नौ महिनादेखि धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोतका शिक्षकले तलव पाएनन्

सिरहा। सिरहाको धनगढीमाई नगरपालिकामा कार्यरत निजी स्रोत र सशर्त शिक्षण अनुदानका शिक्षकहरुले ९ महिनादेखि तलव पाउन सकेका छैनन्। आन्तरिक स्रोतको कमी र कर्मचारी र जनप्रतिनिधिहरुको आन्तरिक समस्याका कारण करिव २० जना शिक्षकहरुले तलव भत्ता पाउन नसकेका हुन्।

 

 

 

नगरपालिका अन्र्तगत निजी स्रोतमा सञ्चालित माध्यमिक विद्यालय र आधारभुत विद्यालयका शिक्षकले करिव एक वर्षदेखि नगरपालिकाले तलव भत्ता नपठाएको प्रधानाध्यापकहरुको गुनासो छ। उनीहरुले करिव एक वर्षबाट सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव नआएको गुनासो गरे।

 

 

 

आधारभुत विद्यालय, धनगढीमाई १३ कैलाशपुर भर्लेनीका प्रधानाध्यापक अमर कुमार योञ्जनले आफ्ना विद्यालयमा कार्यरत दुई जना शिक्षकको तलव भत्ताबापत रकम एक वर्षदेखि विद्यालयको खातामा नआएको बताए। उनले भने, ‘उहाँहरुको तलव भत्ता एक वर्षदेखि आएको छैन, हामीले विद्यालयको स्रोतबाट थोरै पेश्की दिएका छौं।’

 

 

 

जनता आधारभुत विद्यालय, धनगढीमाई १ बाखैरका प्रधानाध्यापक विनोद कुमार साहले पनि निजी स्रोतका शिक्षकको तलवभत्ता नगरपालिकाले यस आर्थिक वर्षमा एकपटकपनि नपठाएको बताए। उनले भने, ‘सशर्त शिक्षण अनुदान र वडा कार्यालयको अनुदानका दुईजना शिक्षकको तलव पालिकाले निकाशा दिएका छैन। हामीले शिक्षकहरुलाई विद्यालयको आन्तरिक कोषबाट तलव दिईरहेका छौं। पालिकाले पनि अव चाँडै पठाउने भनेको छ।’

 

 

 

‘सशर्त शिक्षण अनुदान र निजी स्रोतका शिक्षकको तलव भत्ताबापतको रकम लामो समयदेखि गएको छैन; शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हरिनारायण सिंहले भने, ‘मैले निजी स्रोत र सशर्त शिक्षण अनुदानमा कार्यरत शिक्षकहरुको तलवभत्ताको सम्पूर्ण कागजात लेखा शाखामा बुझाई सकेको छु, केहिदिन अघिसम्म सो रकम गएको छैन भन्ने जानकारी छ। तर, हिजो आज गएको भए मलाई जानकारी भएन, म आज विदामा छु।’

 

 

 

नगरक्षेत्रभित्र ७ जना कम्पूटर शिक्षकसहित करिव २० जना निजी स्रोतमा कार्यरत शिक्षकलाई पछिल्लो नौं महिनादेखि नगरपालिकाले तलव भत्ता पठाएका छैनन्। लेखा अधिकृत पुरुषोतम कुमार प्रसादले आन्तरिक स्रोतबाट तलव व्यवस्थापन गर्नुपर्ने शिक्षकहरुको तलव सुवुधा जान सकेको थिएन, भर्खरै बजेट संशोधन गरीएको छ। अव कार्यालय प्रमुख आउनेदिनै पाउनु पर्ने सवै विद्यालयमा रकम जान्छ।’

 

 

 

‘पहिला स्रोत व्यवस्थापन हुन सकिरहेको थिएन, स्रोत व्यवस्थापन  भईसकेपछि कार्यालय प्रमुख सरुवा भएर जाने र आउने प्रकृया हुन थालेकाले ढिलो भएको हो अव चाँडै जानुपर्ने सवैको सेवा सुविधा जान्छ।’ लेखा अधिकृत प्रसादले भने। अधिकृत प्रसादले भने, ‘अहिले म पनि विदामा छु, हाकीमसाव पनि विदामा भएकाले कार्यालय प्रमुख आएकैदिन रकम जान्छ।’यस सम्वन्धमा प्रमुख प्रशासकीय अधिकृतसँग सम्पर्क गरेपनि उनी विदामा रहेकाले सम्पर्क हुन सकेन।

 

 

 

नगर प्रमुख शिवशंकर महतोले ‘मैले जानकारी पाएसम्म सवै शिक्षक कर्मचारीको तलव चैत मसान्त सम्मको गई सकेको हुनुपर्छ। निजी स्रोतकाहरुको पनि दशैंसम्मको तलव खाएको छ। नगएको भए तत्काल पठाउन लाउँछु।’ उनले यो प्रशासनको काम भएकाले पनि आफूलाई सवै जानकारी नहुने बताए । धनगढीमाई नगरपालिकामा कर्मचारी र जनप्रतिनिधिहरुको लापरवाहीले कारारका कर्मचारी तथा स्थानिय सेवाग्राहीहरुलाईपनि सास्ती खेप्नु परेको स्थानियहरु बताउछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९