नेपाल आगलागी जोखिमको हिसाबले विश्वको तेस्रो, लुम्बिनीमा भयो कृत्रिम आगलागीको अभ्यास

भैरहवा । नेपाल आगलागी जोखिमको हिसाले उच्च जोखिममा छ । विश्वव्यापी जलवायु जोखिम सूचकांक २०२३का अनुसार नेपाल आगलगी जोखिमको हिसाबले विश्वको तेस्रो, भुकम्पीय जोखिमको हिसाबले ११ औँ, बाढि पाहिरोको हिसाबले ३० औँ स्थानमा छ । वर्षेनी हुने शितलहर, आगलागी, अतिबृष्टि, अनावृष्टि, हिमपातलगायतको कारणले सयौँको ज्यान जाने गरेको छ । रुपन्देहीमा अहिलेको समयमा दैनिक जसो विभिन्न स्थानमा आगलागीको घटना भइरहेका छन । जोखिमलाई न्यूनिकरण गर्न र सम्पूर्णमा जनचेतना जगाउन सशस्त्र प्रहरी बल नेपाल नं. २७ गण् हे. क्वा रुपन्देही विपद सम्बद्ध सरोकारवाला निकायहरुको संयुक्त सहभागितामा आगलागी सम्बन्धी कृत्रिम घटना गरी सुरक्षाको उपायबारे अभ्यास गरिएको छ ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा न. ३ पडरिया नजिकै लुम्बिनी बिकास कोषको खेल मैदानमा २ वटा फुसको छाना भएको घरमा कृत्रिम आगो लगाई आगलागी सम्बन्धी कृत्रिम घटना अभ्यास गरिएको हो । गर्मीयामको समयमा हुन सक्ने आगलागीमा उद्दार, राहत तथा व्यवस्थापन कार्य सम्बन्धि सचेतनाका लागि  कृत्रिम घटना अभ्यास गरिएको हो ।

बदलिदो मौसमको कारण हुन सक्ने आगलागीको घटनालाई मध्येनजर गरी बिपद् पूर्व तयारी अनुरुप सरोकार वाला निकायहरुको समन्वयमा सशस्त्र प्रहरी बल, नेपाल नं. २७ गण हे.क्वा. रुपन्देही द्वारा यो अध्यास गरिएको सशस्त्र प्रहरी उपरिक्षक आनन्द थापाले जानकारी दिए । उनले सशस्त्र प्रहरी बलले सिमा सुरक्षा, आन्तरिक सुरक्षा राजश्व चुहावट साथसाथै आफुलाई विपद उद्वारमा समर्पित निकायको रुपमा विकास गर्दै आएको बताए । अभ्यासमा आगलागीको अवस्थामा घरहरुबाट घाईतेहरुको उद्धार गर्ने अभ्यास, अग्नि नियन्त्रण यन्त्र द्धारा अगलागी नियन्त्रण अभ्यास, ग्यास सिलिण्डर बाट हुने आगलागी तथा जोखिम नियन्त्रणको डेमोस्ट्रेशन तथा हुन सक्ने क्षति र त्यसको त्रासबाट मुक्त गराउनको लागि सुरक्षात्मक उपायहरु अपनाउने तरिकाको नमुना अभ्यास गरिएको हो ।

‘विपद व्यवस्थापनको क्षेत्रमा विशिष्टीकृत जनशक्तिको विकासका साथै सशस्त्र प्रहरी कार्मचारीहरुलाई उद्वार क्षमता विकासका लागि विपद सम्बन्धी आधारभूत तालिम प्रदान गर्दै आएको छ । भुकम्प, बाढी पहिरो, आगलागी जस्ता विपदमा सिमित स्रोत साधानका वावजुद पनि पिडितको उद्वार, राहत तथा अस्थायी आवास निर्माण काममा भुमिका निभाउदै आएको र आगामी दिनमा पनि विपद पिडितहरुको उद्वार विपद जोखिम न्यूनिकरणका लागि तयारी अवस्थामा सधै राखेको छ’ एसपी थापाले भने ।
कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिका प्रमुख सजरुद्दीन मुसलमान, उप–प्रमुख कल्पना हरिजन, रुपन्देही जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी द्वय चिरन्जिवी राना र रामचन्द्र अर्याल, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रन्जित सिंह राठौर, नेपाली सेना तथा तीनैवटा सुरक्षा निकायका कर्मचारी,  जनप्रतिनिधी, स्थानीय, पत्रकार लगायतको उपस्थितीमा जनचेतनामुलक अभ्यास गरिएको हो । कार्यक्रममा सशस्त्र प्रहरीका तालिम प्राप्त कर्मचारीहरुले सिलिन्डर ग्यासमा आगलागी भए त्यसको नियन्त्रणका उपायहरुबारे पनि अवगत गराएका थिए । नगरप्रमुख मुसलमानले सशस्त्र प्रहरीको अगुवाईमा भएको यो कार्यक्रम सराहनिय रहेको बताउदै बेला बेलामा संचालन हुने यस्ता किसिमका जनचेतनामुलक कार्यक्रमहरुले भबिष्यमा हुन सक्ने आगलागी सम्बन्धी दुर्घटनाहरुबाट बच्न,बचाउन गाउँ समाजमा सकारात्मक पाठ सिकाउने बताए । हिजो मात्रै यस क्षेत्रमा ठूलो आगलागी भयो र यसलाई नियन्त्रणमा लिनका लागि धमकल, सुरक्षा निकाय र सशस्त्रको ठूलो भुमिका रहेको बताए । आगलागी जन्य बिपतबाट कसरी सुरक्षित रहन सकिन्छ ग्यासमा आगलागी भएको अवस्थामा के गर्नुपर्छ भन्ने बारेमा आम नागरिकलाई जानकारी यो अभ्यासले ठूलो महत्व राखेको बताए । सहायक प्रमुख जिल्ला अधिकारी रानाले विपदको सामना गर्न केन्द्रिय देखि स्थानीय स्तरमा आपतकालिन टिमहरु रहेपनि प्रभावकारी बनाउन तीनै तह लाग्नु पर्ने बताए ।
सहभागीहरुले गर्मीयाममा हुने आगलागीजन्य घटना तथा विभिन्न स्थानमा सिलिन्डर ग्यासमा आगलागी हुने घटना भइरहेकाले यसबाट सुरक्षित रहने उपायहरूको बारेमा जानकारी हुन आवश्यक रहेको बताए । कृतिम घटना अभ्यासमा आगलागी कसरी हुन्छ र आगलागी भएपछिको अवस्थामा गर्नुपर्ने सम्पूर्ण प्रक्रियाको बारेमा अभ्यास गरिएको थियो । अभ्यासमा देखाईएका विभिन्न चरणहरू हेर्दा साँच्चीकै आगलागी भए पछि तथा सिलिन्डर ग्यासमा आगोलागे निभाउने तरिकाबारे सिकेको स्थानियले भने ।
अभ्यासमा सशस्त्र प्रहरी बलले घरायसी भान्सामा प्रयोग हुने ग्याँस सिलिन्डर चुहावटबाट हुन सक्ने आगलागी र सोको नियन्त्रणका उपाय, हुनसक्ने आगलागीका कारणबाट हुने क्षति र मानवीय क्षति लगायत धनजनको क्षतिलाई कम गर्न र आगलागी नियन्त्रण, आगलागीमा घाईतेको उद्दार, घाइतेको प्राथमिक उपचार लगायत विविध विषयमा अभ्यास गरिएको थियो ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९