बौनियाँ,कैलाली –बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ कट्टिपुरमा जेष्ठ नागरिक मिलन केन्द्र पर्खाल र घेरबार निर्माण उपभोक्ता समिति द्धारा निर्माण भएको गेटकाे खम्बा भत्किए पछि उपभोक्ता समितिले पुनर्निर्माण गर्ने भएको छ ।
केही दिन परेको बर्शातका कारण गेटमा रहेका खम्बा भत्किए पछि व्यापक जनगुनासाे आउदा हामी संग कुरा गर्दै निर्माण उपभोक्ता समितिका अध्यक्ष दिपक रिमालले आजको मितिबाट एक महिना भित्र उक्त संरचनाको पुन निर्माण गरिसक्ने जानकारी दिएका छन्। रिमालका अनुसार आफुहरुले प्राबिधिकले दिएको स्टिमेट अनुसार काम गरेको तर कसरी भत्किन पुग्याे त्याे बारेमा आफू केहि भन्न नसक्ने बताए ।
स्थानीयहरुको व्यापक जनगुनासाे पछि वैज्ञानिक मिडिया साे स्थानमा पुगेर बुझ्दा अवस्था समस्या जन्य देखेपश्चात निर्माण उपभोक्ता समितिलाई साे कार्यकाे पुनःनिर्माण गर्छु भन्ने अवस्था सिर्जना भएको हाे ।
यस बिषयमा बर्दगाेरिया गाउँपालिका वडा नम्बर १ हेर्न प्राबिधिक ओभर सियर माेहन सिंह मडै संग बुझ्दा आफुलाई साे बिषयमा केहि जानकारी नभएको जानकारी दिदै पन्छिन खाेज्नु भयाे ।
साेहि बिषयमा बुझ्न खाेज्दा बर्दगाेरिया गाउँपालिकाका प्राबिधिक प्रमुख ईन्जिनियर नवीन कुमार सिह संग बुझ्दा आफु अहिले बिदामा रहेकाले धेरै कुरा बाेल्न नमिल्ने बताउनु भयाे ।
(फोटो फिचर सहित)