अल नासरलाई हराउदै अल हिलाल सुपर कपको फाइनलमा, रोनाल्डोले पाए रातो कार्ड

काठमाडौँ । अल हिलाल साउदी सुपर कपको फाइनलमा पुगेको छ । गएराती सम्पन्न फाइनल खेलमा अल हिलालले अल नासरलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।अल हिलालको जितमा सलेम अलदावसारी र माल्कमले एक एक गोल गरेका थिए ।

 

 

त्यस्तै अल नासरका लागि एक गोल साडियो मानेले गरेका थिए ।यस खेलमा खेलको ८६औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो ।अब साउदी सुपर कपको फाइनलमा अल हिलाल र अल इत्तिहाद खेल्ने भएका छन् । फाइनल खेल अप्रिल ११ मा हुने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१