मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता

काठमाडौँ । मौरिटानियाको तटमा एउटा जहाज दुर्घटनाग्रस्त भएको छ । मिडिया रिपोर्टका अनुसार हालसम्म २५ आप्रवासीको मृत्यु भएको र कैयौं बेपत्ता भएका छन् ।राजधानी नौआकचोट नजिकै भएको घटनामा आप्रवासनका लागि अन्तर्राष्ट्रिय संगठन (आईओएम) ले १९० भन्दा बढी मानिस अझै बेपत्ता रहेको र उनीहरुको उद्धारका लागि उद्धार कार्य जारी रहेको बताएको छ ।

 

 

एक कोस्ट गार्ड कमाण्डरले मौरिटानियाको तटरक्षकले १०३ आप्रवासीलाई उद्धार गरेको  र २५ शव निकालेको बताएका छन् ।यसअघि जुलाई २२ मा डुङ्गा पल्टिनुअघि करिब ३०० जनाले काठको डुङ्गामा गाम्बिया छोडेका र सात दिनसम्म समुद्रमा बिताएका आइओएमले जनाएको छ।

 

 

कोस्ट गार्ड आउनुअघि १५ जनाको मृत्यु भइसकेको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पतालमा भर्ना गरिएको थियो । यसअघि जुलाई ५ मा पनि यस्तै घटना भएको थियो, जसमा मौरिटानियन तटरक्षकले पल्टिएको डुङ्गाबाट ८९ आप्रवासीको शव निकालिएको थियो ।आईओएमले धेरै आप्रवासीहरू मोरक्कोको तटमा अवस्थित क्यानरी टापुहरूमा पुग्ने प्रयास गरेको बताएको छ । पश्चिम अफ्रिकादेखि स्पेनसम्मको यो रुट विश्वको सबैभन्दा खतरनाक रुटमध्ये एक हो ।

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता

प्रधानमन्त्री र भियतनामी प्रधानमन्त्रीबिच भेटबार्ता...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ

कैलालीमा सेकुवा सेन्टरमै १७ वर्षीया युवतीको चक्कु प्रहारबाट हत्या, आक्रमणकारी पक्राउ ...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९