
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना भएका छन् ।
राष्ट्रपति पौडेल नियमित उपचारको क्रममा आज बिहान शिक्षण अस्पतालमा भर्ना भएका हुन ।
प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएको भनिए पनि थप बिवरण आउन बाँकी छ ।