कमला ह्यारिसले ट्रम्पलाई चुनौती दिन सक्छिन् ?

काठमाडौँ । कमला ह्यारिस डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भएपछि अब उनले के डोनाल्ड ट्रम्पलाई हराउन सक्छिन् भन्ने बहस शुरु भएको छ ।उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीबाट उम्मेदवार बन्ने बाटो स्पष्ट देखिन्छ । तर उनको लागि सबैभन्दा ठूलो चुनौती नोभेम्बरमा हुने चुनावमा रिपब्लिकन उम्मेदवार र पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउनु हुनेछ ।

 

 

 

कमला ह्यारिस पार्टीको राष्ट्रपति पदको उम्मेद्वार बन्नुले एकातिर, डेमोक्र्याटहरूमा नयाँ उत्साह थपेको त देखिन्छ, तर बाइडेन दौडमा हुँदा चिन्ताको विषय नभएका केही कमजोरीहरूलाई पनि उजागर गरेको छ । हालैको चुनावी सर्वेक्षणमा कमला ह्यारिस पूर्व राष्ट्रपति ट्रम्पभन्दा अलि पछाडि देखिएकी थिइन् । अनुमानित सर्वेक्षण तथ्याङ्क र ग्राउण्ड डाटामा सधैं उतारचढाव हुने सम्भावना रहन्छ ।

 

 

 

तर राष्ट्रपति बाइडेनको स्वास्थ्य र सार्बजनिक रुपमा बहस गर्ने क्षमतालाई लिएर डिफेन्सिभ मोडमा पुगेका डेमोक्रेटिक नेताहरु ह्यारिस उम्मेदवार बन्ने भएपछि उत्साहित देखिएका छन् ।

कमला ह्यारिसको शक्ति

पूर्व सभामुख न्यान्सी पेलोसी लगायत अन्य सबै प्रमुख प्रतिद्वन्द्वीहरूले कमला ह्यारिसलाई पार्टीको राष्ट्रपतिको उम्मेदवारको रूपमा उम्मेदवारको समर्थन गरिसकेका छन् । पेलोसी अहिलेपनि डेमोक्रेटिक पार्टीको राजनीतिमा सबैभन्दा प्रभावशाली नेता मानिन्छिन् ।अहिले समग्रमा अमेरिकामा आगामी नोभेम्बरमा हुन लागेको राष्ट्रपतीय निर्वाचनमा कडा प्रतिस्पर्धाको अवस्था सिर्जना भएको छ ।

 

 

 

उपराष्ट्रपति ह्यारिसले पूर्व राष्ट्रपति ट्रम्पलाई मन नपराउने र प्रमुख स्विङ राज्यहरूमा केन्द्रवादी मतदातालाई आकर्षित गर्नुका साथै केही समयदेखि ओरालो लागेको उनको डेमोक्र्याटिक मत आधारलाई बलियो बनाउनु अवसर जत्तिकै चुनौतीपूर्ण हुनेछ। डेमोक्र्याटहरूका लागि ट्रम्प समर्थकहरूको उत्साहको बराबर आफ्ना समर्थकहरूलाई सक्रिय पार्नु धेरै महत्त्वपूर्ण हुनेछ । अर्को पक्ष यस पटक, डेमोक्र्याटहरूले चुनावी अभियानमा सबैभन्दा बढी चन्दा पाएका छन्।

 

 

 

बाइडेनको पछि हट्ने घोषणा पछि, २४ घण्टामा चन्दा मार्फत ८० मिलियन डलरभन्दा बढी उठाइएको छ, जुन यस चुनावमा कुनै पनि उम्मेद्वारको लागि एकै दिनमा सबैभन्दा धेरै चन्दा हो । ह्यारिसको चुनावी अभियानले बाइडेन-ह्यारिसको चुनावी अभियानको लागि जम्मा गरेको करिब १० करोड डलर चन्दा रकमबाट बलियो आर्थिक आधार पाउनेछ ।

 

 

 

यदि ह्यारिस उम्मेदवार बन्ने भएसँगै उमेरलाई मुद्दा बनाएर राष्ट्रपति बाइडेनलाई घेरेका ट्रम्पलाई अब सोहि मुद्धामा घेर्ने प्रयास गर्ने छिन् । ७८ बर्षिय ट्रम्प र ५९ बर्षिय ह्यारिसको प्रतिष्पर्धामा अब उमेर एउटा प्रमुख एजेण्डा बन्ने निश्चित जस्तै देखिन्छ ।  विगत केही महिनादेखि चुनावी अभियानका क्रममा ट्रम्पले बाइडेनलाई उमेरका कारण कमजोर र सजिलै भ्रमित भएको भन्दै निशाना बनाउँदै आएका थिए भने अब ह्यारिसले सोहि विषय ट्रम्प तिर फर्काउने देखिएको छ ।

 

 

 

 

