बर्दिवास अस्पताल कर्मचारीकै कमाउने अखडा वन्दै, सेवाग्राही मारमा

महोत्तरी। पालिकास्तरिय अस्पतालमा मधेश प्रदेश कै उत्कृष्ट मुल्यांकनमा परेको बर्दिवास अस्पतालको सेवा प्रवाहका विषयमा असन्तुष्टि वढदै गएका छन । अस्पतालले उपलब्ध गराउदै आएको कमजोर सेवा प्रवाहका कारण सेवाग्राहीहरुका असन्तुष्टि चुलिदै गएका हुन । `पर्याप्त जनशक्ति भएतापनी सामान्य रगत जाँचको लागि वाहिर जानू पर्दो रहेछ,` स्थानिय विनोद लामाले भने, ´अस्पतालको व्यवस्थापकिय पाटोको कमजोरीले विकृति बढिरहेको पाईयो ।´ अचम्मलाग्दो त कहाँनिर छ भने कर्मचारीहरुले अस्पतालमा आउने सेवाग्राहीलाई आर्थिक उपार्जन गर्ने हतियार वनाएका छन ।

 

अस्पताल परिसरवाट बाहिर निस्केपछी झण्डै एक दर्जन औषधि पशल, प्याथोलोजी ल्याव, डाईग्नोसिस सेन्टर देख्न सकिन्छ । वाहिरपट्टी वाक्लै देखिने क्लिनक र औषधी पसलहरुले अस्पताल आन्तरिक रुपमा कति खोक्रो छ भन्ने जोफकोहीले सहजै अनुमान लगाउन सक्छन । अस्पतालको वाहिरी गेट देखी परिसरको गेटसम्म ३० मिटरको दुरीमा एक दर्जन स्वास्थ्य क्लिनक अस्पतालमा काम गर्ने कर्मचारीको नै सेटिङ्गमा खुलेका छन ।

 

यसमध्ये कतिपय खुल्लमखुल्ला देखिन्छन भने कतिपय गुपचुप खोलेको छन । यसको एउटा उदाहरण हो स्मार्ट फार्मेसी, अस्पतालभित्र यो फार्मेसीका प्रोपाईटर सियाराम महतो फार्मेसी इन्चार्ज छन । `भित्र पाउने औषधि समेत छैन भनेर बाहिर पठाउने र मोटो रकम कमाउने हतियारको रुपमा अस्पताललाई प्रयोग गररिएको रहेछ,´ अर्का सेवाग्राही रमिला प्रधानले भनिन, `निक्कै ठुलो विकृति रहेछ ।´ अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ को दफा ११ को उपदफा ११ अनुसार अस्पताल परिसरमा औषधिको व्यापारिक प्रवद्वन सम्बन्धी कुनै पनी क्रियाकलाप गर्न नपाईने स्पष्ट व्यवस्था छ ।

 

तर खुलेआम वाक्लै संख्यामा खुलेका फार्मेसीले अस्पतालको व्यवस्थापकिय पाटो माथी नै गम्भीर आसंका उत्पन्न गराएका छन्  । अस्पतालका प्रबक्ता जगत खडका अस्पताल परिसरमा केही अभाव भयो भने मात्र बाहिर जाने यदपी यथेष्ट सुविधाहरु परिसर भित्रै रहेको जिकिर गर्छन । तर सोमवार कयौ सेवाग्राही सिविसी चेक जाँचका लागि बाहिर खुलेका प्याथोलोजी ल्यावमा गएका देखिन्थे । यही विषयलाई लिएर  विनोद लामाले प्रबक्ता खडकालाई अस्पतालको यस्तो विकृतिको विषयमा ध्यानाकर्षण गराईरहेका थिए । अस्पतालको गेट नजिकै राधे राधे प्याथोलोजी ल्यावका संचालक विजय महतोका अनुसार भित्र मेसिनहरुले काम नगर्दा भिडियो एक्सरे लगायत सम्पुर्ण जाँच गर्ने गरिन्छ ।

 

महतोले एकजना वाहिरी डाक्टर समेत राखेका छन । `कहिलेकाँही विरामीहरु सिधा यहाँ आउनुहुन्छ अनि यतैवाट डाक्टर वोलाउछौ । पहिले- पहिले भित्रवाट पनि डाक्टर सापहरु वोलाउने गर्दथ्यौ,´ महतोले भने । त्यस्तै हयापी फार्मेसीका संचालक सुनिल महतो पनि अस्पताल कै फार्मेसी डिपार्टमेन्टमा काम गर्छन । औषधि विभागका कर्मचारीले बाहिर आफ्नै औषधि पसल राख्नुलाई पनि धेरैले अनौठो मानेका छन ।

