बर्दिवास अस्पताल कर्मचारीकै कमाउने अखडा वन्दै, सेवाग्राही मारमा

महोत्तरी। पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि वढदै गएका छन । अस्पतालले उपलब्ध गराउदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरुका असन्तुष्टि चुलिदै गएका हुन । `पर्याप्त जनशक्ति भएतापनी सामान्य रगत जाँचको लागि वाहिर जानू पर्दो रहेछ,` स्थानिय विनोद लामाले भने, ´अस्पतालको व्यवस्थापकिय पाटोको कमजोरीले विकृति बढिरहेको पाईयो ।´ अचम्मलाग्दो त कहाँनिर छ भने कर्मचारीहरुले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक उपार्जन गर्ने हतियार वनाएका छन ।

 

अस्पताल परिसरवाट बाहिर निस्केपछी झण्डै एक दर्जन औषधि पशल, प्याथोलोजी ल्याव, डाईग्नोसिस सेन्टर देख्न सकिन्छ । वाहिरपट्टी वाक्लै देखिने क्लिनक र औषधी पसलहरुले अस्पताल आन्तरिक रुपमा कति खोक्रो छ भन्ने जोफकोहीले सहजै अनुमान लगाउन सक्छन । अस्पतालको वाहिरी गेट देखी परिसरको गेटसम्म ३० मिटरको दुरीमा एक दर्जन स्वास्थ्य क्लिनक अस्पतालमा काम गर्ने कर्मचारीको नै सेटिङ्गमा खुलेका छन ।

 

यसमध्ये कतिपय खुल्लमखुल्ला देखिन्छन भने कतिपय गुपचुप खोलेको छन । यसको एउटा उदाहरण हो स्मार्ट फार्मेसी, अस्पतालभित्र यो फार्मेसीका प्रोपाईटर सियाराम महतो फार्मेसी इन्चार्ज छन । `भित्र पाउने औषधि समेत छैन भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारको रुपमा अस्पताललाई प्रयोग गररिएको रहेछ,´ अर्का सेवाग्राही रमिला प्रधानले भनिन, `निक्कै ठुलो विकृति रहेछ ।´ अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ११ को उपदफा ११ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवद्वन सम्बन्धी कुनै पनी क्रियाकलाप गर्न नपाईने स्पष्ट व्यवस्था छ ।

 

तर खुलेआम वाक्लै संख्यामा खुलेका फार्मेसीले अस्पतालको व्यवस्थापकिय पाटो माथी नै गम्भीर आसंका उत्पन्न गराएका छन्  । अस्पतालका प्रबक्ता जगत खडका अस्पताल परिसरमा केही अभाव भयो भने मात्र बाहिर जाने यदपी यथेष्ट सुविधाहरु परिसर भित्रै रहेको जिकिर गर्छन । तर सोमवार कयौ सेवाग्राही सिविसी चेक जाँचका लागि बाहिर खुलेका प्याथोलोजी ल्यावमा गएका देखिन्थे । यही विषयलाई लिएर  विनोद लामाले प्रबक्ता खडकालाई अस्पतालको यस्तो विकृतिको विषयमा ध्यानाकर्षण गराईरहेका थिए । अस्पतालको गेट नजिकै राधे राधे प्याथोलोजी ल्यावका संचालक विजय महतोका अनुसार भित्र मेसिनहरुले काम नगर्दा भिडियो एक्सरे लगायत सम्पुर्ण जाँच गर्ने गरिन्छ ।

 

महतोले एकजना वाहिरी डाक्टर समेत राखेका छन । `कहिलेकाँही विरामीहरु सिधा यहाँ आउनुहुन्छ अनि यतैवाट डाक्टर वोलाउछौ । पहिले- पहिले भित्रवाट पनि डाक्टर सापहरु वोलाउने गर्दथ्यौ,´ महतोले भने । त्यस्तै हयापी फार्मेसीका संचालक सुनिल महतो पनि अस्पताल कै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन । औषधि विभागका कर्मचारीले बाहिर आफ्नै औषधि पसल राख्नुलाई पनि धेरैले अनौठो मानेका छन ।

`भित्र औषधिहरु नपाईने भएकाले वाहिर सवै औषधि पाउनेगरी राखेको हौ ।´ संचालक महतोले भने । `सकेसम्म सेवाग्राहीहरु टाढा जान नपरोस भन्ने अभिप्राय हो ।´ तर सेवाग्राहीहरुलाई अस्पतालमा औषधि खरिद गर्दा र बाहिर खरिद गर्दा ५० प्रतिशत भन्दा बढी पर्ने स्थानिय उर्मिला घिमिरे वताउछिन । अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पुर्‍याउन नसक्दा अस्पताल वरपर नै  मेरो फार्मेसी, राम्रो फार्मेसी, खुसी फार्मेसी लगायतका आधा दर्जन फार्मेसीहरु खुलिसकेका छन भने अझै खुल्ने क्रममा छन । यतिमात्र हैन ३० मिटर कै वरपर कतिपय पोलिकिल्निकहरुले त प्रयोगशाला नै राखेर सेवाग्राहीहरुलाई अस्पताल जान वाटो छेक्ने गर्दछन । सुदिक्षा प्याथोलोजी, खुसी मेडिकल एण्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एण्ड डाईग्नोसिस सेन्टर लगायतका पोलिकिल्निकहरु निर्वाध संचालन भैइरहेका छन ।