अर्को तर्फ ह्यारिसले आफ्नो पक्षमा अश्वेत मतदाताको समर्थन प्राप्त गर्न सक्ने देखिएको छ । भर्खरको सर्वेक्षण अनुसार, अश्वेत मतदाताहरूले बाइडेनको साथ छोडिरहेको देखिएको थियो ।बराक ओबामाको सन् २००८ र २०१२ को विजयी गठबन्धनजस्तै कमला ह्यारिसले यस चुनावमा पनि अश्वेत मतदाता, अल्पसंख्यक र युवा मतदातालाई एकताबद्ध गरेमा ट्रम्पलाई कडा चुनौती दिन सक्ने देखिएको विश्लेषकहरुले बताएका छन् ।

 

 

 

विशेष गरी केही स्विङ राज्यहरूमा जसले यस पटकको चुनावको टोन तय गर्नेछ । अभियोजकको रूपमा कमला ह्यारिसको पृष्ठभूमिले पनि उनको छवि उज्यालो बनाउन सक्छ । सन् २०२० को चुनावी अभियानमा वामपन्थीले दिएको नारा ‘कमल इज ए कप’ ले यस पटकको चुनावमा ट्रम्पविरुद्धको अभियानमा कमला ह्यारिसलाई सघाउन सक्छ ।

 

 

 

उपराष्ट्रपति कमला ह्यारिस पनि गर्भपतनको मुद्दामा बाइडेन सरकारका लागि पोइन्ट पर्सन बनेकी छिन्। गर्भपतनको मुद्दा हालैका चुनावहरूमा डेमोक्रेटको भोट आधारलाई उत्प्रेरित गर्ने सबैभन्दा प्रभावकारी मुद्दाहरू मध्ये एक साबित भयो ।

 

 

 

ह्यारिसका कमजोरी

ह्यारिसको सबै शक्तिका बाबजुद केही डेमोक्र्याटहरू सुरुमा बाइडेनलाई राष्ट्रपतिको दौडबाट हटाउने पक्षमा थिएनन् । गर्भपतनको मुद्दामा डेमोक्रेट समर्थकहरूमा उत्साह उत्पन्न भए पनि, ह्यारिसको उपराष्ट्रपतिको रूपमा रेकर्ड मिश्रित र औसत रहेको छ ।

 

 

 

प्रशासनको प्रारम्भिक चरणमा, ह्यारिसलाई अमेरिका-मेक्सिको सीमामा आप्रवासन संकटको मूल कारणहरू सम्बोधन गर्ने जिम्मेवारी दिइएको थियो । एनबीसी न्यूजको एन्कर लेस्टर होल्टसँगको जुन २०२१ को अन्तर्वार्ता सहित धेरै गलत कदम र कथनहरूले ह्यारिसको छविलाई क्षति पुर्याएको मानिन्छ । रिपब्लिकनहरूले कमला ह्यारिसलाई राष्ट्रपतिको ‘सीमा जार’ भनेर निन्दा गरिरहेका छन् । साथै, उनीहरुले ह्यारिसलाई बाइडेन प्रशासनको अलोकप्रिय अध्यागमन नीतिहरूको अनुहार बनाएर लक्षित गर्न खोजिरहेका छन् ।

 

 

 

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको एउटा कमजोरी उनको उम्मेदवारको रूपमा रहेको ट्र्याक रेकर्ड हो । सन् २०२० मा डेमोक्रेट राष्ट्रपतिको उम्मेदवारीको दौडमा उनले ठूलो असफलताको सामना गर्नुपरेको थियो । ह्यारिसले सुरुमा नेतृत्व लिएका भए पनि उनको असफल अन्तर्वार्ता, स्पष्ट परिभाषित दृष्टिकोणको अभाव र कमजोर चुनावी अभियानले उनलाई प्रारम्भिक निर्वाचन प्रक्रियाबाट नै बाहिर हुनुपर्ने बाध्यात्मक अवस्था निम्त्यायो ।

 

 

ह्यारिससँग छाप छोड्ने अवसर 

ह्यारिसका लागि सबैभन्दा ठूलो चुनौती हो कि उनी बाइडेन जस्तो राष्ट्रपति होइनन् । यस कारणले, ह्यारिसले आफूलाई बाइडेनका केही अलोकप्रिय निर्णयहरूबाट टाढा राख्न सक्छिन् । रिपब्लिकनहरूले ट्रम्पलाई ‘अत्यधिक अप्रमाणित’ र ‘अत्यधिक जोखिमपूर्ण’ भनी प्रमाणित गरेर राष्ट्रपति पदका लागि ह्यारिसको विरुद्धमा एकमात्र प्रामाणिक उम्मेदवारका रूपमा प्रस्तुत गर्ने प्रयास गर्ने विश्वास गरिन्छ ।

 

 

 