`भित्र औषधिहरु नपाईने भएकाले वाहिर सवै औषधि पाउनेगरी राखेको हौ ।´ संचालक महतोले भने । `सकेसम्म सेवाग्राहीहरु टाढा जान नपरोस भन्ने अभिप्राय हो ।´ तर सेवाग्राहीहरुलाई अस्पतालमा औषधि खरिद गर्दा र बाहिर खरिद गर्दा ५० प्रतिशत भन्दा बढी पर्ने स्थानिय उर्मिला घिमिरे वताउछिन । अस्पतालले निर्धारित सेवा सुविधामा ध्यान पुर्‍याउन नसक्दा अस्पताल वरपर नै  मेरो फार्मेसी, राम्रो फार्मेसी, खुसी फार्मेसी लगायतका आधा दर्जन फार्मेसीहरु खुलिसकेका छन भने अझै खुल्ने क्रममा छन । यतिमात्र हैन ३० मिटर कै वरपर कतिपय पोलिकिल्निकहरुले त प्रयोगशाला नै राखेर सेवाग्राहीहरुलाई अस्पताल जान वाटो छेक्ने गर्दछन । सुदिक्षा प्याथोलोजी, खुसी मेडिकल एण्ड डाइग्नोसिस सेन्टर, ओम प्याथोलोजी एण्ड डाईग्नोसिस सेन्टर लगायतका पोलिकिल्निकहरु निर्वाध संचालन भैइरहेका छन ।

 

 

तर अस्पतालमा यति धेरै वेथितीहरु देखिएतापनी जनप्रतिनिधि र व्यवस्थापन समितिका पदाधिकारीहरु मौन देखिन्छन । अस्पतालमा भएका विकृतिहरुको विषयमा जानकार रहेको वताउदै क्रमशः सुधार गर्दै अगाडि वढीरहेको अस्पतालका प्रबक्ता जगत खडकाको दावि छ । केमिकल सकिएको कारण सिविसीलाई निरन्तरता दिन नसकिरहेको स्विकार गर्दै ल्याव इन्चार्ज मनोज राय समस्याको सावधान छिट्टै हुने वताए । तर सेवाग्राहीहरु यस्तो वहाना हरेक विभागमा वनिरहने गुनासो गर्छन । बर्दिवास-३ कि उर्मिला घिमिरे यदि सोझो वन्यो भने सवै काम गर्न सेटिङ्गमा बाहिर जान बाध्य वनाउने गुनासो गरिन । यसैलाई फाईदा उठाएर वाहिरवाट आएर किल्निक  खोल्ने क्रम समेत वढेको छ । परिणामस्वरूप लाहान अल्ट्रासाउन्ड किल्निक भर्खरै खुलेको छ ।

 

आफुलाई डा.प्रमोद साह वताउने यस्का प्रोपाईटरले भित्र दिने सवै सुविधा याँहा पाईने वताए । बाहिर निजि अस्पतालमा काम गर्ने कतिपयले समेत बर्दिवास अस्पताललाई लक्षित गरेर औषधी पशल तथा किल्निकहरु खोलेका छन् । अस्पतालको कमजोर व्यस्थापन र सेवाप्रवाहलाई मध्यनजर गर्दै यस्तै किल्निक खोल्ने अर्का पात्र हुन् प्रमोद महतो । उनी लालागढ़ अस्पतालको ल्याप्रोसीमा काम गर्ने गर्दछन । बर्दिवास ल्यावोटरी रिलाईवेवल नामले संचालन गरिरहेका महतोले अस्पतालको कमजोरीलाई फाईदा उठाएर पैसा कमाउने अस्त्र वनाएको देखिन्छ ।

 

नाम नखुलाउने सर्तमा अस्पतालका एक जना कर्मचारीका अनुसार अस्पतालको वरपर ८० प्रतिशत कर्मचारीहरुको औषधि पशल तथा किल्निकहरु छन् । जस्ले अस्पतालको सेवासुविधालाई कब्जामा लिएर धराशयी वनाईरहेको देखिन्छ ।  यता बर्दिवास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले अस्पतालमा देखिएको वेथितिहरुको तत्कालै अनुगमन गर्ने वताएका छन् । अस्पतालका कर्मचारीहरुले त्यसरी औषधि पशल र किल्निक खोल्नु गलत भएको वताउदै तत्काल छानबिन प्रक्रियालाई अगाडी समेत वढाउने प्रतिवद्वता जनाए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

पाल्पामा चुनावी चहलपहल

तानसेन(पाल्पा), आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न जिल्लामा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै यहाँ चुनावी चहलपहल सुरु भएको छ । यहाँका टोलटोलमा युवादेखि वृद्धसम्मले देशलाई विकासको पथमा अग्रसर गराउनसक्ने व्यक्तिलाई चयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १००, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो...

राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित

न्युयोर्क, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणा माथि खेद जनाउदै चिन्ता व्यक्त गर्नु भएको छ । विज्ञप्ति जारी गर्दै संयुक्त राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले महासभाले स्वीकृत गरेको संयुक्त राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा बजेटमा...

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

जुनारखेती : कम मेहेनतमा मनग्य आम्दानी

मन्थली (रामेछाप),  यहाँका युवाहरू वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ आकर्षित भएका छन् । कम मेहेनत र लगानीमा राम्रो आम्दानी हुने भएपछि उनीहरू यस पेसातर्फ लागेका हुन् ।विशेषगरी जिल्लाका युवा वैदेशिक रोजगारी छाडेर जुनारखेतीतर्फ लागेको रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेल बताउनुहुन्छ । उहाँका अनुसार...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निसीखोलामा पुतली नाचको रौनक

ढोरपाटन (बागलुङ),  हरेक वर्ष माघ ३ गते नाच्ने गरिन्छ पुतली नाच । पुतली नाचका लागि माघ २ गते साँझदेखि नै भल्कोट गाउँमा स्थानीयको चहलपहल हुने गर्छ । बागलुङको निसीखोला गाउँपालिका–६ भल्कोट गाउँमा प्रचलनमा रहेको यो नाच सयौँ वर्ष पुरानो मानिन्छ । बाइसेचौबीसे राजाको पालादेखि...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षितः दुई दर्जन योजना अलपत्र

काँक्रेविहार (सुर्खेत),  चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता आधारमा स्रोत सुनिश्चित गरेको जनाएको छ । चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले १०९ वटा आयोजनाको स्रोत सुनिश्चितका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा बिल पठाए पनि हालसम्मा ८५ वटा...

शिवशक्ति ग्रामीण विद्युत् सहकारीको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेपछि स्थगित

कैलाली। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डा तथा खैरेनी क्षेत्रमा अवस्थित शिवशक्ति ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडको १७औँ वार्षिक साधारण सभा कोरम नपुगेका कारण स्थगित गरिएको छ।   संस्थाले २०८२ साल नौ महिना २९ गतेका लागि वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गर्दै कुल...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

भारतीय सहयोगमा विद्यालय भवन निर्माण

गाईघाट (उदयपुर), भारत सरकारको सहयोगमा त्रियुगा नगरपालिका–१० बोक्सेमा बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवन निर्माण भएको छ । तीन तलको २४ कोठे उक्त भवन निर्माणका निम्ति नेपालस्थित भारतीय राजदूतावासले रु चार करोड ८७ लाख प्रदान गरेको विद्यालयका प्राचार्य जङ्गबहादुर खड्काले राससलाई जानकारी दिनुभयो । नवनिर्मित भवनमा...

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी,  प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा सञ्चालन भएपछि जिल्लावासीलाई सहज भएको छ ।शल्यक्रियामार्फत गरिने प्रसूति, ‘हाइड्रोशिल’, ‘एपेण्डिस’ र ‘हर्निया’को शल्यक्रिया सेवाका लागि पोखरा, काठमाडौँ, चिनवन पुग्नुपर्ने जिल्लावासीको समस्या कम भएको हो । अन्नपूर्ण गाउँपालिका–६ घारकी कृष्टि परियारले ‘एपेन्डिस’को उपचार बेनीमै...

गुलशनलाई एस जिको एकवर्षे प्रायोजन

कीर्तिपुर (काठमाडौँ), क्रिकेट सामग्री उत्पादनमा प्रख्यात भारतीय कम्पनी एस जीले नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एक वर्षका लागि सम्पूर्ण क्रिकेट सामग्री उपलब्ध गराउने भएको छ ।राजधानीलगायत देशका विभिन्न भागमा क्रिकेट सामग्री बिक्री वितरण गर्दै आएको हिमालयन विल्लोको सहजीकरणमा यो प्रायोजन भएको हो ।...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९