 

 

तर अस्पतालमा यति धेरै वेथितीहरु देखिएतापनी जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरु मौन देखिन्छन । अस्पतालमा भएका विकृतिहरुको विषयमा जानकार रहेको वताउदै क्रमशः सुधार गर्दै अगाडि वढीरहेको अस्पतालका प्रबक्ता जगत खडकाको दावि छ । केमिकल सकिएको कारण सिविसीलाई निरन्तरता दिन नसकिरहेको स्विकार गर्दै ल्याव इन्चार्ज मनोज राय समस्याको सावधान छिट्टै हुने वताए । तर सेवाग्राहीहरु यस्तो वहाना हरेक विभागमा वनिरहने गुनासो गर्छन । बर्दिवास-३ कि उर्मिला घिमिरे यदि सोझो वन्यो भने सवै काम गर्न सेटिङ्गमा बाहिर जान बाध्य वनाउने गुनासो गरिन । यसैलाई फाईदा उठाएर वाहिरवाट आएर किल्निक  खोल्ने क्रम समेत वढेको छ । परिणामस्वरूप लाहान अल्ट्रासाउन्ड किल्निक भर्खरै खुलेको छ ।

 

आफुलाई डा.प्रमोद साह वताउने यस्का प्रोपाईटरले भित्र दिने सवै सुविधा याँहा पाईने वताए । बाहिर निजि अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिवास अस्पताललाई लक्षित गरेर औषधी पशल तथा किल्निकहरु खोलेका छन् । अस्पतालको कमजोर व्यस्थापन र सेवाप्रवाहलाई मध्यनजर गर्दै यस्तै किल्निक खोल्ने अर्का पात्र हुन् प्रमोद महतो । उनी लालागढ़ अस्पतालको ल्याप्रोसीमा काम गर्ने गर्दछन । बर्दिवास ल्यावोटरी रिलाईवेवल नामले संचालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई फाईदा उठाएर पैसा कमाउने अस्त्र वनाएको देखिन्छ ।

 

नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरुको औषधि पशल तथा किल्निकहरु छन् । जस्ले अस्पतालको सेवासुविधालाई कब्जामा लिएर धराशयी वनाईरहेको देखिन्छ ।  यता बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको वेथितिहरुको तत्कालै अनुगमन गर्ने वताएका छन् । अस्पतालका कर्मचारीहरुले त्यसरी औषधि पशल र किल्निक खोल्नु गलत भएको वताउदै तत्काल छानबिन प्रक्रियालाई अगाडी समेत वढाउने प्रतिवद्वता जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

भारी वर्षा र बाढीका कारण दुई सय अफगानको मृत्यु

काबुल, अफगानिस्तानमा विगत १८ दिनमा आएको भारी वर्षा र बाढीका कारण करिब २०० जनाको मृत्यु भएको अफगानीस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका प्रवक्ता हाफिज मोहम्मद युसुफ हम्मादले बताउनु भएको छ । भारी वर्षासँगै आएको आँधीबेहरी बाढीले पाकिस्तानमा १८९ जनाको ज्यान लिएको नौ बेपत्ता रहेको र...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

गण्डकी, तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ । सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास...

लुम्बिनी प्रदेशसभा सदस्य शर्मा पक्राउ

काठमाडौँ,  लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको छ । सांसद शर्माका श्रीमान चिन्तामणि शर्माले रेखा पक्राउ परेको पुष्टि गर्नुभयो । काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले उहाँलाई आइतबार राती करिब ११ बजे पक्राउ गरेको जनाइएको छ । धुम्बराहीस्थित घरबाटै उहाँलाई प्रहरीले पक्राउ गरी...

‘कर्णाली विश्वको आरोग्य हब बन्नसक्ने धेरै आधार छन्’

कर्णाली,  प्राकृतिक तथा आध्यात्मिक दृष्टिकोणले ‘कर्णाली विश्वको आरोग्य हब’ बन्न सक्ने अनुसन्धानदाताहरूले बताएका छन् । कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाद्वारा अन्तरराष्ट्रिय आरोग्य दिवसका अवसरमा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित अन्तरक्रियामा अनुसन्धानदाता तथा खोजकर्ताहरूले कर्णाली विश्वको प्राकृतिक आरोग्य हब बन्न सक्ने आठ आधार प्रस्तुत...

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन

पत्रकार खेम ढुङ्गाना घोडाघोडी सञ्चारकर्मी समूहको अध्यक्षमा सर्वसम्मत चयन...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित

बर्दगोरियाले माध्यमिक तहको शिक्षा निःशुल्क गर्ने, स्थानीय राजपत्रमा प्रकाशित...

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित

काठमाडौ,  अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको...

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९