तर, आगामी दिनमा उपराष्ट्रपति ह्यारिससँग पहिलो पटक अमेरिकी जनतामा नयाँ छाप छोड्ने मौका छ । यदि उनी यसमा असफल भएमा पार्टीमा द्वन्द्व सुरु हुन सक्छ, जुन अगस्टमा पार्टीको राष्ट्रिय महाधिवेशनमा नयाँ नेता चयनपछि टुंगिनेछ ।
पछिल्ला चार हप्तामा ह्वाइट हाउसको दौडमा तीव्र गतिमा परिवर्तन भएको ह्यारिसले अब आफू ट्रम्पसँग प्रतिस्पर्धा गर्न सक्छिन् भन्ने प्रमाणित गर्नुपर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

जलाशययुक्त आयोजना अगाडि नबढेकामा महालेखापरीक्षकको कार्यालयको प्रश्न

काठमाडौँ,  ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका वार्षिक नीति तथा कार्यक्रम र बजेटमा समावेश भएका कार्यक्रमको कार्यान्वयन नभएकामा महालेखापरीक्षकको कार्यालयले प्रश्न उठाएको छ ।महालेखापरीक्षकको कार्यालयको ६३औँ वार्षिक प्रतिवेदनअनुसार, सुक्खायामको बिजुलीको माग सम्बोधन गर्न अगाडि बढाउने भनिएका जलाशययुक्त आयोजना अगाडि नबढाइएकामा किन त्यसो भएको हो भनेर...

त्रियुगाको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले गर्यो सिल

उदयपुर/गाईघाट,  उदयपुरको त्रियुगा नगरपालिका–३ मोतिगडामा रहेको स्प्रिङ मिनरल उद्योगमा प्रशासनले सिल गरेको छ ।मङ्गलबार खाद्य तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय उदयपुर गाईघाटसहित जिल्ला प्रशासन कार्यालयको टोलीले अनुगमन गर्ने क्रममा उक्त उद्योगमा मापदण्डविपरीत पानी फिल्टरिङ गरेर उपभोक्ताको स्वास्थ्य असरपार्ने कार्य भएको भेटिएकाले सिल गरिएको प्रशासनले...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

शृङ्गेरीका शङ्कराचार्यद्वारा बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना

काठमाडौँ, दक्षिणाम्नाय शारदापीठ शृङ्गेरीका शङ्कराचार्य श्री श्री विधुशेखर भारती सन्निधानमले बूढानीलकण्ठ मन्दिरमा पूजाआराधना एवं दर्शन गर्नुभएको छ । आज बिहान उहाँ बूढानीलकण्ठमा पूजाआराधनाका लागि आज आउनुभएको हो ।मन्दिरमा उहाँ पूजामा सहभागी भई सहस्रकमल अर्पण गर्नुभयो । पूजाआराधनापछि मन्दिर परिसरमा प्रवचन दिँदै शृङ्गेरीका शङ्कराचार्य विधुशेखरले...

कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ आयोजना हुँदै, प्रथमलाइ १ लाख पुरस्कार

घोडाघोडी । कैलालीमा ‘कैलाली डान्सिङ स्टार–२०८३’ प्रतियोगिता आयोजना हुने भएको छ । रोयल डान्स स्टुडियोको आयोजनामा हुने उक्त प्रतियोगिताबारे घोडाघोडी नगरपालिका–सुखडमा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।   सञ्चालक पर्लभ बुढाथोकीका अनुसार २५ वर्षमुनिका युवायुवतीहरूले प्रतियोगितामा सहभागिता जनाउन सक्नेछन् । कैलालीका धनगढी, अत्तरिया, सुखड, लम्की,...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मोहन्याल माविका उत्कृष्ट विद्यार्थीलाई बिरेन्द्र रावलको सम्मान र पुरस्कार : “शिक्षामा लगानी गर्नु भनेको नेपालको भविष्य उज्यालो बनाउनु हो”

कैलाली । दूरदराजका गाउँमा अझै पनि धेरै बालबालिका काखमा कापी–किताब च्यापेर, खुट्टामा राम्रो चप्पलसमेत नलगाई, खोला तर्दै विद्यालय पुग्न बाध्य छन्। अभाव र संघर्षबीच पनि पढाइमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान र हौसला दिनु समाजको दायित्व हो भन्ने सन्देशसहित कैलालीको मोहन्याल गाउँपालिका–१ स्थित...

लहान नगर अस्पताल निर्माण अन्तिम चरणमा

सिरहा,  यहाँको लहान नगरपालिका–१० मा निर्माणाधीन लहान नगर अस्पतालको भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । स्थानीय नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ तीव्रगतिमा अघि बढाइएको उक्त अस्पतालको भौतिक पूर्वाधार निर्माण करिब ८० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको छ ।       नगरपालिका र...

क्रिकेटः लेगस्पिनर लामिछानेको नयाँ कीर्तिमान

काठमाडौँ,  नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पिनर सन्दीप लामिछानेले एकदिवसीय क्रिकेटमा कीर्तिमान कायम गरेका छन् । एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो १५० विकेट लिने अष्ट्रेलियन खेलाडी मिचेल स्टार्कको नाममा रहेको कीर्तिमानलाई तोड्दै लामिछानेले नयाँ कीर्तिमान कायम गरेका हुन् ।       कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आज जारी आइसिसी...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९