैरहेको उनीहरुको भनाई छ । यस संकटपूर्ण अवस्थाको गम्भीर्यतालाई हृदयंगम गरी तत्कालको लागि बैंकको व्याजदरलाई एकल अंक (सिंगल डिजिट) मा राखी ईटा उद्योगीहरुले लिइरहेको कर्जाको साँवा र व्याँजको किस्ता बुझाउने अवधी २०८२ साल आषाढ मसान्तसम्म कायम गर्ने गरी ईटा उद्योगीहरुको निर्विकल्पीय माग कार्यान्वयन गर्ने गराउने व्यवस्थाको लागि उनीहरुले अनुरोध गरे । ज्ञापनपत्र संघका कार्यबाहक अध्यक्ष आशाकाजी त्वानाबासुले हस्तान्तरण गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

‘सबै स्थानीय तहमा युवापरिषद् गठन आवश्यक’

भक्तपुर।   युवा तथा खेलकुद मन्त्रालयका सचिव डा हरिप्रसाद लम्सालले ७५३ वटै स्थानीय तहमा युवापरिषद् गठन गर्ने अभियान सुरु गर्नुपर्ने बताउनुभएको छ । आज राष्ट्रिय युवापरिषद् सानोठिमीले युएनएफपिएको साझेदारीमा यहाँ आयोजना गरेको ‘नीतिनिर्माण तहदेखि कार्यान्वयन तहसम्म युवा सहभागिता संवाद’ कार्यक्रममा उहाँले उक्त अभियान जरुरी...

पन्ध्र शय्याका दुई आधारभूत अस्पताल सञ्चालनमा

तम्घास।    देशभरमा नै १५ शय्याका अस्पतालको निर्माणको समेत काम नसकिएको अवस्थामा गुल्मीमा भने १५ श्ययाका दुई आधारभूत अस्पताल सञ्चालनमा आएका छन् । तत्कालीन सरकारले गाउँका नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्‍याउने उद्देश्यले ०७७ मङ्सिर १५ गते देशभरका ३९६ पालिकामा पाँच, १० र १५ शय्याका...

पेट्रोलियम पाइपलाइनबाट साढे छ अर्ब लिटर इन्धन आयात, वार्षिक तीन अर्ब ढुवानी वचत

काठमाडौँ ।   नेपाल–भारत अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना सञ्चालनमा आएको छ वर्ष पूरा भएको छ । भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म रहेको पाइपलाइन सञ्चालन भएयता छ अर्ब ३४ करोड ९२ लाख लिटर पेट्रोलियम पदार्थ पाइपलाइनबाट आयात भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको...

बिहीबार विश्व खाद्य दिवस मनाइने

काठमाडौँ, सरकारले विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्त्वबारे जनचेतना जगाउन यही आज ४५औँ विश्व खाद्य दिवस मनाउँदै छ । कृषि विभागले संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ), खाद्यका लागि कृषि अभियानलगायत सङ्घसंस्थाको समन्वयमा दिवस मनाउन लागेको हो । यसवर्ष ‘स्वच्छ खाना...

पदयात्रीको ‘रिफ्रेस सेन्टर’ भुरुङ–तातोपानी

म्याग्दी ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ–तातोपानी कुण्डे ‘रिफ्रेस सेन्टर’को रूपमा विकास भएको छ । भुरुङ तातोपानी कुण्ड बेनी–जोमसोम सडक भएर मुस्ताङ जाने–आउने, अन्नपूर्ण चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने मौरिस हर्जोग पदयात्राको थकान मेटाउने थलो बनेको हो । अन्नपूर्ण हिमालको आधार शिविरको...

समयसीमा तोकेर उद्योग मन्त्रालयले सार्वजनिक गर्यो ३९ बुँदे कार्ययोजना

काठमाडौँ, सरकारले उद्योग क्षेत्रको विकास र विस्तारका लागि ‘सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धिका लागि तत्काल सुधार कार्ययोजना–२०८२’ सार्वजनिक गरेको छ । सो कार्ययोजनामा उद्योग क्षेत्रका २०, वाणिज्य क्षेत्रका आठ, आपूर्ति क्षेत्रका ११ कार्ययोजना समावेश गरिएको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले आगामी पाँच...

प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापन

मकवानपुर,  प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई बिहीबार ज्ञापनपत्र बुझाइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घ बागमती प्रदेश समितिले प्रदेश समन्वय परिषद् बैठकको माग गर्दै मुख्यमन्त्री बानियाँलाई ज्ञापनपत्र बुझाएको हो ।   ज्ञापनपत्रमा...

उब्जाउ जमिन नासिँदै, कृषि उत्पादन घट्दै

गण्डकी, कृषियोग्य जग्गाको खण्डकीकरण र जग्गा बाँझो छाड्ने प्रवृत्तिका कारण गण्डकी प्रदेशमा धानलगायत मुख्य खेतीबालीको उत्पादनमा कमी आएको छ । उब्जाउ जमिनमा भइरहेको तीव्र बस्ती विस्तार र ठूला पूर्वाधार विकासका गतिविधिले पनि कृषि उत्पादनमा ह्रास ल्याएको हो । प्रदेशको कृषि, भूमि व्यवस्था तथा सहकारी...

कैलालीमा डर लाग्दो हत्या: केशर बुढाको टाउको लिएर प्रहरीमा पुगे दुई युवक!

कैलाली । कैलालीको घोडाघोडी नगरपालिका–८ जरहीमा गए राति रक्सीपाटी पछिको विवादका क्रममा एकजनाको घाँटी रेटी हत्या गरिएको छ। इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश दत्त अवस्थीका अनुसार सोही वडाका केशर बहादुर बुढाको घाँटी रेटेर हत्या गरिएको हो। घटना गए राति करिब...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

पूर्वविद्यार्थीद्वारा विद्यालयलाई शैक्षिक उपकरण सहयोग

म्याग्दी, मालिका गाउँपालिका–५ मगरदाङ्गमा रहेको गौबोमबस्त माविलाई विदेशमा बसोबास गर्ने पूर्वविद्यार्थीहरुले रु आठ लाख ५० हजार मूल्य बराबरको शैक्षिक उपकरण सहयोग गरेका छन् । प्रवासी दङ्गाले मञ्चले पितृ स्मृति सेवा कोषमार्फत आइतबार १३ थान कम्प्युटर, चार थान ब्याट्री, दुई थान सिसिटिभी क्यामेरा र दुई...

एक सय जनामा क्षयरोग सङ्क्रमण

ओखलढुङ्गा,  ओखलढुङ्गामा एक सय जनामा क्षयरोग सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ देखि चालु आव २०८२/८३ को हालसम्ममा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् । कार्यालयका सूचना अधिकारी विवेक पोखरेलका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ पुरुष र ३०...

नेपालगन्जमा ‘नेशनल स्विमिङ च्याम्पिनसीप’ हुँदै

नेपालगञ्ज।आगामी कात्तिक १४ र १५ गते दोस्रो नेपालगञ्ज राष्ट्रिय स्विमिङ च्याम्पिनसीप-२०२५ आयोजना गरिने भएको छ । नेपालगन्ज स्वीमिङ क्लब बाँकेको आयोजनामा नेपालगन्जस्थित रङ्गशाला परिसरको पौडी पोखरीमा प्रतियोगिता हुनेछ । क्लबलका अध्यक्ष केशवराज न्यौपानेले प्रतियोगितामा देशभरबाट दुई सयभन्दा बढी खेलाडीको सहभागिता रहने जानकारी दिनुभयो ।...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९